छोरीको विवाह टार्न बिदेसिएका बाबु कतारमा अलपत्र
०३ फागुन २०८०
•
५ मिनेट पाठ
छोरीको विवाह टार्न बिदेसिएका बाबु कतारमा अलपत्र
फाइल तस्वीर
छोरीलाई पढाइबढाइ ठुली बनाउँदैमा बाबुआमा जोगी भइसकेका हुन्छन्। छोरीलाई हुर्काएर मात्र पुग्दैन, विवाहको झन् ठुलो चपेटामा बाबुआमा पर्ने गर्छन्।  त्यसमा पनि मधेस प्रदेशतिरका बाबुआमालाई झन् धेरै तनाव छ। त्यहाँका बाबुआमाले छोरीको बिहे गर्दैगर्दा सारा सम्पत्ति सकिन्छ। साथै बिहेमा दहेज (दाइजो) कम भयो भने छोरीको पुरै जिन्दगीमा अन्धकार मात्र छाउँदैन उस्तै बेला ज्यानै जान सक्छ।




पढाइलेखाइमा अब्बल छोरीहरूको विवाह गराइदिन नसक्दा रौटहटका एक वृद्ध पिता बिदेसिनु परेको छ। एकै घरका राम सुधार साह सुडी र राम पुकार शाह सुडी दुई दाजुभाइ आफ्नी छोरीको बिहेका खातिर बिदेसिएका हुन्।

छोरीप्रतिको कर्तव्य पूरा गर्दा गर्दै विपन्नताले आक्रान्त उनीहरू कतार पुगेका थिए। कतार पुगेको करिब तीन महिना हुँदासम्म पनि उनीहरूले काम पाएका छैनन्। काठमाडौं सामाखुसीस्थित युरोसिया हुम्यान रिसोर्सेस् म्यानपावरद्वारा उनीहरू कतार गएका हुन्।

शाहका परिवारमा चार दाजुभाइमध्ये कतार पुगेका साइला र कान्छा भाइ हुन्। त्यस परिवाका साइला र कान्छा भाइका छोरीहरू ठुला भएकै कारण बिहेका लागि खर्च जुटाउन उनीहरू कतार पुगेका थिए। बिदेसिनुअघि उनीहरूले खेतीपाती गरेर घरको आर्थिक भार थामेका थिए।
कतार पुगेको महिनौं हुँदा पनि काम नपाएकै कारण उनीहरू अहिले आत्तिएका छन्। युरोसिया म्यानपावर कम्पनीका मार्केटिङ डाइरेक्टर ईश्वर कँडेलले दुई दाजुभाइबाट चार लाख ४० हजार रूपैयाँ असुल गरेर कतार पठाएका शाह परिवारका माइला भाइले बताए।

‘हाम्रो संयुक्त परिवार छ। कान्छा र साइला भाइका छोरी हुर्किसकेका छन्,’ उनले भने, ‘गाउँमा खेतिपाती गरेर गुजारा चलेको थियो। छोरीको बिहे गर्न हामीसँग त्यत्रो ठुलो रकम थिएन। त्यसैले भाइहरू कतार गएका थिए। म्यानपावरले नराम्रोसँग फसायो। त्यत्रो पैसा लिएको छ। तर, उता भाइहरूले काम पाएका छैनन्। त्यहाँ खानबस्न पनि राम्रो सुविधा दिएको छैन। म्यानपावरलाई नेपाल नै फर्काइदेऊ भन्दा हाम्रो कुरै सुन्दैन।’

रौटहटदेखि काठमाडौंसम्म भाइलाई कि काम लगाइदेऊ कि त नेपाल फर्काइदेऊ भन्दै शाह परिवारले युरोसिया म्यानपावरसँग धेरै पुकारा गरे पनि कुनै वास्ता नगरेको परिवाजनले बताएका छन्।

‘हामी धेरै पटक मार्केटिङ डाइरेक्टर कँडेलसँग भेट्न गयौं। घण्टौं भेट्न खोज्दा भेट नै भएन। दिनको चार घण्टासम्म पनि कुरेकै हो। यही कामका लागि कति दिन काठमाडौंमा बस्ने? कहाँ जाने? साह परिवारका माइला भाइले भने।
म्यानपावर धाउँदाधाउँदा थकित शाह परिवार बिदेसिएका भाइलाई कि काम दिनुपर्‍यो कि त नेपाल फर्काउनुपर्‍यो भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिन पुगेका थिए। उनीहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएको साता दिन हुँदै छ।

कतारमा आत्तिरहेका भाइहरूको उद्धारका लागि केही सहयोग मिल्छ कि भन्ने आशाका साथ उनीहरू वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेको प्रतीक्षामा घण्टौंघण्टा विभागबाहिरको ढोकामा कुरिरहेका हुन्छन्।

‘विभागमा उजुरी त दिएकै हौं तर कहिले के हुन्छ थाहा हुन्न। यही कामका लागि भनेर काठमाडौं आएका हौं,’ उनले भने, ‘विभागमा उजुरी दिइहाल्यौं अब किन बस्नु भनेर गाउँ फर्किन पनि नसकिने।

सरकारी काम हो, हामीले फलोअप गरिरहँदा त वास्तै गर्दैनन्। सर्वस्व बितिसक्दा पनि सरकारी कर्मचारीलाई केही बितेको हुँदैन। महानिर्देशकलाई भेटेर कुरा राख्दा भाइहरूको चाँडो उद्धार हुन्थ्यो कि।’

वैदेशिक रोजगारीको क्रममा अप्ठेरोमा परेपछि सबै पीडित विभाग धाउने गरेका छन्। तर, विभागका कर्मचारीले ती पीडितहरूको मर्मलाई बुझ्न सक्ने कुनै सामर्थ्य देखिँदैन।
कर्मचारीले एउटा फोनको भरमा म्यानपावर सही बाटोमा हिँड्छन् तर त्यसो गर्दैनन्। उनीहरू पीडितभन्दा धेरै पीडककै पक्षमा हुने गरेका धेरै पीडितको गुनासो छ।

भाइहरूले मोबाइलबाट कतारमा निस्तो भात र प्याज खाइरहेको फोटो शाह परिवारका माइला भाइले विभागका कर्मचारीहरूलाई देखाउँदा जवाफमा कर्मचारीले भने, ‘यत्तिको भात खान के हुन्छ र ? काम गर्न त्यहाँ गएको हो। थोडी न ससुराली गएको हो?’

पीडितलाई हप्काउँदै फेरि ती कर्मचारीले भने, ‘तपाईंहरू म्यानपावरमा जानुभयो?’ जवाफमा पीडितले भने, ‘धेरै पटक गयौं सर तर भेट नै हुँदैन। फोन गर्दा फोन उठ्दैन।’ यसको जवाफमा ती कर्मचारीबाट ‘म्यानपावर नगए पनि गाको भनेको होला’ भन्दै खरो बोली आयो।

कर्मचारीले पीडितलाई झन् पीडित बनाएको देखिन्थ्यो। हामीले भाइलाई उद्धार गरिदिनु कि त काममा लगाइदिनु भन्दा हाम्रो कुरा कसैले सुनिदिएनन्।

सुनाउने ठाउँ त्यही होइन र? कि अन्तै छ,’ काँधमा झुन्डिएको गम्छाले आँसु पुछ्दै माइला भाइले भने, ‘यहाँ आफ्नो भन्ने कोही रहेनछन्। हाम्रो समस्या सुन्ने कोही छैनन्। काठमाडौंमा ट्वाइलेट जान त पैसा तिर्नुपरेको छ। बस्नखानलाई झनै ठूलो समस्या छ। हाम्रा पनि परिवार छन्। यो काम सक्काउन पाए, हामी रौटहट फर्किने थियौं।’

कतार पुगेका भाइहरूको उद्धारका निमित्त ज्यान नै फालेर भए पनि शाह परिवारका माइला भाइ काठमाडौंका विभिन्न ठाउँमा लागि परेका छन्। उनका अनुसार दुई भाइसहित उक्त म्यानपावरले कतारमा अलपत्रमा पारेका १७ जना नेपाली युवा रहेको पाइएको छ।
युरोसिया म्यानपावरका मार्केटिङ डाइरेक्टर ईश्वर कँडेलका भने कतार पठाउन त्यत्रो पैसा नलिएको भन्दै टक्टकिन्छन्। सकेसम्म अबको दुई दिनमा उनीहरूलाई काम लगाइदिने नभए काम नपाएको खण्डमा नेपाल फर्काउने कँडेलले बताए।

शाह पीडितहरूलाई हेर्दै विभागका महानिर्देशक घिमिरेले भने, ‘मान्छे जानीजानी किन ठगिन्छन्। शिक्षित मानिस नै ठगीमा पर्ने गरेका हुन्छन्। तपाईहरू सानो सानो कुरालाई ठुलो बनाउने गर्नुहुन्छ। धैर्य भन्ने नै छैन। उजुरी हालिसक्नुभयो। विस्तारै काम भइहाल्छ नि। आजको भोलि नै कहाँ हुन्छ र? तीन महिना काम नगरे पनि तलब भने पाइन्छ।’

