वीरगन्जका मेयर सिंहका ‘किर्ते कीर्तिमानी’, कारबाहीबाट बच्न शक्तिकेन्द्र धाउँदै
०५ फागुन २०८०
•
५ मिनेट पाठ
वीरगन्जका मेयर सिंहका ‘किर्ते कीर्तिमानी’, कारबाहीबाट बच्न शक्तिकेन्द्र धाउँदै
जन्मदर्ता सिफारिस लगायतको प्रमाणपत्र किर्ते गरी अर्काकी छोरीलाई आफै नक्कली बाबु बनेर नागरिकता दिलाएका वीरगंज महानगरपालिका मेयर राजेशमान सिंह कारबाहीबाट जोगिन विभिन्न शक्तिकेन्द्र धाइरहेका छन्।




जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७५ साउन १३ गते रिता भट्टराई नाम गरेकी महिलाको छोरी रुबिना श्रेष्ठलाई आफै नक्कली बाबु बनेर नागरिकता दिलाएका मेयर सिंह कारबाहीबाट जोगिन शुक्रबार दिनभर जसो सिंहदरबारका विभिन्न मन्त्रालयका मन्त्री, सचिव तथा प्रधानमन्त्री कहाँ पुगेका थिए।

सिंहदरबार पुगेका मेयर सिंहले नागरिकता, जन्मदर्ता लगायतको किर्तेबाट जोगाए जसपा परित्याग गरी यहाँकै पार्टीमा पार्टी प्रवेश गर्ने वाचा सहित विभिन्न मन्त्रालय धाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

मेयर सिंहले वीरगंज उप–महानगरपालिका हुँदा २०७१ कार्तिक २० गते स्थानीय पञ्जीकाधिकारीको किर्ते हस्ताक्षर र किर्ते छाप गरी आफै बाबु बनेर रिता श्रेष्ठ नाम गरेकी महिलालाई आमा बनाएर २०५९ असार ३० गते जन्म भएको रुबीना श्रेष्ठलाई किर्ते जन्म दर्ताबाट छोरी बनाएका थिए।

उक्त किर्तेमा समेत नेपाली र अङ्ग्रेजी जन्मदर्ता प्रमाणपत्रमा पञ्जिका अधिकारी भिखारी रायको हस्ताक्षर फरक-फरक छन् जसलाई पञ्जिका अधिकारी राय आफैले आफ्नो किर्ते हस्ताक्षर मेयर सिंहले गरेको बयान दिएका थिए। 

किर्ते माथि किर्ते गरेका मेयर सिंहको अनुसन्धान चलिरहेकै दैरानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री सरोज यादव, नेकपा एमाले, नेपाली कांग्रेस लगायतका वरिष्ठ नेता लगायतसँग हारगुहार गरिसकेका छन्। 

किर्ते गरेका मेयरको कारबाही प्रक्रियामा के भयो ? 

संचार माध्यममा पुस २४ गते अर्काकी छोरीलाई नागरिकता बनाइदिएका मेयर सिंहको समाचार आएपछि त्यसको २ दिनपछि विभिन्न १६ जनाले दिएको जाहेरीको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको थियो।

समितिले ५ दिन भित्र प्रतिवेदन बुझाउने भनिएको थियो। तर समितिको म्याद सकिसक्दा पनि कुनै प्रतिवेदन नबुझाई फौजदारी कसुरदार मेयर सिंहको लोक रिझाईमा खुलेर छानबिन समितिका संयोजक शिव लम्साल नै लागेका तस्बिरहरू छ्यापछ्याप्ती भएको थियो।

छानबिन नियमसम्बत नभएको भन्दै उनलाई कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय पर्सा हुँदै प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सीआइबी, राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी गरेको थियो। 

नागरिकता किर्तेबारे अनुसन्धान गर्न प्रशासन कार्यालय पर्साले आन्तरिक रुपमा गठन गरेको छानबिन समितिले कार्यालयकै कर्मचारीहरूको संलग्नता भेटिएपछि थप अनुसन्धानका लागी गृह मन्त्रालयले उपसचिव पुष्कर रानाको संयोजकत्वमा दुई सदस्यीय टोली वीरगंज पठाएको थियो।

शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहेको टोलीले महानगरका मेयर राजेशमान सिंहले किर्ते गरी नागरिकता बनाउँदा संलग्न कर्मचारी तथा सिफारिसकर्ता लगायत कार्यालयबाटै नागरिकताको मूल अभिलेखको फाइल गायब पार्ने कर्मचारीबारे अनुसन्धान गरी गृहको टोली काठमाडौँ फर्केका छन्। 

किर्तेको सुरुवाती चरण २०७१ साल कार्तिक २० गते भनेर बनाएको जन्मदर्ता लगायतको प्रमाणपत्रमा पञ्जिीकाधिकारी भिखारी रायको किर्ते हस्ताक्षर गराएर मेयर सिंहले बुझाएको जन्म दर्ताबारे गृहको टोलीले बयान विनै फर्किसकेका छन्।

आइतबार गृहको टोलीले प्रतिवेदन बुझाउने तयारी गरिरहँदा मेयर सिंह शक्तिकेन्द्रमा धाउने कामलाई तीव्रता दिएका थिए।

मेयर सिंहले निर्वाचन आयोगले गराएको निर्वाचन प्रक्रियामा भाग लिँदा र लक्ष्मी बैंकमा केवाईसी भर्दा समेत एक मात्र श्रीमती र एक मात्र छोरा रहेको लिखित रुपमा सही छाप गरी बुझाएका छन्। 

जबकि मेयर सिंहले गृह समक्षको बयानमा दोस्रो श्रीमती र उनको एक छोरी मेरै रहेको दाबी सहित स्विकारेका छन्। जुन सत्य भने हैन इन्द्रवति गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष रामचन्द्र घिमिरेले टिका प्रसाद भट्टराईकी छोरी रिता भट्टराईले पहिलो पटक बिहे गरेको श्रीमानबाट एउटा छोरी जन्म भएको र श्रीमानले छोडेपछि हाम्रो सम्पर्कमा उहाँहरू नरहेको बताएका छन्।

यति मात्र नभई छोरी समेत स्विकारेका मेयर सिंहका एक मात्र श्रीमती भनेकी अन्नपुर्णा मनान्धरले आफैले एउटा मात्रै छोरा रहेको छोरी नरहेको स्विकारिसकेकी छिन्।

केवाईसी र निर्वाचन कार्यालयमा एउटा श्रीमती र एउटा छोरो स्वकार गरेर किर्ते नागरिकता बाहिर आएपछि गृहको समक्ष दोस्रो श्रीमती स्विकार्नु भनेको निर्वाचन प्रक्रियालाई ढाँट्नु हो यस विषयमा समेत संवैधानिक इजलासमा उजुरी पर्दा उनीमाथि अर्को कारबाही प्रक्रिया चल्न सक्ने निर्वाचन कार्यालयको भनाई रहेको छ।

मेयर सिंहले दोस्रो श्रीमती स्विकारे पनि कानुनी आधार छैन

मेयर सिंहले दोस्रो श्रीमती स्वीकार गरेको २४ घण्टा नबित्दै रिता भट्टराईको नाममा जिल्ला अदालत पर्सामा मेयर सिंहसँग छोड पत्रको निवेदन दिएकी थिइन।

उनले दिएको निवेदनमा मुलुकी देवानी संहित २०७४ को दफा ७४ मा कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिने उल्लेख छ।

‘प्रमाणित भएमा’ यो शब्दले के भन्छ भने रुबिना उसको छोरी भएको अन्य प्रमाण उसङ्ग छैन। छ भने जन्मदर्ता जुन प्रमाण फर्जी हो। मेयरले कानुनी दाऊपेचमा अदालतबाट छोड पत्र गराएर दोस्रो श्रीमतीबाट छोड पत्रको प्रमाणपत्रले कानुनी रुपमा दोस्रो श्रीमती बनाउन खोजेका थिए। 

जिल्ला अदालत र गृह मन्त्रालय टोली समक्ष जन्मदर्ता, नागरिकता लगायतका प्रमाणको नक्कल दिएका मेयर सिंहले सही छाप गरेर पठाएका अधारमा उनी आफ्नै दाऊमा फसेका छन्।

हुँदै नभएको छोरीलाई नागरिकता दिलाएका मेयर सिंहको बचाउमा सरकार आफै लागेकाले जोगिँदै आएका छन्।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस