यस वर्षको हिउँद सकिनै लाग्दा काठमाडौंमा पहिलोपटक बिहीबार अपराह्न हिउँदे वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अपराह्न ५ बजेर ४५ मिनेटसम्म काठमाडौं उपत्यकामा ३.६ मिलिमिटर वर्षा भएको छ।
‘केही दिनअघि काठमाडौंमा फाट्टफुट्ट वर्षा त भएको हो तर यो सालको हिउँदमा यो रूपमा भएको वर्षा पहिलो हो,’ मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘यस वर्ष हिउँद सकिनै लागेका बेला वर्षा भएको छ।’
मौसमविद् नगरकोटीका अनुसार शुक्रबारदेखि काठमाडौंको मौसम सुधार हुनेछ। ‘शुक्रबार दिउँसो हल्का बादल लाग्छ तर वर्षा भने हुँदैन’, उनले भनिन्। यस वर्षको हिउँद सकिन अझै ७-८ दिन बाँकी छ। ‘७-८ दिनमा पुनः वर्षा हुन सक्छ,’ नगरकोटीले भनिन्।
महाशाखाका अनुसार यसअघि काठमाडौंमा फेब्रुअरी २ मा शून्य दशमलव ०.५ मिलिमिटर र ५ मा फाट्टफुट्ट वर्षा भएको थियो। मौमसमविद्का अनुसार डिसेम्बर, जनवरी र फेब्रेुअरीलाई हिउँदे याम मानिन्छ। यो याममा सामान्यतया कम्तीमा एक पटक वर्षा हुन्छ।
मौसमविद्का अनुसार यस वर्ष काठमाडौंमा हिउँदे वर्षा गराउने प्रणाली ढिलो सक्रिय भएकाले वर्षा पर सरेको हो। यस वर्ष चिसो पनि गत सालको तुलनामा २०-२१ दिन पर सरेको छ।
गत वर्ष सबैभन्दा बढी चिसो दिन जनवरी ७ (२.५ डिग्री सेन्टिग्रेड) थियो भने यस वर्ष सबैभन्दा चिसो दिन जनवरी २८ रह्यो। जनवरी २८ मा न्यूनतम तापक्रम २.१ डिग्री सेन्टिग्रेड मापन भएको छ।
गत वर्षको तुलनामा यस वर्ष चिसो पर सर्नुमा वायुमण्डल र विश्वको मौसम प्रणाली कारक रहेको मौसमविद् बताउँछन्। हिउँदमा वर्षा नहुँदा प्रदूषण अत्यधिक बढ्ने वातावरणविद् बताउँछन्।
हिउँदयाम चिसो हुने र यस्तोमा हावाको बहाव कम हुन्छ। हावाको बहाव कम हुँदा धुलोका मसिना कण (२.५ पिएम) जमिनको सतहसँगैको हावामा टाँसिएर बस्छन्।