मोल्फा बजार देखि चार घण्टाको पैदल बाटोमा भारी बोकेर दैनिकी चलाउँदै आएका शुभकालिका गाउँपालिका—७ का हस्तबहादुर शाहीलाई छिटो सडक खनिए आफ्ना दुःख घट्ने विश्वास छ। ‘मनका दुःख मनै छन् कहिले पुरा हुन्या हुन् वर्षौँ बित्यो सडक आएन, उनले दुःख पोखे।
उनीमात्र हैन यो भेगका धेरै नागरिकले दुःख खेप्न परेको वर्षौँ भएको छ। कृषि क्षेत्रमा धेरै लगानी गरेका यहाँका नागरिक सडक नहुँदा आफ्नो कृषिबाली बेच्न नपाएको गुनासो गछन्।
कर्णाली प्रदेशका पूर्वसांसद तथा कृषिमन्त्री कृमराज शाहीको जन्म घर पनि सेरीपान्तडी सडकको बाटो हुँदै जान्छ। ‘म सांसद हुँदा भोट माग्दा सेरीपान्तरी सडक निर्माणको काम आफ्नै पालामा सक्नेछु भनेर भोट मागेको थिए। आफू सांसद भएदेखि मन्त्री हुँदासम्म धेरै रकम विनियोजन गरे तर ठेकेदारले काम नगरेर त्यो बजेट फ्रिज भयो। अहिलेसम्म ठेकेदारले काम सम्पन्न गरेका छैनन्। अहिले जनताले पनि ठेकेदारहरूको बदमासीले गर्दा यो सडक निर्माण सम्पन्न हुन नसकेको भनेर भन्ने गरेका छन्।’ उनले थपे, ‘ठेकेदार तारा शाहको निर्माण सेवाले काम ढिलो ग¥यो। अहिले काम भइरहेको छ। अबको दुई वर्षमा निर्माण सम्पन्न हुन्छ कि ? मैले यो सडक निर्माणको लागि धेरै योगदान गरेको छु।’
नेता शाहीले सेरिघाट खण्डमा बाहिरको ठेकेदारले ठेक्का लगेको हुँदा अब काम सम्पन्न हुन सक्ने आश्वासन दिए।
शुभकालिका गाउँपालिका प्रथम अध्यक्ष खडानन्द्र चौलागाइँले मान्म जोड्ने सडक निर्माण हुनुभन्दा पहिला सर्भेगरी सिधै सेरीघाटदेखि जुम्ला सडक नाम राखी ५१÷५२ सालबाट नेपाली सेनाले काम सुरु गरेको बताए।
उनले भने, ‘२०५७÷ ५८ सालमा आन्दोलनको बेला राजा ज्ञानेन्द्र कालिकोट आएपछि सदरमुकाम मान्मलाई सडक सञ्जालले नछोएको हुँदा त्यो सडकलाई मान्मबाट निर्माण गर्न विभिन्न दलका नेताहरूले दबाब दिएपछि नेपाली सेनाले सेरी घाटदेखि मान्म हुँदै जुम्लाको सडक निर्माण गरेको थियो।’
कर्णाली प्रदेश सरकारको प्राथमिकतामा परेको उक्त सडक निर्माणका लागि पुनः २०५७ सालबाट सडक निर्माणको लागि ठेक्का भयो। सेरीपान्तडी सडक चाहियो भनेर महावैको गेलाका हर्कबहादुर शाहीको नेतृत्वमा जुलुस नभएको पनि होइन। धेरे पटक यो सडक निर्माण कार्य अलपत्र पर्दै आएको छ।
यो सडक र शुभकालिका गाउँपालिका जाने सडक एउटै भएकाले अघिल्लो सरकारले सडक निर्माण गर्दा २ करोड ४९ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ।
२०७६ देखि ७८ सम्म दुई करोड ८४ लाख खर्च भएको र आर्थिक वर्ष २०७८÷७९ मा चार वर्षको लागि २२ करोड ५५ लाख ६७ हजार ६० रुपैयाँमा ठेक्का भएर काम अगाडि बढिरहेको पूर्वाधार कार्यालयका जनाएको छ।
यो वर्ष सेरी पान्तडी सडकको लागी साढे ५ करोड विनियोजन भएको बताइएको छ। हाडडक भएका कारण काम गर्न समस्या भएको हुन सक्ने पूर्वाधार कार्यालय कालिकोटका इन्जिनियर लक्ष्मण पाण्डेले बताए। कार्यालयले धेरै पटक खबर गर्दा पनि निर्माण कम्पनीले काम गर्न नसकेको उनको भनाइ छ।
पहिला जिल्ला विकास समितिले पनि करोडौं खर्च गरेको जनाएको छ। अहिले प्यासिफिक कर्ण कन्स्ट्रक्सन र खड्का कृष्ण सुपरस्टार जेवीले सेरी र पान्तडीबाट कामको लागि सम्झौता गरेको पूर्वाधार विकास कार्यालय कालिकोटका प्रमुख राचन्द्र बि.सीले बताए। उनले चार वर्षमा ट्रयाक खोलिसक्ने गरी सम्झौता भएको बताए। सेरीघाट खण्डमा हाल सम्म ३० प्रतिशत मात्र काम भएको उनको भनाई छ।
प्यासिफिक कर्ण कन्ट्रक्सका इन्जिनियर अजुन गौतमका अनुसार सेरीदेखि पान्तरीको ९ किलो मिटर ट्रयाक खोल्ने काम भइरहेको छ।
