म्याग्दीको सदरमुकाम बेनीमा एक पुरुषले परिवारका अन्य सदस्यसँगै बसेर हुक्का सेवन गरिरहेका थिए। रेस्टुरेन्टमा कलिला छोराछोरी, पत्नीसँगै बसेर हुक्का सेवन गरिरहेका उनले हुक्कालाई चुरोटभन्दा कम हानिकारक हुने तर्क गरे।
छोराछोरी बाहिर रेस्टुरेन्टमा गएर हुक्का तान्न अभिभावकले समेत प्रोत्साहन गरेको देखिन्छ। साथीको जन्मदिन वा कुनै पार्टीमा छोराछोरीसँगै हुक्का पिउनुलाई सामान्य रूपमा लिइरहेका छन् अभिभावकले।
म्याग्दीमा पछिल्लो समय हुक्का खाने युवायुवतीको संख्या ह्वात्तै बढेको छ। त्यसको प्रयोग गरेर हुने असरबारे बुझ्दै नबुझी साथीसंगतमा युवायुवती हुक्काको लतमा झुमिरहेका छन्। त्यस्ता युवायुवती होटल, रेस्टुरेन्टमा गएर हुक्का तानेर धुवाँ उडाउँदै आनन्द मानिरहेका हुन्छन्।
बेनीका होटल तथा रेस्टुरेन्ट र हुक्काको पोड बेच्ने पसलका अनुसार केही समययता हुक्कामा किशोरीको समेत आकर्षण ह्वात्तै बढेको छ। किशोरकिशोरी सँगै बसेर हुक्का सेवन गर्ने फेसनजस्तै बनेको छ। ‘१४–१८ वर्षबीचका विद्यार्थीले समेत हुक्का सेवन गर्छन् उनीहरू नै कुलतमा फस्ने जोखिम अत्यधिक हुन्छ,’ बेनीका एक व्यापारीले भने।
उनले स्कुले विद्यार्थीलाई आफ्नो रेस्टुरेन्टबाट हुक्का नदिए पनि धेरैले व्यापार त हो नि भनेर बिक्री गर्ने गरेको बताए। चुरोट, बियर तथा वाइन पिएको फोटो देखाउन लाज मान्नेहरू हुक्का पिएको फोटो भने सजिलै सामाजिक सञ्जालमा अपलोड गरिरहेका हुन्छन्। जसले गर्दा किशोरकिशोरी पनि त्यसबाट प्रभावित भएको र हुक्काको कुलतमा लागेको देखिएको छ।
एक खिली चुरोट तान्दा लगभग आधा लिटर धुवाँ तान्ने गरिन्छ भने एक सर्को हुक्काको प्रयोग गर्दा दुई सय लिटरसम्म धुवाँ शरीरभित्र पुग्छ। त्यसको असर एकदुई सय खिली चुरोट तानेबराबर हुने डा. पोख्रेलले जानकारी दिए।
डा. पोख्रेलका अनुसार हुक्कामा राखिएको फ्लेबर सुर्तीको चारकोलको धुवाँबाट कार्बनमोनोअक्साइड र पोलिएरोम्याटिक हाइड्रोकार्बन निस्कन्छ। यो मानव स्वास्थ्यका लागि विष सेवन गरेजस्तै हुन्छ। आजभोलि कतिपयले हुक्का तान्ने निहुँमा लागुऔषध सेवनसमेत गर्ने गरेको उनी बताउँछन्।

बेनीका अधिकांश होटलका मेनुमा या बाहिर देखिने ठाउँमै भेटिन्छ, ‘हुक्का एभाइलेबल’ अर्थात् यहाँ हुक्का पाइन्छ। हुक्काले युवापुस्तालाई कुलतमा फस्ने बाटो बनाइरहेको छ। हुक्काको बिक्रीवितरण खुला भए पनि प्रयोगकर्ताले क्षणिक रमाइलोले रोगलाई निम्तो दिइरहेका छन्।युवा पुस्तामाझ हुक्का फेसन जस्तै बनेको छ। क्षति र हानिबारे कल्पनासमेत गरेको पाइँदैन। सदरमुकाम बेनीसहित जिल्लाका ग्रामीण क्षेत्रका होटल, रेस्टुरेन्ट र व्यक्तिगत घरमा समेत हुक्काको पोड भेटिन्छ।
बेनीका होटल तथा रेस्टुरेन्ट र हुक्काको पोड बेच्ने पसलका अनुसार केही समययता हुक्कामा किशोरीको समेत आकर्षण ह्वात्तै बढेको छ। किशोरकिशोरी सँगै बसेर हुक्का सेवन गर्ने फेसनजस्तै बनेको छ। ‘१४–१८ वर्षबीचका विद्यार्थीले समेत हुक्का सेवन गर्छन् उनीहरू नै कुलतमा फस्ने जोखिम अत्यधिक हुन्छ,’ बेनीका एक व्यापारीले भने।
उनले स्कुले विद्यार्थीलाई आफ्नो रेस्टुरेन्टबाट हुक्का नदिए पनि धेरैले व्यापार त हो नि भनेर बिक्री गर्ने गरेको बताए। चुरोट, बियर तथा वाइन पिएको फोटो देखाउन लाज मान्नेहरू हुक्का पिएको फोटो भने सजिलै सामाजिक सञ्जालमा अपलोड गरिरहेका हुन्छन्। जसले गर्दा किशोरकिशोरी पनि त्यसबाट प्रभावित भएको र हुक्काको कुलतमा लागेको देखिएको छ।
चुरोटभन्दा हुक्का सेवन कम हानिकारक छ भन्ने कुरा गलत भएको बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोख्रेलले बताए।‘हुक्कालाई सामान्य रूपमा लिइएको छ, कलिला बालबालिकाले समेत अभिभावकको अनुरोधमा सेवन गरेको देखिन्छ, यो भयानक असरको संकेत हो,’ डा. पोख्रेलले भने।
एक खिली चुरोट तान्दा लगभग आधा लिटर धुवाँ तान्ने गरिन्छ भने एक सर्को हुक्काको प्रयोग गर्दा दुई सय लिटरसम्म धुवाँ शरीरभित्र पुग्छ। त्यसको असर एकदुई सय खिली चुरोट तानेबराबर हुने डा. पोख्रेलले जानकारी दिए।
डा. पोख्रेलका अनुसार हुक्कामा राखिएको फ्लेबर सुर्तीको चारकोलको धुवाँबाट कार्बनमोनोअक्साइड र पोलिएरोम्याटिक हाइड्रोकार्बन निस्कन्छ। यो मानव स्वास्थ्यका लागि विष सेवन गरेजस्तै हुन्छ। आजभोलि कतिपयले हुक्का तान्ने निहुँमा लागुऔषध सेवनसमेत गर्ने गरेको उनी बताउँछन्।
‘हुक्काले बिस्तारै मान्छेलाई लागुऔषध सेवन गर्नेतिर उकास्न थाल्छ अनि युवायुवती लागुऔषध सेवनमा सक्रिय हुन्छन्,’ उनले भने।एक खिली चुरोट पिउन पाँचदेखि १० मिनेट समय लाग्छ भने हुक्का पिउन आधा घण्टाभन्दा बढी समय लाग्छ। यसै कारणले पनि रोगले सजिलै आक्रमण गर्ने डा. पोख्रेलको भनाइ छ। त्यसैगरी हुक्काको पाइप राम्रोसँग सफा नगरेको अवस्थामा विभिन्न प्रकारका सरुवा रोगसमेत लाग्ने खतरा बढी भएको उनी बताउँछन्।