जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जका केही क्षेत्रमा सोमबार बेलुका पाँच बजे देखि लागु हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
रौतहटको ईशनाथ नगरपालिकामा बिहीबार दुई पक्षबिच भएको विवाद र झडपकाे विषयलाई लिएर सोमबार वीरगन्जमा विरोध प्रदर्शन भएको थियो।
सोही प्रदर्शन र जुलुसका क्रममा विवाद र झडपको स्थिति उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा (क), बमोजिम जारी आदेशमा भनिएको छ ‘वीरगन्ज महानगरपालिका क्षेत्रको तपसिल बमोजिमको सीमा क्षेत्र भित्र कसैले आवत जावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ ऱ्याली गर्न एवम् अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी मिति २०८०।११।०७ गते बेलुका ०५: ०० बजे देखि अर्को आदेश नभए सम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ।’
आदेश अनुसार पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना) पश्चिममा-तिलावे पुल उत्तरमा - परवानीपुर पर्सा दक्षिणमा- मित्तेरीपुल (भन्सार क्षेत्र) मा कर्फ्यु जारी गरिएको हो।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...