‘कर्ण कन्स्ट्रक्सने ३ लाख घनमिटर मोटो, १ लाख घनमिटर कडा चट्याङ, १५ हजार जालीको काम गर्नुपर्ने छ। १० हजार जालीको काम सम्पन्न भएको छ भने हाल सम्म जम्मा १० किलोमिटर सडक निर्माणका लागि ट्र्याक खुल्ला गरिएको छ’ गौतमले भने। कम्पनीले काम छिटो गर्ने लक्ष्य राखेपनी वर्षमा ५ करोड भन्दा बढिको काम गर्न नदिएकाले सडक निर्माणमा ढिलाइ भएको उनले बताए। सडकको ग्याबिन पाइपको काम पनि भइरहेको उनले जनाए।
पहिला नेपाली सेनाले जिम्मा लिएको उक्त खण्डअन्तर्गत धेरै चट्टान भएको कारण नेपाली सेनाले काम नगरेपछि सडकले गति लिन नसकेको स्थानीयको गुनासो छ।
२३ किलोमिटर सडकको अहिलेसम्म दुवै तर्फबाट गरी ११ किलोमिटर मात्र ट्रयाक खोलेको र अझै १२ किलोमिटर खन्न बाँकी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। जनताले काम गर्दै गरेको आभास हुने तर काम सम्पन्न नगर्ने मनसायका साथ निर्माण कम्पनीले काम थाल्दा जनताले कहिले उक्त सडक सहज रूपमा उपभोग गर्न सक्ने भन्ने गम्भीर प्रश्न छ।
शुभकालिका गाउँपालिकाले पनि यो सडक निर्माण गर्दा अहिले सम्म धेरै रकम खर्च भएको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द्र प्रसाद आचार्यले बताए। उनका अनुसार सडक छिटो निर्माण गर्न पहल गर्ने उनको भनाई छ।
सेरीपान्तडी सडक निर्माणका लागि सडक खन्ने ठाउँमा स्थानीयवासीको जग्गा परेपछि विवाद हुने गरेको छ। तर स्थानीय सरकारका जनप्रतिनिधिको पहलमा स्थानीय बासीलाई सम्झाई बुझाई गर्ने काम गरेपछि नागरिकले सडक खन्न दिएको शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले बताइन्। उपाध्यक्ष शाहीले सडक निर्माणका लागि स्थानीय सरकारले पहलकदमी चालिरहेको र माथिल्लो निकायमा पनि कुरा राखेको बताएकी छन्।
महावै खण्डमा झन् ढिलाइ
सेरीपान्तडी अन्तर्गत महावै खण्डमा ठेकेदारको लापरबाहीले ढिलाइ भएको छ। खड्का,कृष्ण सुपरस्टार जेबीले पाएको काम पहिला सुरु गरिए पनि अहिले सम्म सम्पन्न हुन सकेको छैन। ठेकादार तारा शाहले चट्टान धेरै हुँदा ढिलो भएको बताइन्। उनले तिन वर्ष यता काम सुरु गरेकी छैनन्।
महावै खण्डको भिड काट्ने जिम्मा आफूले पाएको तर अहिले काम नभएको ठेकोदार तारा शाहले बताइन्। अघिल्लो वर्ष १८ महिना काम गरेर ९ लाख मात्र भुक्तानी भएको उनको भनाई छ। उनले ४३ लाखको खर्च लागेको तर कम भुक्तानी हुँदा पनि आफूलाई काम गर्न समस्या भएको बताइन्।
खड्का कृष्ण सुपरस्टार जेवी निर्माण सेवाले जिम्मा लगेको चार वर्ष सम्म दुई किलो मिटर मात्र सडक खनिएको छ। ४ करोड ५६ लाखमा कामको जिम्मा पाएको निर्माण सेवाले तीनपटक म्याद थप गरेको छ। तिन वर्ष अघि काम गरेको २ करोड रकम भुक्तानी भएको पूर्वाधार विकास कार्यालय कालिकोटले जनाएको छ।
ठेकेदार कम्पनीको ढिलाइले समयमै निर्माण हुन नसकेको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए। यो सडक निर्माणको लागि पूर्वाधार विकास कार्यालय कालिकोटले अनुगमन समेत गर्ने गरेको छैन।
उक्त सडक खण्ड मान्महुदै सेराबाडा पुग्न भन्दा १३ किलोमिटर छोटो हुने छ। यो सडकको निर्माणको लागी सरकारले धेरै बजेट छुट्याउने र ठेकेदारले घटेर लिने गरेको कारण पनि समस्या भएको स्थानीयको भनाई छ। हाल सम्म पूर्वाधार विकास कार्यालय कालिकोटले ठेक्का सम्झौता गरेका विभिन्न ठेक्काहरूले गति लिन सकेका छैनन्। ठेकेदारले ठेक्का अनुसार काम नगर्दा सडक सुधार हुन सकेको छैन।
काम भइरहेको सेरीघाट खण्ड तस्बिर ललित विष्ट कालिकोट।