काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै पार्किङ नदिएको विरोधमा व्यवसायीहरुले सटर बन्द गरेर विरोध जनाएका छन्।
मंगलबार बिहानदेखि काठमाडौं महानगरपालिकाले न्युरोडको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरेको छ। महानगरपालिकाले न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि महानगर २२,२३ र २४ वडाका व्यवसायीले सटर बन्द गरेर विरोध प्रदर्शन गरेका हुन्।
महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको छ।
व्यापारीहरुले सरोकारवालाहरुसँग समन्वय बिना पार्किङ निषेध गर्दा न्युरोड क्षेत्रमा कुनैपनि ग्राहक नआउने बताए। उनीहरुले कोरोना महामारी लगायतका विभिन्न कारणबाट शिथिल बनेर युवा व्यवसायीहरु विदेश पलायन भएको अवस्थालाई थप प्रोत्साहन हुने गरी पार्किङ निषेध गरिएको व्यवापारीहरुको गुनासो छ।
महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ। तर व्यवसायीहरु त्यो पार्किङ उपयुक्त नभएको बताउँछन्।
ताम्राकार मोबाइल व्यापार संघका अध्यक्ष गुरुदत्त शर्माले कोरोना महामारी लगायत अर्थतन्त्रमा देखिएको समस्याको कारण व्यवसायबाट पलायन हुन थालेका व्यवसायीहरुलाई हतोत्साही बनाएर काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा सवारी पार्किङ बन्द गर्ने निर्णय गरेको आरोप लगाए। उनले बिहानदेखि नगर प्रहरीहरू ल्याएर ज्यादती गर्ने काम गरेको बताए। नेपालको व्यापारको केन्द्र न्युरोड क्षेत्रमा सवारी साधन पाकिङ बन्द गर्दा व्यापार शून्यमा झर्ने भन्दै उनले चिन्ता व्यक्त गरे।
पाकिङ बन्द गरेर समस्याको समाधान नहुने भन्दै महानगरपालिका यसको विकल्पमा जानुपर्ने उनको भनाइ थियो।
न्यरोड १० हजार भन्दा बढी रोजगार जोडिएको क्षेत्र रहको भन्दै युवाहरु मेयरको विरुद्धमा उत्रिने चेतावनी दिएका छन्। उनले बुधवारदेखि २२,२३ र २४ नम्बरका सबै व्यवसायीहरुले पूर्ण रुपमा सटर बन्द गरेर नगरपालिकालाई चाबी बुझाउने बताए।
ताम्राकार मोबाइल व्यापार संघका संस्थापक अध्यक्ष जगत साउदले पनि न्यरोड मुलुकभरकै व्यापारको लागि मुटु भएकाले यो क्षेत्रमा पार्किङ बन्द गर्दा ठूलो नोक्शानी हुने बताए।
त्यस्तै न्युरोडमा सामान खरिद गर्न गएका मिलन प्रधानले पार्किङ निषेध गरिएको जानकारी नहुँदा न्युरोड आएर बाइक पार्किङ गर्न नपाएको बताए। उनले पहिला २५ रुपैयाँ तिरेर पाँच मिनेट राख्न पाइने व्यवस्था ठिक रहेको बताए।
न्युरोड जाने सवारी धनीलाई काठमाडौं टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको महानगरले जनाएको छ।
काठमाडौं टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगरले जनाएको छ।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...