ह्याकबाट जोगिन सरकारको ‘साइबर सुरक्षा केन्द्र’
१९ माघ २०८०
•
२ मिनेट पाठ
ह्याकबाट जोगिन सरकारको ‘साइबर सुरक्षा केन्द्र’
सरकारी कार्यालयहरूको वेबसाइट अनधिकृत पहुँचमा जान (ह्याक हुन) बाट जोगाउन तथा ह्याक भइसकेका वेबसाइटहरूको उद्धार गर्न यसै साता एउटा कार्यालय खुल्ने भएको छ। यही माघ ९ गतेको मन्त्रिपरिषद् बैठकले साइबर सुरक्षा केन्द्र नामक एउटा छुट्टै कार्यालय खोल्ने निर्णय गरेको हो।




यो कार्यालय सूचना तथा सञ्चार मन्त्रालयमातहत रहने सोही मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले जानकारी दिए। उनका अनुसार साइबर सुरक्षा केन्द्र सञ्चालनका लागि नयाँ कानुन तयार हुँदैछ।
उक्त कार्यालयले सरकारी कार्यालयहरूको वेबसाइटलाई ह्याक हुनबाट जोगाउन यसले चौबिसै घण्टा सरकारी कार्यालयहरूको निगरानी तथा अनुगमन गर्नेछ। यसबाट सरकारी वेबसाइट, डेटा प्रणाली र सूचना प्रणाली सुरक्षित हुनेछन्।

‘यो बिल्कुलै नयाँ कार्यालय हो। यसको उद्देश्य नेपालमा साइबर स्पेसलाई सुरक्षित बनाउनु हो,’ सुवेदीले भने, ‘साइबर क्षेत्रमा संवेदनशील पूर्वाधार पहिचान गरी सोहीअनुसार व्यवस्थापन गर्नु यस कार्यालयको काम हुनेछ।’
मन्त्रिपरिषद्ले साइबर सुरक्षा केन्द्रको संगठन तथा व्यवस्थापन (ओएनएम) समेत पास गरेको छ। जसअनुसार एकजना सहसचिवसरहका कर्मचारी महानिर्देशक हुनेछन्। तर साइबर सुरक्षा केन्द्रको महानिर्देशक हुन प्राविधिक सेवाकै हुनुपर्नेछ। यसैगरी विविध सेवाका रा.प. द्वितीय श्रेणीको कर्मचारी यस केन्द्रको निर्देशक हुने व्यवस्था गरिएको छ।

यसैगरी यस केन्द्रमा रा.प. तृतीय श्रेणीका विविध सेवाका दुईजना कम्प्युटर अधिकृत (सेक्युरिटी अपरेसन विश्लेषक पद) तथा चारजना कम्प्युटर इन्जिनियर रा.प. तृतीय (विविध सेवा) बाट नियुक्त गर्ने व्यवस्था गरिएको छ। यस केन्द्रमा एक कम्प्युटर अधिकृत, एक जना कार्यालय सहयोगी (श्रेणीविहीन) तथा एक जना हलुका सवारी चालक (श्रेणीविहीन) कर्मचारी नियुक्त गर्न सक्ने व्यवस्था मन्त्रिपरिषद्ले गरेको ओएनएममा उल्लेख छ।

सञ्चार मन्त्रालयका अनुसार साइबर सुरक्षा केन्द्रको कार्यालय सिंहदरबार परिसरभित्रै राख्ने तयारी भएको छ। पुरानो गृह मन्त्रालय रहेको भवननजिकै अहिलेको राष्ट्रिय सुरक्षा प्रविधि केन्द्र रहेको भवनमै कार्यालय राख्ने तयारी भएको मन्त्रालयका प्रवक्ता सुवेदीले जनाए।

उनले भने, ‘त्यहाँ सम्भव नभए अहिलेको राष्ट्रिय योजना आयोग रहेको भवनमा पनि कार्यालय राख्ने सक्ने सम्भावना छ।’
यसैगरी मन्त्रिपरिषद्ले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई सूचना तथा सञ्चार मन्त्रालयको मातहतमा ल्याउने निर्णय पनि गरेको छ। अहिलेसम्म यो कार्यालय विकास समिति गठन ऐनबाट सञ्चालन हुँदै आएको छ। अब सरकारले यस कार्यालयलाई सञ्चार मन्त्रालयको एउटा अंग बनाउने भएको छ।

मन्त्रिपरिषद्ले पास गरेको ओएनएममा राष्ट्रिय सूचना प्रविधि केन्द्रको ठाउँमा एकीकृत डेटा व्यवस्थापन केन्द्र गठन गर्ने उल्लेख छ। यस केन्द्रको प्रमुखमा सहसचिवसरहका कर्मचारी हुनेछन्। अब यस कार्यालयका कर्मचारी निजामती सेवाका हुनेछन्। हाल यस कार्यालयमा करार कर्मचारी कार्यरत छन्।
अर्को समाचार
ह्याकबाट जोगिन सरकारको ‘साइबर सुरक्षा केन्द्र’
१९ माघ २०८०
•
२ मिनेट पाठ
ह्याकबाट जोगिन सरकारको ‘साइबर सुरक्षा केन्द्र’
सरकारी कार्यालयहरूको वेबसाइट अनधिकृत पहुँचमा जान (ह्याक हुन) बाट जोगाउन तथा ह्याक भइसकेका वेबसाइटहरूको उद्धार गर्न यसै साता एउटा कार्यालय खुल्ने भएको छ।




यही माघ ९ गतेको मन्त्रिपरिषद् बैठकले साइबर सुरक्षा केन्द्र नामक एउटा छुट्टै कार्यालय खोल्ने निर्णय गरेको हो। यो कार्यालय सूचना तथा सञ्चार मन्त्रालयमातहत रहने सोही मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले जानकारी दिए। उनका अनुसार साइबर सुरक्षा केन्द्र सञ्चालनका लागि नयाँ कानुन तयार हुँदैछ।

उक्त कार्यालयले सरकारी कार्यालयहरूको वेबसाइटलाई ह्याक हुनबाट जोगाउन यसले चौबिसै घण्टा सरकारी कार्यालयहरूको निगरानी तथा अनुगमन गर्नेछ। यसबाट सरकारी वेबसाइट, डेटा प्रणाली र सूचना प्रणाली सुरक्षित हुनेछन्।

‘यो बिल्कुलै नयाँ कार्यालय हो। यसको उद्देश्य नेपालमा साइबर स्पेसलाई सुरक्षित बनाउनु हो,’ सुवेदीले भने, ‘साइबर क्षेत्रमा संवेदनशील पूर्वाधार पहिचान गरी सोहीअनुसार व्यवस्थापन गर्नु यस कार्यालयको काम हुनेछ।’
मन्त्रिपरिषद्ले साइबर सुरक्षा केन्द्रको संगठन तथा व्यवस्थापन (ओएनएम) समेत पास गरेको छ। जसअनुसार एकजना सहसचिवसरहका कर्मचारी महानिर्देशक हुनेछन्। तर साइबर सुरक्षा केन्द्रको महानिर्देशक हुन प्राविधिक सेवाकै हुनुपर्नेछ। यसैगरी विविध सेवाका रा.प. द्वितीय श्रेणीको कर्मचारी यस केन्द्रको निर्देशक हुने व्यवस्था गरिएको छ।

यसैगरी यस केन्द्रमा रा.प. तृतीय श्रेणीका विविध सेवाका दुईजना कम्प्युटर अधिकृत (सेक्युरिटी अपरेसन विश्लेषक पद) तथा चारजना कम्प्युटर इन्जिनियर रा.प. तृतीय (विविध सेवा) बाट नियुक्त गर्ने व्यवस्था गरिएको छ।

यस केन्द्रमा एक कम्प्युटर अधिकृत, एक जना कार्यालय सहयोगी (श्रेणीविहीन) तथा एक जना हलुका सवारी चालक (श्रेणीविहीन) कर्मचारी नियुक्त गर्न सक्ने व्यवस्था मन्त्रिपरिषद्ले गरेको ओएनएममा उल्लेख छ।

सञ्चार मन्त्रालयका अनुसार साइबर सुरक्षा केन्द्रको कार्यालय सिंहदरबार परिसरभित्रै राख्ने तयारी भएको छ। पुरानो गृह मन्त्रालय रहेको भवननजिकै अहिलेको राष्ट्रिय सुरक्षा प्रविधि केन्द्र रहेको भवनमै कार्यालय राख्ने तयारी भएको मन्त्रालयका प्रवक्ता सुवेदीले जनाए।
उनले भने, ‘त्यहाँ सम्भव नभए अहिलेको राष्ट्रिय योजना आयोग रहेको भवनमा पनि कार्यालय राख्ने सक्ने सम्भावना छ।’

यसैगरी मन्त्रिपरिषद्ले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई सूचना तथा सञ्चार मन्त्रालयको मातहतमा ल्याउने निर्णय पनि गरेको छ। अहिलेसम्म यो कार्यालय विकास समिति गठन ऐनबाट सञ्चालन हँुदै आएको छ।

अब सरकारले यस कार्यालयलाई सञ्चार मन्त्रालयको एउटा अंग बनाउने भएको छ। मन्त्रिपरिषद्ले पास गरेको ओएनएममा राष्ट्रिय सूचना प्रविधि केन्द्रको ठाउँमा एकीकृत डेटा व्यवस्थापन केन्द्र गठन गर्ने उल्लेख छ।

यस केन्द्रको प्रमुखमा सहसचिवसरहका कर्मचारी हुनेछन्। अब यस कार्यालयका कर्मचारी निजामती सेवाका हुनेछन्। हाल यस कार्यालयमा करार कर्मचारी कार्यरत छन्।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस