आज माघ ३ गते। घरको कामधन्दा छोडेर दिनभर देउडा खेल्दै वनभोज खाँदै रमाउने दिन। अर्थात् सुदूरका चेलीबेटीले मनाउने उत्तरायण पर्व।
सूर्य दक्षिण दिशाबाट उत्तर दिशामा जाने भएकाले हरेक वर्ष माघ ३ गतेका दिन सुदूरका महिलाहरु ‘स्वतन्त्रताको पर्व’ का रुपमा उत्तरायणी मनाउने गर्छन्। आज सुदूरपश्चिमका चेलीहरु उत्तरायणी भन्दै वन देउडा खेल्दै ‘कुनकेउलो’ (वनभोज) खान व्यस्त छन्।
माघे संक्रान्ति मनाउन माइती आएका दिदीबहिनी र अविवाहिता चेलीबेटीहरु मिलेर उत्तरायणका दिन केही काम नगरी वनभोज जाने र देउडा खेल्ने गर्छन्।
डोटीको बडिकेदारका चेलीबेटीहरू उत्तरायणीका अवसरमा कुनकेउलो (वनभोज) खाँदै। तस्बिर: नागरिक उत्तरायणका दिन कुनै पनि काम गर्न नहुने भन्दै यहाँका महिलाहरु घरधन्दाको काम अघिल्लो दिनमै सक्ने गर्छन्। ‘उत्तरायणीका दिन गोठको गोबर समेत सोहरिँदैन, अर्थात् केही काम नगरेर नाचगान गर्दै रमाइलो गरिन्छ,’ डोटीको बडिकेदार घर भई हाल सुखडमा बसोबास गर्दै आएकी दुर्गा विष्टले भनिन्,‘उत्तरायणीका दिन रमाइलो गर्नका लागि घरधन्दाको सबै काम अघिल्लो दिन नै सक्दछन्।’
उत्तरायणका दिन दिनभर देउडा खेल्दै वनभोजमा रमाउने गरेको उनले बताइन्। ‘यो दिनलाई सुदूरका महिलाले ‘महिला स्वतन्त्रताको दिवस’ का रुपमा मनाउने गरेको उनले बताइन्।
उत्तरायणका दिन महिलाले घरायसी काम काज नगर्ने र दिनभर नजिकैको खोला, वनमा गएर वनभोज खाई रमाइलो गर्ने गरिएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा सुदूरपश्चिम संस्कृतिमा विद्यावारिधि गरेका डा. टीएन जोशी बताउँछन्।
सुदूर संस्कृतिमा उत्तरायणका दिन महिलाले कुनै काम नगर्ने भएकाले पनि त्यस दिनलाई महिला स्वतन्त्रता दिवसका रुपमा समेत हेरिएको बताउँदै उनले भने, ‘महिला स्वतन्त्रताको प्रयास सुदूर संस्कृतिमा युगौदेखि थालिएको यसबाट पनि प्रष्ट हुन्छ।’
यो दिन महिलाले आफूखुसी रमाइलो गर्दै देउडा खेल्ने गरिएको उनले बताए। आजका दिन सूर्य दक्षिण दिशाबाट उत्तर दिशामा जाने भएकाले उत्तरायण भन्दै डोटेली संस्कृतिमा स्थानीय पर्वका रुपमा मनाउने गरिएको सुदूरपश्चिमका चर्चित देउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ बताउँछन्।
उत्तरायणी पर्वलाई लोक परम्पराको पर्वका रुपमा लिइएको बताउँदै उनले भने, ‘यो उत्तरायणी परम्परागत रुपमा चलिआएको पर्व हो। यसमा चेलीबेटीहरु स्वतन्त्र भई वन जंगलमा गएर वनभोज खाने र दिनभर डेउडा खेल्ने गर्छन्।’
यस दिन महिलाहरु रनपुतला खेल्ने गर्छन्। महिलाका मार्मिक पीरव्यथा झल्काउने र माइतीको प्रगतिका लागि कामना गर्ने नाच हो, रनपुतला। छिट्को फरिया, रातो चौबन्दी चोलो र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिक रूपमा पङ्क्तिबद्ध भएर विवाहित महिलाले वीरहरूका गाथा गाउँदै आजका दिनमा पनि रनपुतला खेल खेल्ने गर्दछन्।
पुतलीझैँ सिँगारिएका महिलाले दिउँसो बेहुला बेहुलीको एउटा नक्कली जोडी बनाएर नजिकैको पँधेरोमा लैजाने चलन छ। स्थानीय लोकलयमा गीत गाउँदै नाच्दै पँधेराबाट बेहुला बेहुलीलाई उत्तरायणी मनाउने ठाउँमा ल्याई वन डेउडा तथा भारी डेउडा खेल खेल्दै रमाउने गर्दछन्। यस दिन चेलीबेटीहरु दालभात र डुब्का (मासको दालबाट बनेको तिहुन) खाने गर्छन्।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...