खोटाङका अग्निपीडित गणेश बस्नेतको परिवारलाई विभिन्न ठाउँबाट राहत सहयोग संकलन सुरु भएको छ। गत बुधबार आगलागीबाट घरसहित धनमाल नष्ट भएका सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाँडा पेलुङका बस्नेतलाई राहत सहयोग जुट्न थालेको हो।
बस्नेत परिवारलाई दिरुमझुवागढी नगरपालिका र प्रदेश विपद् व्यवस्थापन कोष र दिक्तेलले संयुक्त रुपमा चार लाख राहत दिने निर्णय भएको छ। सो रकम यही साता घरमै पुगेर पीडित परिवारलाई हस्तान्तरण गर्ने नगर प्रमुख तीर्थराज भट्टराईले बताएका छन्। सो रकम बस्नेतको घर पुनर्निर्माणका लागि दिन लागिएको मेयर भट्टराईले बताएका छन्।
अग्निपीडित बस्नेतलाई खोटाङ दैवी प्रकोप उद्धार कोषले १० हजार, निर्मलीडाँडा स्थायी घर भई जापानमा रहेका धीरेन्द्र बस्नेतले पाँच हजार र समाजसेवी ध्र्रुबकला राईले पाँच हजार सहयोग गरेको वडाध्यक्ष दिनेश कठेतले बताए। उनका अनुसार वडा कार्यालय पनि प्रारम्भिक राहतस्वरुप पाँच हजार दिएको छ।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी शाखा खोटाङले भाँडाकुँडा, लत्ताकपडाजस्ता बन्दोबस्तीका सामान नियमानुसार उपलब्ध गराइसकेको छ। रेडक्रसका शाखा सभापति ज्ञानेन्द्र जोशीले घटनास्थलमै पुगेर पीडित परिवारलाई बन्दोबस्तीका सामग्री दिएर फर्केको बताएका छन्।
घरमा कोही नभएका बेला दिउँसो ४ः०० बजे एक्कासि भएको आगलागीबाट बस्नेतको जस्तापाता भएको ढुंगामाटोको दुईतले घर पूर्णरूपमा जल्नुका साथै घरभित्रका सम्पूर्ण धनमाल नष्ट भएको थियो। आगोले घर ध्वस्त बनाएपछि पाँचजनाको परिवार गाईवस्तु बाँध्ने गोठमा वास बस्दै आएको छ। घर आगलागीबाट १० लाख हाराहारी क्षति पुगेको प्रहरी सर्जमिन मुचुल्काले देखाएको छ।