प्रायः युवाहरू परिवारको भविष्य हेर्दै विदेश जाने गरेका हुन्छन्। तर, उनीहरू म्यानपावर, एजेन्ट र दलालमार्फत ठगीमा परेर अलपत्र हुने गरेका छन्।
यसरी छोरीको बिहे गर्न भनेर विदेश पुगेका शाह परिवारका पिता म्यापावरकै कारण अलपत्रमा परेका छन्। उनीहरू कि उद्धार गरिदेऊ कि त नेपाल फर्काइदेऊ भन्दा उनीहरूको दुःख सुन्ने कोही भएका छैनन्।  
अर्को समाचार
३७ जना परिवारको एउटै भान्सा
११ असोज २०७९
•
२ मिनेट पाठ
३७ जना परिवारको एउटै भान्सा
एकल परिवारमा बाँडिइरहेको हाम्रो समाजमा संयुक्त परिवार वीरलै देख्न पाइन्छ। धेरै दाजुभाइमात्र होइन। एउटै परिवारका दाजुभाइ पनि छुटिएर एकल परिवार बनाएर बसेका छन्। तर, बाँकेको नरैनापुर गाउँपालिका–५ जमुनाहा गाउँमा ३७ जनाको परिवारका लागि एउटै भान्सामा खाना पाक्छ।  




सबैजना घरमा जुट्ँदा घरमा रौनक थपिन्छ। बिहे अनि चाडपर्वको माहोल बन्छ। कहिलेकाहीँ पाहुना आए पनि घरमा अटाउन मुस्किल पर्छ। उक्त परिवारमा आमासहित छ भाइको संयुक्त परिवारमा पत्नी छोराछोरी गरी ३७ जना एउटै घरमा बसिरहेका छन्।

केटाकेटीदेखि किशोर वृद्धसम्म एउटै छानामुनि रमाइरहेका छन्। सबैको आ–आफ्नो कोठा नभए पनि घरको वरिपरि छतमा समेत उनीहरु सुत्ने गर्छन्। एकै पटक ३७ जनालाई खाना पकाउन नसक्दा हरेक छाकमा दुई पटक पाक्छ। 'बिहान बच्चाले खाना खाएर स्कुल जान्छन् पछि हामीहरुले खाने खाना पकाउँछाँ', साइला छोरा समसुल खाले भने, 'एकै ठाउँमा कोचाकोच गरेर भए पनि बसेका छाैँ ठूलो परिवारमा बस्ने बानी पर्‍यो अब छुटिएर एक्लै बस्न सक्दैनौँ।'  

'सबैले आआफ्नो हिसाबले कमाए पनि घर व्यवस्थापनको जिम्मा मेरो हातमा परेको छ', 'परिवारका साइला छोरा समसुल खाले भन्नुभयो, 'खर्च, वचत दुवै संयुक्तरुपमा गरेका छौँ।' भान्सादेखि घरको सरसफाइ छ बुहारीको हातमा हुन्छ। पालैपालो आफ्नो पालोमा उनीहरुले खाना पकाउँछन्। घरकी साइली बुहारी चन्दा बेबीले पालैपालो आफ्नो जिम्मेवारी पूरा गर्ने गरेकाले कुनै मनमुटाव नहुने गरेको बताए।  

यो परिवारलाई एउटै डोरीमा बाध्ने मुखिया आमा जमुर्ता खा हुनुहुन्छ। ८२ वर्षीया जमुर्ता खा सबै छोरासँगै बसेको देखेर आफैँ दङ्ग हुन्नुहुन्छ। जमुर्ता अझै टाठी हुनुहुन्छ। घरको बागडोर उनको हातमा छ, 'छोरा नाति सबै आफ्नै अगाडि देख्दा बडो आनन्द आउँछ जमुर्ताले भने', 'मान्छे एक दिन मरेर जान्छ बाचुञ्जेल हासीखुसी बाँच्ने हो।' बाँकेको पूर्वी–दक्षिणमा पर्ने नरैनापुर गाउँपालिकामा छवटा वडा छन्। अधिकांश वडामा मुस्लिम समुदायको बाहुल्यता छ।  

नरैनापुर गाउँमा अधिकांश परिवार संयुक्तरुपमा बस्दै आए पनि विस्तारै छोराहरु एक्लिएर बस्न थालेका छन्।  'पहिला पहिला ५०/६० को एउटै परिवार हुन्थ्याैँ अहिले विस्तारै छुटिएर एकल परिवारमा बस्न थालेका छन्', नरैनापुरका स्थानीय जीयावन तमौलीले भने, 'संयुक्त परिवार सङ्ख्याको हिसाबले मात्र ठूला हुनु होइन भावना प्रेम सर्मपण हिसाबले बलियो हुनु हो ।'
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस