कर्णाली प्रदेश स्तरीय खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुर्खेतले हात पारेको छ।
सुर्खेतका नरेन्द्र बम र जितप्रसाद लामिछानेले उपाधि हात पारेका हुन्। उनीहरुले ५१ हजार १ सय ५१ रुपैयाँसँगै कप, मेडल र प्रमाण पत्र पाए। उनिहरुले सुर्खेतकै खगेन्द्र खत्री र राजेन्द्र बम बिच खेल खेलेका थिए।
यस्तै उप-विजेतामा समित भएका खत्री र बमले ३१ हजार १ सय ५१ रुपैयाँ सहित कप मेडल र प्रमाण पत्र पाए।
सेमिफाइनलमा सम्मकाे यात्रा तय गरेका भूपेन्द्र बम, सुमन विष्ट र विनोद शाही र मानबहादुर बुढाले तेस्रो स्थान हासिल गर्दै १५ हजार १ सय ५१ रुपैयाँ पुरस्कार पाए।
माघ २६ गते देखि २८ गते सम्म कालिकोटको सदरमुकाम मान्ममा सञ्चालित प्रतियोगितामा २१ वटा टिम सहभागी थिए। खेलमा कर्णालीका सुर्खेत, दैलेख, कालिकोट र जुम्लाका खेलाडीहरुको सहभागिता रहेको थियो।
यसैबिच देश स्तरीय कराँते प्रतियोगिताको लागि कालिकोटमा छनोट सम्पन्न भएको छ। कर्णाली प्रदेशका पाँच जिल्लाका खेलाडीहरु बिचबाट कर्णाली प्रदेश र अन्य प्रदेशमा खेल खेल्नको लागी सितोरियो कराँतेका सुर्खेत, दैलेख, सल्यान, जुम्ला र कालिकोटका खेलाडीहरु कालिकोटमा छनोट गरिएको हो।
मधेश प्रदेशमा फागुन देखि हुने प्रथम मिथिला राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी पनि खेलाडी छनोट गरिएको बताइएको छ।
शनिबार कालिकोटको मान्ममा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाहीले छनोट कार्यक्रमको उद्घाटन गरेका थिए।
आजबाट सुरु भएको छनोटमा ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि र ६० केजीमाथिका खेलाडिहरुको छनोट सुरु भएको खेलकुद विकास समिति कालिकोटका अध्यक्ष गणेश बहादुर शाहीले जानकारी दिए।
कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेलको उद्घाटन गर्दै खेलकुद राष्ट्रको गौरवको विषय र खेलाडी गहना भएको कर्णाली बताए।
उनले प्रदेशस्तरीय खेलकुद कालिकोटमा हुनु गौरवको विषय भएको बताए। खेलकुद राष्ट्रको पहिचान हो। खेलाडी देशका गहना हुन।, उनले भने, ‘देशको राम्रो छवि बनाउन खेलको भूमिका महत्त्वपूर्ण हुन्छ। खेलाडीले सिङ्गो राष्ट्रको प्रतिनिधित्व गरेको छ।’
उद्घाटन कार्यक्रममा खेलकुद विकास समितिका सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुन लागेको भन्दै उक्त प्रतियोगितामा विभिन्न खेल खेलाउन तयारी भइरहेको बताए। ‘खेलकुद प्रतियोगिता नजिकिएपछि हतारमा तयारी गर्ने हाम्रो बानी नै बनेको छ। अहिलेदेखि दशौँ खेलकुदको व्यापक तयारी गरेका छौँ।’, उनले भने,
माघ २६ गते देखि २८ गते सम्म कालिकोटको सदरमुकाम मान्ममा सञ्चालित प्रतियोगितामा २१ वटा टिम सहभागी थिए।
तस्बिर ब्याड्मिन्टन उपाधि सुर्खेतलाई