नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा महिला पक्राउ
१० माघ २०८०
•
२ मिनेट पाठ
नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा महिला पक्राउ
आर्थिक लाभ लिई नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा दोलखा भिमेश्वर-१ बस्ने आशा लामा भनिने लालमाया तामाङ पक्राउ परेकी छिन्। उनलाई काठमाडौंस्थीत जडिबुटीबाट मानब बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।




जडिबुटीमा सञ्चालित टिमुरे क्याफे र चरिकोट गेष्टहाउसमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधिमा लगाएको सूचनाका आधारमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ।

अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरी टोलीले माघ ८ गते दुई जना नाबालिकाहरुको उद्धारसँगै ३६ वर्षिया तामाङ समातिएकी हुन्।

तामाङले घरको आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरुलाई क्याफे तथा गेष्ट हाउसमा वेटरको काम लगाइदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको ब्यूरोका प्रवक्ता कृष्णप्रसाद पंगेनीले बताए।

‘नाबालिकाहरुलाई तीन वर्ष देखी विभिन्न प्रलोभनमा पारी ग्राहकहरुसँग रकम लिई शारिरीक सम्पर्क राख्न लगाई सीमित रकम मात्र पीडित युवतीहरूलाई दिने गरेको खुलेको छ,’ उनले भने, ‘नाबालिकाहरुलाई जवरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने गोप्य सूचनाको आधारमा ब्यूरोबाट खटिएका टोलीले दुई जना पीडित बालिकाहरुलाई उद्धार गरेर अहिले सुरक्षित आवासमा राखेका छौँ।’

सुरुमा बालिकाहरुलाई क्याफे र गेष्टहाउसमा वेटरको काममा लगाउने र केही समयपछी ललाई फकाई प्रलोभनमा पारी तामाङले नै संचालन गर्ने चरिकोट गेष्ट हाउसमा राखि देहव्यापारमा लगाएको आरोप ब्यूरोको छ।

नाबालिकालाई यौनकार्यमा लगाउने उक्त तामाङ मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित काठमाडौंं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जानकार गराएको छ।

यस क्रियाकलापमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजतलास तथा थप अनुसन्धान कार्य भई ब्यूरोले जानकारी गराएको छ।
अर्को समाचार
नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा दुई महिला पक्राउ
१४ जेष्ठ २०८१
•
२ मिनेट पाठ
नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा दुई महिला पक्राउ
विभिन्न आर्थिक प्रलोभन देखाएर नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। रेष्टुरेन्टमा वेटरको काम भन्दै नाबालिकालाई यौन कार्यमा लगाएको भन्दै ती महिलालाई पक्राउ गरेको मानब बेचबिखन अनुसन्धान ब्युरोले जानकारी गराएको हो।




पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका-९ की २५ वर्षीया मञ्जु भन्ने श्रृजना खनाल तामाङ घिसिङ र नुवाकोट बेलकोटगढी नगरपालिका ४ की २६ वर्षीया निशा भन्ने रमिला नेपाली पक्राउ परेकी हुन्।

श्रृजनाले सञ्चालन गरेको मित्रपार्क स्थित स्वागतम रेस्टुरेन्ट एन्ड बारबाट ३ जना नाबालिकाहरुको उद्धार गरिएको ब्युरोका प्रहरी एसपी गौतम मिश्रले जानकारी दिए। उनीहरू शुक्रबार काठमाडौं महानगरपालिका-७ बाट पक्राउ परेका एसपी मिश्रले बताए।

एसपी मिश्रका अनुसार उनीहरूले नाबालिकालाई राम्रो आम्दानी हुने भन्दै प्रलोभनमा पारी काममा लगाएका थिए। रेष्टुरेन्टमा वेटरको काम भन्दै खाजा खान आउने व्यक्तिहरूसँग जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पारेको अनुसन्धानबाट खुल्न आएको हो।

ती पीडित नाबालिकाहरूलाई उनीहरूले दैनिक ५ देखि १५ जना ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेको एसपी मिश्र बताउँछन्। रेष्टुरेन्टमा आएका ग्राहकसँग शारीरिक सम्पर्क राखे बापत आधा रकम दिने भनिए पनि त्यो पनि नदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

आर्थिक अवस्थाले घेरिएका नाबालिकालाई विभिन्न प्रलोभन देखाएर जबरजस्ती यौन व्यवसायमा लगाएको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो। उक्त सूचनाको आधारमा खटिएका ब्युरोको टोलीले नाबालिकाको उद्धार गरी आरोपी दुबै जना महिलालाई पक्राउ गरेको हो।

ती पक्राउ परेका महिलामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। साथै यस घटनामा अन्य व्यक्तिको संलग्नता भए खोजतलास तथा थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी गराएको छ। 
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस