नेपालबाट को–को आउँदै छन् प्राण प्रतिष्ठामा भाग लिन ?(सूचीसहित)
०७ माघ २०८०
•
१ मिनेट पाठ
नेपालबाट को–को आउँदै छन् प्राण प्रतिष्ठामा भाग लिन ?(सूचीसहित)
भारतको अयोध्यामा भोलि राम मन्दिरको प्राण प्रतिष्ठा हुदैछ। भारतको उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा सोमबार गर्न लागिएको हो।




भारत र नेपालले मात्र होइन यो कार्यक्रमलाई विश्वले नै नियालिरहेको छ। को–को आउँदै छन् त ? नेपालबाट यो कार्यक्रममा।

नेपालबाट आउनेहरूको सूचीमा राजनीतिक दल वा नेताहरूको नाम अहिलेसम्म परेको छैन। यस कार्यक्रममा धार्मिक क्षेत्रका व्यक्तित्वहरूलाई विशेष महत्वका साथ निम्त्याइएको छ। नेपालका विभिन्न धार्मिक स्थलहरूका पुजारीहरू, महन्तहरूलाई कार्यक्रममा निम्त्याइएको  छ।

सोमबार (भोली) हुने कार्यक्रममा नेपालको जनकपुरस्थित राम जानकी मन्दिरका महन्त राम तपेश्वर दास, जानकी मन्दिरकै उत्तराधिकारी महन्त राम रोशन दास, विराटनगर पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्य, झापाको सतासी धामका आचार्य नन्दकिशोर भारद्वाज, देवघाटका तीन मुख्य महन्त, वराहक्षेत्रस्थित चतरा धामबाट सिद्धबाबा भनिने कृष्ण गिरी, पशुपति क्षेत्र विकास कोषका मूल भट्टलाई निम्त्याइएको छ। यी बाहेक पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्व आइजिपी अच्युत कृष्ण खरेल र विश्व हिन्दु महासङ्घकी उपाध्यक्ष ज्योत्सना साउदलाई निम्त्याइएको आयोजकले नागरिकन्यूजलाई जानकारी दिएका छन्। 
अर्को समाचार
अयोध्यामा राम मन्दिरको उद्घाटनः ससुराली नेपालबाट के जाँदैछ कोसेली ?
०९ पौष २०८०
•
२ मिनेट पाठ
अयोध्यामा राम मन्दिरको उद्घाटनः ससुराली नेपालबाट के जाँदैछ कोसेली ?
भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उद्घाटन समारोहमा नेपालबाट पनि कोसेली पठाइँदैछ। २२ जनवरीका दिन राम मन्दिरको उद्घाटन हुने भएपछि रामको ससुराली जनकपुरबाट पनि विभिन्न कोसेली पठाउने तयारी भइरहेको छ।




भारतीय सञ्चार माध्यमहरूका अनुसार भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको उद्घाटन हुने कार्यक्रम तय गरिएको छ। जहाँ भगवान रामको मामाघरबाट ३ हजार क्विन्टल चामल र ससुराली नेपालको जनकपुरधामबाट कपडा, फलफूलसहितका कोसेलीले भरिएका ११ सय थाल पठाइने छ।  

त्यसबाहेक भारतकै विभिन्न राज्यबाट पनि विभिन्न कोसेली राम मन्दिरको उद्घाटनका लागि पठाइने बताइएको छ।  

भगवान रामको प्राण प्रतिष्ठाका दिन विशेष भोग लगाइने छ। जसका लागि उनको मामाघर भारतको छत्तिसगढबाट चामल र ससुरालीबा फलफूल र ड्राइ फ्रुट्स आउनेछ।  

जनकपुरधामबाट पठाइने सामग्री ५ जनवरी अयोध्या पुग्ने छ। यस्तै जनकपुरधामबाट आभूषण, चाँदीका भाडाकुडा, ५१ प्रकारका मिठाई, दही, फलफूल लगायतका रहनेछन्।

यस्तै उत्तर प्रदेशको एटा जिल्लाबाट भगवान रामका लागि अष्टधातुबाट बनेको २१ किलोको घन्टी अयोध्या पुग्नेछ। जुन २५ लाखको लागतमा बनेको छ र यसलाई ४ सय कर्मचारीले मिलेर बनाइरहेका छन्। यो घन्टी १५ फिट लामो र ५ फिट चौडा हुनेछ। इसको तौल २१ सय किलोको हुनेछ।

प्राण प्रतिष्ठाका लागि भारतको गुजरातको बडोदरा जिल्लाबाट १०८ फिट लामो अगरबत्ति पनि तयार गरेर पठाइँदैछ। यसलाई पंचगव्य र हवन सामग्रीका साथै गाईको गोबरले बनाइएको छ। जसको तौल ३५ सय किलो छ। यो अगरबत्ती ५ लाखको लागतमा ६ महिना लगाएर तयार पारिएको हो। ११० फिट लामो रथमा अगरबत्ती अयोध्या पठाइने छ। यो अगरबत्ती डेढ महिनासम्म जलिरहने पनि दावी गरिएको छ।

राम मन्दिरको प्राण प्रतिष्ठा पछि भगवान रामको चरण पादुका पनि राखिनेछ। अहिले भारतको विभिन्न राज्यमा उक्त पादुकाको परिक्रमा गराइँदैछ। १९ जनवरीका दिन पादुका अयोध्या पुग्नेछ। भगवान रामको पादुका हैदरावादका श्रीचल्ला श्रीनिवास शास्त्रीले बनाएका हुन्।  
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस