कलैया उपमहानगरपालिका-६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक एवं प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्याका अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाउने जिल्ला अदालत बाराले आदेश दिएको छ।
मंगलबार न्यायाधीश शम्भु प्रसाद बरालको एकल इजलासले ६ जना अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको अदालतका श्रेस्तेदार लालबाबु कार्कीले जानकारी दिए।
अभियुक्त राधा गुप्ता, कौशल किशोर यादव, बिगु साह, अरुण यादव, प्रविण साह र सन्तोष प्रसादलाई थुनामा राखेर कारबाही गर्ने आदेश भएको कार्कीले बताए।
अदालतमा पेश गरिएका अर्को अभियुक्त चन्द्रिका यादवलाई भने पाँच लाख धरौटीमा छोड्ने आदेश दिएको उनले जनाए।
रुपेशको हत्यामा संलग्न रहेको आरोपमा पुस १६ गते ११ जना माथि जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय बाराले पेश गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ता गराएको थियो। सो आयोग पत्रमा लागु औषध र संगठित अपराध गरि दुई प्रकारको मुद्दामा सुनुवाइ गरिएको श्रेस्तेदार कार्कीले बताए।
उनका अनुसार संगठित अपराध मुद्दा भित्रमा कर्तव्य ज्यान, हात हतियार तथा खर खजाना र सुन तस्करीको सुनुवाइ गरिएको थियो।
दुई अभियुक्तलाई सरकारी वकिल कार्यालयले हाजिर जवानीमा छोडेको छ भने दुई जना अभियुक्तहरू फरार रहेका छन्।
गत कात्तिक १३ गते रुपेशको भारतीय सुटरहरुले गोली हानि हत्या गरेका थिए। हत्याको तीन घण्टा नबित्दै घटनाको मुख्य कारक रहेकी रुपेशकी प्रेमीका राधा गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
अदालतमा दायर गरिएको अभियोग पत्रमा राधा भारतीय अपराधी मनोज गुप्ता र रुपेश दुवै जनासँग अनैतिक सम्बन्धमा रहेको उल्लेख छ।
‘राधालाई श्रीमती बनाएर भारतीय अपराधी मनोज गुप्ताको भारतीय आधारकार्ड समेत बनाएको र त्यस आधारकाडलाई पनि प्रहरीले अनुसन्धान प्रतिवेदनमा पेश गरेको छ’, सरकारी वकिल कार्यालयको प्रमुख जिल्ला न्यायाधिवक्ता कैलाश खत्रीले भने, ‘अर्का तर्फ राधासँग रुपेशसँगको अनैतिक सम्बन्धको धेरै प्रमाणहरू भेटिएको छ। फोटो सहित एक अर्कालाई पठाइएको सन्देशहरूलाई पनि प्रहरीको अनुसन्धान देखिएको छ।’