दुई सुत्केरीको उद्धार
२५ माघ २०८०
•
३ मिनेट पाठ
दुई सुत्केरीको उद्धार
गाउँमा सुविधायुक्त स्वास्थ्य संस्था नहुँदा केही वर्षअघिसम्म सुत्केरी व्यथा लागेपछि उपचार नपाएर बाटैमा मृत्युवरण गर्नुपर्ने स्थिति थियो। सडक सञ्जालको पहुँच नपुगेको र हवाई यात्रामा सम्भव नभएपछि कतिपय सुत्केरीले बाटैमा त कतिले उपचार कुर्दै घरमै ज्यान गुमाउनुपरेको थियो।




पछिल्लो केही वर्षयता कर्णालीमा मातृशिशु मृत्युदर घट्दै गएको छ। बुधबार मात्रै एकै दिन दुई जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बुधबार मात्र पलाँता गाउँपालिका–६ की ३५ वर्षीय रिउली रोकाया सुत्केरी हुन नसक्दा हेलिकप्टरबाट उद्धार गरिएको छ।

हिजो दिउसोदेखी सुत्केरी व्यथाले च्यापेको रिउलीलाई आफन्तले हिजो बेलुकी ७ बजे नेटा स्वास्थ्य चौकी पुर्‍याएका थिए। गाउँको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसक्दा हेलिकप्टरमार्फत सुर्खेत रेफर गरिएको अस्पताल स्रोतले बताएको छ।

सुत्केरी महिलाको नेटामा उपचार सम्भव नभएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीमार्फत हेलिकप्टर मगाएर सुर्खेत पठाएको पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले बताए।
जिल्लाका अन्य पालिकाको तुलनामा विकट पालिका भए पनि यहाँका नागरिकलाई रोग र भोकका कारण मृत्यु हुन नदिने अध्यक्ष रोकायाले बताए।

यस्तै, कालिकोटकै पचालझरना गाउँपालिका–९ की ३० वर्षिया औंशी तिरुवाको पनी हेलिकप्टरमार्फत उद्धार गरिएको छ। स्वास्थ्य चौकी राम्नाकोटमा प्रसूती गराउन बिहान ७ बजे पुगेकी तिरुवाको पेटको बच्चा जन्मन समस्या देखिएपछि उनलाई उद्धार गरीएको  बताइएको छ।

उनलाई प्रसूतीका लागि जिल्ला सदरमुकाम ल्याउन दूरी, समय र सडकको अवस्था कठिन रहेको कारणले गर्दा पालिकामा सुत्केरी गराउन नसकिने भएपछि तत्काल प्रदेश अस्पताल, सुर्खेत पठाउन पचाल झरना गाउँपालिकाले पहल गरेको पचालझरना गाउँपालिकाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला उत्थान समन्वय एकाइको हेलिकप्टरमार्फत प्रदेश अस्पताल, सुर्खेतमा रिफर गरिएका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिए।

ज्यान जोगाउँदै राष्ट्रपति महिला उत्थान कार्यक्रम

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रम दुर्गममा प्रभावकारी बन्दै गएको छ। त्यस्तो अवस्थामा महिलालाई आपत्कालीन उपचार आवश्यक पर्ने भएकाले हेलिकोप्टरद्वारा उद्धार गरिने व्यवस्था नेपाल सरकारले व्यवस्था गरेको छ।

सडक सञ्जालको पहुँच कम भएका दुर्गम र पिछडिएका क्षेत्रका महिला प्राथमिकतामा राखिएकाले सो कार्यक्रम प्रभावकारी भएको मानिएको छ। प्रसव वेदना वा समस्या न्यूनीकरण गरी मातृशिशु मृत्युदर कम गर्ने उद्देश्यका साथ सुरु कार्यक्रमअन्तर्गत कालीकोटमा आव २०७९/८० मा १३, चालु आवको साउनदेखि माघसम्म १३ वटा हवाई उद्धार भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले दुई वर्षयता २६ जनाको ज्यान जोखिममा परेका महिलाको हवाई उद्धार गरिएको बताए। २६ जनामा १३ जना २० वर्षमुनिका रहेका छन्। जसले बालविवाह गरेको प्रमाणित हुन्छ।

गर्भवती र सुत्केरीले प्रसव अवस्थाका कारण ज्यान गुमाउनु परेकोमा हाल त्यो संख्या घटेको स्वास्थ्यको तथ्यांकमा उल्लेख छ। स्वास्थ्य संस्थाको सिफारिस पत्रका आधारमा प्रमुख जिल्ला अधिकारीको समन्वयमा तत्काल हवाई उद्धारका लागि सूचना दिने व्यवस्था गरिएको छ।
महिलाको हवाई उद्धार गर्नका लागि एक जनाको सरदर लाग्ने दुई लाख रूपयाँ खर्च सरकारले व्यहोर्दै आएको छ। राष्ट्रपति उत्थान कार्यक्रम समन्वय इकाइले उद्धारका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएकाले दुर्गमका महिलाको ज्यान जोगिँदै आएको छ।

गर्भवती महिला र नवजात शिशु सुरक्षाका लागि केन्द्रित राष्ट्रपति महिला उत्थान कार्यक्रम विशेष गरी दुर्गममा प्रभावकारी देखिएको छ। सुत्केरी व्यथाले च्यापेका दुर्गमका महिलालाई तत्काल उद्धार गर्ने यो कार्यक्रम प्रभावकारी बन्दै आएको स्थानीय नागरिकको भनाइ छ ।
अर्को समाचार
डोल्पामा गम्भीर सुत्केरीको हेलिकप्टर मार्फत् उद्धार
१९ माघ २०८१
•
१ मिनेट पाठ
डोल्पामा गम्भीर सुत्केरीको हेलिकप्टर मार्फत् उद्धार
सालनाल अड्केर गम्भीर अवस्थामा पुगेकी सुत्केरीको राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरिएको छ। ठूलीभेरी नगरपालिका–१० रहगाउँकी १९ वर्षीया जुना विकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो।




शुक्रबार आफ्नै घरमा सुत्केरी भई सालनाल ननिस्केर पाठेघरको मुख बन्द भई गम्भीर अवस्थामा पुगेकी विकलाई शनिबार बिहान जिल्ला अस्पताल डोल्पामा पुर्‍याइएको थियो।

गम्भीर अवस्थामा अस्पताल आएकी विकको अत्यधिक रक्तस्राव भएपछि जिल्ला अस्पताल दुनैले रगत चढाएर अस्पतालको समन्वयमा राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरेको जिल्ला अस्पतालका चिकित्सा शाखाप्रमुख डा. अखण्ड उपाध्यायले जानकारी दिए।

ठूलीभेरी–१० रहगाउँ जिल्ला अस्पतालको नजिकको दूरीमा पर्ने गाउँ भए पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउनुपर्छ भन्ने चेतनाको कमी हुँदा महिलाको अकालमा ज्यान जाने जोखिम रहेको उनले बताए।

गर्भवतीले नियमित स्वास्थ्य परीक्षण नगराउने, घरमा सुत्केरी गराउने र अन्तिम अवस्थामा मात्र अस्पतालमा ल्याउने प्रवृत्तिले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको डा. उपाध्यायले उल्लेख गरे।

बालविवाह, सानै उमेरमा गर्भवती हुने, उचित पोषणको कमीलगायत कारणले पनि महिलाको स्वास्थ्य अवस्था कमजोर हुने उनको भनाइ छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस