पर्यटकीय गाउँ हेलम्बुमा बुधबार भएको दुर्घटनाका मृतक तथा घाइते भुटानी नागरिक यहाँको बौद्धगुम्बा दर्शन गर्न आएको खुलेको छ। उनीहरु बौद्धमार्गी थिए।
बा २ च ४४५० नम्बरको जिप हेलम्बु गाउँपालिका–१ स्थित दोरिङको भिरबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा दुई भुटानी नागरिकको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा एक नेपालीसहित पाँच भुटानी घाइते भएका थिए।
इलाका प्रहरी कार्यालय हेलम्बुका इन्स्पेक्टर मनोजकुमार श्रेष्ठले दिएको जानकारी अनुसार बौद्धमार्गी भुटानी नागरिक चारवटा जिप चढेर हेलम्बुको खर्सुङस्थित मेलारेपा गुम्बा दर्शन गर्न जाँदै थिए। तीमध्ये एउटा जिप उक्त गुम्बाभन्दा झण्डै साढे दुई किलोमिटर वरै दोरिङको भिरबाट खसेको हो।
गुम्बातर्फ जाँदा दोरिङभिरस्थित कच्ची सडक साँघुरोका साथै ठाडो उकालोमा पर्छ। भीमकाय पहिरो र त्यसपछि निम्तिएको पहिरो कपेर बनाइएको सडकबाट पैदल यात्रा गर्दा नै कहाली लाग्छ।
सवारी साधनमा यात्रा गर्दा त यात्रुहरु अत्तालिएर राम नामै जप्छन्। प्रहरीका अनुसार अगाडिका दुई जिपले दोरिङको उकालो पार गरिसकेका थिए। तेस्रो जिप उकालोमा पछाडि गुड्दै (ब्याक हुँदै) भिरबाट खसेको हो। सबैभन्दा पछाडि रहेको चौथो जिप तेस्रो जिपले उकालो पार गर्ने प्रतीक्षामा केही तल रोकिएको थियो।
‘प्रत्यक्षदर्शीको भनाई सुन्दा दुर्घटनामा परेको जिपको पिकअफ राम्रो देखिएन। दुई पटक उकालो नतानेपछि तेस्रो प्रयास गर्न पछाडि हटिरहेको जिप नरोकिई सडकको डिलबाट भिरतिर खस्यो,’ इन्स्पेक्टर श्रेष्ठले नागरिकन्यूजसँग भने।
गुम्बा पुग्न चल्तीको राम्रो वैकल्पिक सडक थियो। तर त्यो निकै घुमाउरो रहेकाले निकै छोटो दुरीको दोरिङको सडक रोजाइमा परेको देखिन्छ। भुटानीहरु काठमाडौँबाट हेलम्बुतर्फ आएका थिए।
दुर्घटनामा भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७५ वर्षीय वाङ्मुको मृत्यु भएको हो। भुटानी नागरिकहरु ७४ वर्षीय हाइज, ४२ वर्षीय फुफा छिरिङ, ६५ वर्षीय गुची, ५६ वर्षीय फुँड र हेलम्बु–२ का ४२ वर्षीय रामचन्द्र भण्डारी घाइते भएका थिए।
भण्डारी जिप चालक रहेको प्रहरीले जनाएको छ। इन्स्पेक्टर श्रेष्ठका अनुसार सबै घाइतेहरुको राजधानी काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
घाइतेमध्ये दुईको गम्भीर अवस्थामा उद्धार गरिएको थियो। दुर्घटनापछि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन लामाको अगुवाइमा हेलिकप्टरबाट घाइतेको उद्धार गरी उपचारमा लगिएको थियो।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...