लागु औषधको दलदलमा फस्दै विद्यार्थी
०५ फागुन २०८०
•
६ मिनेट पाठ
लागु औषधको दलदलमा फस्दै विद्यार्थी
इलाम नगरपालिकाका एक विद्यार्थी ६ कक्षा पढेपछि स्कुल जान छाडे। घर–परिवारको आर्थिक अवस्था सामान्य नै हो तर दिनहुँको ‘डोज’ किन्न पुग्ने पैसा नपुगेपछि उनी गाउँमा जे भेटिन्छ, त्यही चोर्दै हिँड्न थाले।




नगरपालिकाकै अर्का विद्यार्थी स्कुलको कक्षामा सामान्य नै थिए। तर, बिस्तारै उनको व्यवहारमा परिवर्तन आउन थाल्यो। उनी कक्षामा अनुशासित हुन छाडे। डराउन थाले तर निकै शङ्कालु देखिए। पढाइमा ध्यान जान छाड्यो। अन्ततः उनी पनि स्कुल आउन छाडे। 

केही सातापछि स्कुललाई ‘थाहा’ भयो– उनी गाउँमा चोर्दै हिँड्दै छन्। तर, उनको पनि चोर्नुको कारण हो– ‘डोज’ पुग्ने पैसा जाेहाे गर्नु।

नगरकै अर्को स्कुलका एक बालक अहिले इलामबाहिर सुधार गृहमा छन्। लागू औषधको ‘दलदल’ मा फसेपछि उनले पढाइ छाडे। तर, स्कुल आउन छाडेपछि उनलाई स्कुलले सुधार गृहमै परीक्षा दिने मौका चाहिँ दियो। 

‘मान्छे सुध्रिएर आउँदा पढाइ नबिग्रियोस् भनेर सुधार गृहमै भएपनि परीक्षा दिने व्यवस्था गरिदियौं,’ प्रधानाध्यापकले भने, ‘बजार क्षेत्रको स्कुल भएकाले बाहिरको कुलतमा विद्यार्थी परिरहेकै छन्, बाल्यावस्था र किशाेरावस्थामा उनीहरूलाई यसको कुलतबाट जोगाउन गाह्रो भइरहेको छ।’ 

ती प्रधानाध्यापकले बालक र किशाेरहरू लागु औषधको कुलतमा फसेकोबारे जिल्ला प्रशासन र प्रहरीमा समेत जानकारी दिने गरेको बताए।

अहिले इलामका प्रायः बजार क्षेत्र र कतिपय गाउँमा समेत लागु औषध प्रयोगकर्ताको संख्या ‘चुनौतीपूर्ण’ रूपमा बढिरहेको छ। प्रयोगकर्ता मात्र नभई यसका कारोबारीको चहलपहलसमेत बाक्लिएको छ। 

लागु औषधको कुलतबाट स्कुले उमेरका बालबालिका बढी फसिरहेका छन्। कतिपय बालक र किशोरले मावि तह नपुग्दै पढाइसमेत छाडेका छन्। घर–परिवारको आर्थिक अवस्था कमजोर भएका बालक र किशोर लागु औषध प्रयोगका लागि पैसा जुटाउन चोरीमा लाग्ने गरेको देखिएको छ।

इलाम बजार, बिब्ल्याँटे, टुँडिखेल छेउछाउ, बजारकै पोखरी स्कुल छेउछाउ, चियाबारीलगायत दर्जनौं स्थानमा अहिले लागु औषध प्रयोगकर्ता भेटिने गरेका छन्।

सर्वसाधारणले लागु औषध प्रयोगकर्ता प्रायः धेरैतिर देखिएको भन्दै प्रयोगकर्ता र कारोबारीको सञ्जाल फैलिरहनेलाई गम्भीर चुनौतीका रूपमा लिएका छन्। तर, प्रहरी भने छिटफुट रूपमा यसका प्रयोगकर्ता पक्राउ गरी लागु औषध ‘नियन्त्रणमा सकेसम्म लागिपरेको’ जवाफ दिइरहेको छ।

खुला सीमाका कारण इलामलगायत पूर्वी पहाडी जिल्लामा भारतबाटसमेत लागु औषध भित्रिरहेको छ। पशुपतिनगर नाका, कन्याम र आसपासमा बेला–बेला पक्राउ परेका व्यक्तिबाट लागु औषध बरामद भएको प्रहरी तथ्यांक छ। तराईका जिल्लाबाट पनि इलाम र पहाडी क्षेत्रमा लागु औषध भित्रिरहेको छ।

सार्वजनिक सवारी साधनका कतिपय चालक र सहचालक लागु औषधको कुलतमा रहेको त्यही गाडीमा सवार यात्रुसमेतले पत्तो पाइरहेका छन्। ‘बिर्तामोड–इलामका कतिपय सवारी साधनका चालक र सहचालकले गरेको कुराकानीलाई नै ध्यान दिएर सुन्ने हो भने पनि लागु औषधको सुइँको पाइहालिन्छ,’ सार्वजनिक सवारी साधनमा झापाबाट इलाम आएका एक यात्रुले सुनाए, ‘यसो कुराकानी सुन्दा उनीहरू प्रयोगकर्ता मात्र होइन, कारोबारी नै भएको अनुमान गर्न सकिन्छ।’

विशेष गरी इलाम र बिब्ल्याँटे बजारका विभिन्न स्थानमा चाहिँ लागु औषध कारोबारका लागि डिपो (विक्री केन्द्र) नै राखिएको स्रोतले जनाएको छ। 

‘यही रूपमा लागु औषधको कारोबार हुने हो भने बालबालिका र किशोर किशोरीलाई यसको कुलतबाट बचाउन मुस्किल हुन्छ,’ स्रोतले भन्यो, ‘हामी खुलमखुला लागु औषधको कारोबार र प्रयोग भएको देख्छौं, प्रहरी चाहिँ देखेको नदेख्यै गर्छ।’ 

झापा र भारतीय सीमा क्षेत्रबाट ल्याइएको लागु औषध मोटरसाइकलमा इलामका अरू गाउँसम्म पुग्ने गरेको स्रोत बताउँछ।

बिब्ल्याँटेनजिकै बरबोटे गाउँमा सानातिना चोरीका घटना धेरै भइरहेका छन्। स्थानीय उमेश गुरुङको खोरबाट कुखुराको भाले हरायो। यस्तैगरी चोरी गर्नेहरूले बरबोटेकै देवीथानछेउमा एक–दुई गर्दै कुखुरा चोरेर खोरै रित्याइदिए। कसैको घरैबाट सुनका गहना, झर्केथाल र अरू भाँडाकुँडासमेत हराइरहेका छन्। 

केही महिनाअघि वडा ५ कार्यालयको फलाम नै उक्काएर कवाडीमा बेचेको घटना बाहिर आएको थियो। इलाम बजारको सिंहवाहिनी मन्दिरको दान पेटिका चोरी गर्ने प्रयास गरियो। इलाम बजारलगायत वरपर सानातिना चोरीका घटना बढ्दो क्रममा रहेको स्थानीय बताउँछन् 

लागु औषध प्रयोग गरेर छाडेका एक युवकका अनुसार एक डोज लागु औषध किन्न पाँच सयदेखि हजार रुपैयाँ खर्च हुन्छ। यो खर्च जुटाउन बालक र किशोरले कि कुनै आयमूलक कम गर्नुपर्छ कि त चोरी नै। घरबाट सधैँ खर्च नपाउँदा उनीहरू लागु औषधकै लागि चोरीमा फस्ने गरेको दुर्व्यसनीका परिवारजन बताउँछन्।

‘नियमित रूपमा लागु औषध प्रयोग गर्नेलाई चाहेका बेला प्रयोग गर्न नपाउँदा धेरै नाक चिलाउने, हड्डी अधिक चिसो हुने, रातभर निद्रा नलाग्ने, ननुहाउने र मानसिक रूपमा समेत असर पुग्ने गरेको देखिन्छ,’ इलाम नगरकै एक विद्यालयका शिक्षक भन्छन्, ‘लागु औषध प्रयोगकर्ताको घर–परिवार यसकै कारण बर्बाद भएको छ, घरमा एक दुर्व्यसनी हुँदा सिंगो परिवारलाई गम्भीर असर पुगेको देखिन्छ।’ उनका अनुसार ८–९ कक्षादेखिकै विद्यार्थी लागु औषधमा फसिरहेका छन्।

अहिले सदरमुकाम मात्र नभई जिल्लाका गाउँ–गाउँका विद्यार्थीले समेत लागु औषध प्रयोग गरिरहेको सन्दकपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष उदय राईले बताए। 

‘भारतीय सीमावर्ती बजारतिर लागु औषधको कारोबार र प्रयोग भएको पाइन्छ,’ उनले भने, ‘गाउँघर तिरसमेत यसको असर फैलिरहेको छ।’ 

देउमाई नगरपालिकाका एक पूर्व प्रहरीले इलाम सदरमुकाम मात्र नभई आफ्नो गाउँघरतिर पनि लागु औषध प्रयोग धेरै भइरहेको बताए। 

‘स्कुल जाने विद्यार्थी स्कुलकै पोसाकमा गाँजालगायत लागु औषधमा लठ्ठ भएर चौरमा सुतिरहेको भेटिन्छ,’ उनले भने, ‘यो लतबाट बालबालिकालाई बचाउन ढिलो भइसकेको छ।’ 

इलाम नगरका खगेन्द्र देवानले विशेष गरी जिल्लाका मुख्य सहरमा लागु औषधको प्रयोग र कारोबार बढिरहेको बताए। ‘युवा, बालबालिका, किशोर किशोरीमा लागु औषधको प्रयोग बढेको देखिन्छ,’ उनले भने, ‘प्रहरी–प्रशासनले निगरानी बढाउनुपर्छ।’

प्रहरीका अनुसार जिल्लामा चालु आर्थिक वर्षको माघ २३ सम्ममा लागु औषध मुद्दामा १२ पुरुष पक्राउ परेका छन्। लागु औषधका आठ मुद्दा दर्ता भएकामा पाँचको फस्र्याेट भएको छ भने तीन मुद्दा विचाराधीन रहेको जिल्ला प्रहरीको तथ्यांक छ। 

पक्राउ परेकाहरूबाट एक सय २५ ग्राम सात सय ५० ग्राम लागू औषध बरामद भएको छ।’ गत आर्थिक वर्ष २०७९/०८० मा छ मुद्दामा १४ जना पक्राउ परेका थिए। त्यसअघिको वर्ष लागु औषध मुद्दामा आठ जना पक्राउ परेका थिए।

कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङले इलाममा मुख्य समस्या नै लागु औषध रहेको बताए। 

‘इलाममा विशेष समस्या भनेकै लागु औषध र आत्महत्या देखिन्छ, साइबर क्राइम पनि छ,’ उनले भने, ‘नियन्त्रणका लागि प्रहरी मात्रैको अभियानले सम्भव हुँदैन।’ उनले आफ्ना बालबालिकालाई लागु औषधबाट बचाउन र कसैले प्रयोग गरे उनीहरूलाई सुधार्न अभिभावकको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले भने, ‘प्रहरी मात्रैले यो समस्या समाधान गर्न सक्दैन।’

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश जबेगूले प्रहरीले लागु औषध नियन्त्रणका लागि विभिन्न चेतनामूलक कार्यक्रम गरिरहेको बताए। 

‘लागु औषधबाट बालबालिकालाई बचाउन प्रहरीले विद्यालय र अन्य ठाउँमा पनि चेतनामूलक कार्यक्रम गरिरहेकै हुन्छ,’ उनले भने, ‘इलाममा बाहिरबाट लागु औषध भित्रिन र यहाँ प्रयोग गर्न नदिन प्रहरी सधैँ क्रियाशील छ।’
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस