नुन अभावमा अलिनो कालीकोट
२५ माघ २०८०
•
४ मिनेट पाठ
नुन अभावमा अलिनो कालीकोट
३५ वर्षअघि पहिलोपटक आठ धार्नी (४० माना) घिउ बोकी १८ दिन पैदल हिँडेर कैलालीको चिसापानी हाट बजार पुगेका कालीकोट पलाँता–६ का हर्कुजंग बुढाले हाटबाट फर्कंदा वर्षभरि पुग्ने नुन एकैपल्ट ल्याए।




अहिले उनी नुनका लागि पलाँताबाट मान्ममा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनको डिपो पुग्ने गरेका छन्। तर, कर्पोरेसनबाट पनि नुन कहिल्यै धेरै पाएनन्। ‘नुन लिन आएको दुई दिन भयो। ११ केजीमात्र पाइन्छ, एक महिनामै सकिन्छ,’ बुढाले भने। त्यसैले उनी ढिकेनुनको खोजीमा छन्।

सदरमुकाम मान्ममा एक किलोको नौ रूपैयाँमा आयोडिनयुक्त नुन पाइन्छ। गाउँमा नुन छैन। ‘हामीले त सधैं नुनका लागि दुःख भोग्नुपर्ने भयो,’ पलाँताकै धनकर्ण विश्वकर्माले भने, ‘गाउँमा आयोडिन नुन पाइए सस्तो हुन्थ्यो, कुपोषणको समस्या पनि हल हुन्थ्यो।’

बाख्रेबजारमा ढिकेनुन लिनेको समेत दैनिकजसो भिड लाग्छ। गाउँबाट आएकाहरू दुईतीन महिना पुग्ने नुन लिएर फर्कन्छन्। वर्षौंदेखि नुनका लागि मान्म पुग्नुपर्ने बाध्यता रहेको पचालझरनाका भीम आचार्यले बताए। उनले हिमपातका बेला पहिला नै नुन स्टक गर्न नसके समस्या हुने गरेको सुनाए।

शुभकालिका गाउँपालिकाकी नान्द्ररा शाहीलाई जहान परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन हुन्छ। १० वर्ष अघिसम्म नुन लिन हाट बजार जाने उनी अहिले एक दिन हिँडेर कालीकोटको सदरमुकाम मान्म आउने गरेकी छन्। उनले नौ रूपैयाँ किलोको नुन किन्न आतेजातेमै एक हजार पाँच सय रुपैयाँ खर्च गरिन्।

‘मान्म डिपोबाट ३० किलो जति नुन लैजाने मन थियो तर ११ किलो मात्रै दिने नियम बनाएको रहेछ,’ लाइन लागेर ११ किलो नुन पाएकी उनले गुनासो पोखिन्, ‘सबै हिसाब गर्ने हो भने एक किलो नुनको दुई सय रुपैयाँभन्दा बढी प¥यो।’

नुनका लागि स्थानीयले वर्षौंदेखि सास्ती भोगिरहेका पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले बताए। ‘पहिले हाटबाट ढिकेनुन ल्याएर जीविका चलाउँथे,’ उनले भने, ‘अहिले बजार नजिकिएको छ तर आयोडिन नुन ल्याउन मान्म नपुगी सुखै छैन।’

मान्म बजार आउँदा होटेलमा बाससहित प्रतिव्यक्ति एक हजारदेखि दुई हजार रूपैयाँसम्म खर्च हुने गरेको उनले बताए। गाउँपालिकाको माथिल्लो बस्तीका स्थानीय एक किलो ढिकेनुन ७५ रूपैयाँमा किन्न बाध्य छन्।

सरकारी अनुदानमा वितरण गरिने भानु नुनको मूल्य नौ रुपैयाँ भए पनि स्थानीयले २० रुपैयाँ प्रतिकिलो भाडा तिर्नुपर्ने बाध्यता छ। त्यसमा व्यापारीले झन्डै दोब्बर नाफा खाने स्थानीयको भनाइ छ।

‘पाँच केजी नुन पशु चौपायालाई खुवाउनु कि आफू खानु,’ नुनको अभावप्रति गुनासो गर्दै शुभकालिका–७ की यशोदा शाही भन्छिन्, ‘नुन लिन आउँदा १५÷ १६ सय रूपैयाँ खर्च हुन्छ। ५ किलो नुन पाइयो। घरमा गाई, गोरु, भेडा, बाख्रा, भैंसी छन्। आफूले खाने कि पशुचौपायालाई खुवाउने? पाँच पोका नुन लिनका लागि पनि नागरिकताको फोटोकपी गर्न १० रुपैयाँ तिरियो। दुःख बढी नुन कम पाइयो।’ कालीकोटको शुभकालिका, तिलागुफा, महावै, पचालझरना, पलाँता, नरहरिनाथ, सान्नीत्रिवेणीका नागरिकलाई सधैं नुनको दुःख छ।

दैलेखका विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिकेनुन प्रयोग हुने गरेको छ। सस्तो र सजिलो भएकाले आफूहरूले ढिकेनुन प्रयोग गर्दै आएको स्थानीयको भनाइ छ। बजारमा आयोडिनयुक्त नुन पाइने गर्छ।

ढिके नुनभन्दा महँगो पर्ने र स्वादमा पनि फरक हुने भएकाले आयोडिनयुक्त नुनको प्रयोग नगरेको बताइन्छ। सरकारले ‘दुई बालबालिकाको चिह्नअंकित आयोडिनयुक्त नुनको प्रयोग गरौं’ भने पनि यहाँका जनतामा अझै चेतनाको कमी रहेको पाइएको छ। दैलेखको आठबीस नगरपालिकाका प्रकाश शाहीको परिवारले ढिकेनुन खान लागेको वर्षौं भएको बताए। ग्रामीण भेगका नागरिकले अहिले पनि ढिके नुनको प्रयोग गरेको पाइन्छ।

अभाव कायमै ः साल्ट ट्रेडिङ

कालीकोट जिल्लाको सदरमुकाम मान्ममा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयले नुनको अभाव कायमै रहेको बताएको छ। अहिले कार्यालयमा रहेको नुनलाई दसैंसम्म पु¥याउनुपर्ने भएकाले नागरिकको मागअनुसार नुन दिन नसकिएको कार्यालयले जनाएको छ।

जिल्लामा नुनको कोटा अभाव नै रहेको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए। उनले भने, ‘कोटाभन्दा कम नुन ढुवानी भएकाले यो वर्ष नागरिकलाई सास्ती थपिएको हो। नागरिकलाई सास्ती नहोस् भन्नका लागि अब गाउँपालिकाको केन्द्रबाटै नुन वितरणको पहल गरिरहेको उनको भनाइ छ।

सुन फल्ने कर्णालीमा जहिल्यै खानामा हाल्ने नुन अभाव हुने देखिन्छ। नागरिकले जहिल्यै नुन लिनका लागि दुःख पाउने गरेका छन्। कर्णालीका नेताहरूले जनताका लागि नुनसम्म पु¥याउन नसकेको स्थानीयको आरोप छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
२८ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस