अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने प्रक्षेपण गरेको छ।
आइएमएफले मंगलबार सार्वजनिक गरेको वल्र्ड इकानोमिक्स आउटलुक २०२४ मा प्रक्षेपण गरिएको हो। सन् २०२४ मा नेपालको उपभोक्ता मूल्यमा मूल्यस्फिति ६.७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको थियो।
नेपाल राष्ट्र बैंकले ५ देखि ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। आईएमएफले सन् २०२४ मा विश्वभरिको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
आइएमएफले वल्र्ड इकोनोमिक्स आउटलुक अपडेट प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२४ मा विश्वभरिको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने बताइएको छ। सन् २०२४ मा संयुक्त अधिराज्य अमेरिकाको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ भने सन् २०२५ को भने १.७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।
छिमेकी मुलुक भारतको सन् २०२४ मा आर्थिक वृद्धिदर ६.५ प्रतिशत र सन् २०२५ मा पनि ६.५ प्रतिशत नै हुने प्रक्षेपण गरिएको छ। त्यसैगरी अर्को छिमेकी मुलुक चीनको पनि सन् २०२४ मा ४.६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ। त्यसैगरी सन् २०२५ मा भने ४.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण छ।