इलामका सडक गुणस्तरीय बनाउन प्रशासनले देखायाे तदारुकता
२३ पौष २०८०
•
३ मिनेट पाठ
इलामका सडक गुणस्तरीय बनाउन प्रशासनले देखायाे तदारुकता
इलामका सडक आयोजनाको तीव्रता दिन र गुणस्तरीय बनाउन प्रशासनले तदारुकता देखाएको छ। जिल्ला प्रशासन कार्यालय लामो समयदेखि सम्झौताअनुसार काम नभएका, समयमा काम सम्पन्न नभएका, भुक्तानी समस्या भएका र विभिन्न प्रक्रियागत हिसाबले काम अड्किएका सडकबारे निगरानी, अनुगमन र समन्वयमा सक्रिय भएको हो।




जिल्लामा लामो समयदेखि ठेक्कका लागेर पनि कतिपय सडकको काम सम्पन्न हुन सकेको छैन। कतिपय सडकमा ठूलो लगानी भइसके पनि गुणस्तरीय काम हुन सकेको छैन।

पक्की बनाउनुपर्ने सडकको नियमानुसार काम नहुँदा हजारौं नागरिकले सास्ती खेप्नुपरेपछि जिल्ला प्रशासनले निर्माण व्यवसायी, नियामक निकाय, सम्बन्धित स्थानीय तह र अन्य सरोकारवासमेतको भेला गराइ निर्माणको कामबारे धमाधम समीक्षा गराइरहेको छ।

पछिल्लो पटक आइतबार पनि जिल्लाका निर्माणाधीन चार महत्वपूर्ण सडकको अवस्था र आगामी योजनाबारे समीक्षा गरिएको छ।
करिब दुई अर्ब २० करोड रूपैयाँ लगानीको भेडेटार–रवि–राँके सडक, मेची क्षेत्रको सबैभन्दा छोटो केचना–कञ्चनजंघा सडक, दमक–चिसापानी सडक र देउराली–फलाँटे–गजुरमुखी–इभाङ सडकको निर्माण अवस्था र प्रगतिबारे समीक्षा गरिएको छ।

धनकुटाको भेडेटारदेखि इलाम हुँदै पाँचथरको सीमा राँके जोड्ने एक सय दशमलव ३ किलोमिटर भेडेटार–रवि–राँके सडकको ४४ प्रतिशत काम भइसकेको छ।

लामो समयदेखि काम रोकिएर चर्चामा रहेको यो सडकको थप काम प्रभावकारी रूपमा सम्पन्न गर्न निर्माण व्यवसायी, आयोजना कार्यालय र सरोकारवालाले प्रतिबद्धता गरेका छन्।

५३ प्रतिशशत काम सकिएको दमक–चिसापानी सडकको पहिलो खण्डको काम सक्ने म्याद आउँदो वैशाख मसान्त र दोस्रो खण्डको कामको म्याद २०८१ पुससम्म छ।
यो सडकको काम समयमा निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीले प्रतिबद्धता गरेका छन्। सडक कार्यालयले कानुनी प्रक्रिया पूरा गरी म्याद थपलगायत विषयमा तालुकदार निकायमा पहल गर्ने भएको छ।

देउराली–फलाँटे–गजुरमुखी–इभाङ सडकको पहिलो खण्डको १३ किलोमिटरमा निर्माणको काम भइरहेको छ। यो खण्डको करिब चार किलोमिटरमा पहिरोको समस्या रहेकाले सम्बन्धित कार्यालयले अनुगमन गर्ने भएको छ।

आउँदो असार मसान्तमा निर्माणको म्याद सकिने यो सडकको काम ५५ प्रतिशत सम्पन्न भएको छ। तोकिएकै मितिमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइने बैठकले निर्णय गरेको छ।

झापादेखि ताप्लेजुङ जोड्ने केचना–कन्चनजंघा सडक छ खण्डमा निर्माणको काम भइरहेको छ। यसमध्ये एउटा खण्डमा रुख धेरै भएकाले रुख हटाउने प्रक्रियालाई तीव्रता दिने पनि निर्णय भएको छ।
निर्माणस्थलमा प्रतिनिधिसभा सदस्य महेश बस्नेतसहितको टोलीले अनुगमन र निरीक्षण गरी थप कार्य अघि बढाउने निर्णय भएको सिडिओ इन्द्रदेव यादवले जानकारी दिए।

यो सडकको गोलाखर्क–बेलासे खण्डको काम निर्माण व्यवसायीका कारण यसअघि निकै सुस्त भएपनि अहिले कामको गति बढेको समीक्षा गरिएको थियो। ‘यो खण्डको काम ज्यादै ढिलो भएको छ, गतवर्ष केचना–कन्चनजंघा सडकका लागि विनियोजित करोडौं रूपैयाँ फ्रिज भयो,’ प्रतिनिधिसभा सदस्य बस्नेतले भने, ‘इलाम सदरमुकामसहित उत्तरी क्षेत्रको निकै महत्त्वपूर्ण यो सडकलाई बजेट भएर पनि किन काम हुन सकेन भन्ने समीक्षा गर्नुपर्छ।’

प्रशासनले यसअघि पनि विभिन्न सडकको अनुगमन गरेको थियो। सिडिओ यादवसहितको टोलीले केचना–कन्चनजंघा सडकको अनुगमन गरेको थियो भने पूर्वमन्त्री बसन्त नेम्बाङसहितको टोलीले दमक–चिसापानी सडक अनुगमन गरेको थियो।
‘विभिन्न कारणले निर्माणमा भइरहेको बाधा हटाएर तोकिएको अवधिमा निर्माण सम्पन्न गराउन प्रशासनले ताकिता गरिरहेको छ,’ सिडिओ यादवले भने, ‘अनुगमनलाई अझ तीव्रता दिइने छ, आयोजनाले गति लिन नसक्नुको कारण पत्ता लगाएर काम सहज बनाउने प्रयास गरिरहेका छौं।’
अर्को समाचार
बाजुरामा इलाका प्रशासन कार्यालय स्थापनाको माग
०५ चैत्र २०८०
•
२ मिनेट पाठ
बाजुरामा इलाका प्रशासन कार्यालय स्थापनाको माग
जिल्लाको पूर्वी र उत्तरी भेगका चार पालिकाका नागरिक इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै आइतबारदेखि आन्दोलित भएका छन्।  




कुण्डा भेगका नागरिकले राज्यको सेवा लिन वर्षौंदेखि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्न तथा उक्त क्षेत्रका नागरिकलाई नागरिकतालगायत अन्य सेवा प्रवाह इलाका प्रशासन कार्यालय स्थापनाबाट सहज हुने भएकाले त्यसो हुनुपर्ने माग गर्दै उनीहरू आन्दोलित भएका हुन्।  

आइतबार जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई शान्तिपूर्ण दबाब र्‍याली गर्दै ज्ञापनपत्र बुझाएको कुण्डाली सेवा समाज बाजुराका संयोजक नृपबहादुर थापा (भोटे)ले जानकारी दिए। उनले कुण्डा क्षेत्रका नागरिकले राज्यबाट प्रदान हुने नागरिकता, विभिन्न सिफारिस लिन आफूहरूले हजारौँ रुपैयाँ खर्च गरेर आउनुपर्ने बाध्यत्मक अवस्था रहेकाले त्यसको अन्त्यका लागि इलाका प्रशासन कार्यालय स्थापनको मागसहित आन्दोलन गर्नुपरेको बताए।  

उनले सुदूरपश्चिम प्रदेशको गौरवको सडक मार्तडी–कोल्टी सडकमा नियमित बस सेवा सञ्चालन गर्न माग गरेको बताएको छ। भौगोलिक विकटताका कारण माथिल्लो क्षेत्रका चार पालिकाका नागरिकले राज्यको सेवा दुर्गम बस्तीका नागरिकले चार दिन लगाएर सदरमुकाम आउनुपर्ने परिस्थिति भएकाले इलाका प्रशासनको लागि दबाबमूलक र्‍याली आन्दोलन गर्न बाध्य भएको कुण्डाली क्षेत्रका नागरिक हीराबहादुर रोकायाले बताए।  

प्रमुख जिल्ला अधिकारीलाई कुण्डाका नागरिकले पहिलो चरणमा प्रशासनलाई शान्तिपूर्ण दबाबमूलक  र ज्ञापनपत्र बुझाएको उनले बताए। सरकारले कुण्डाली क्षेत्रका नागरिकको माग सुनुवाइ नगरपछि चरणबद्ध आन्दोलनका कार्यक्रम अघि सार्दै माग पुरा नभएसम्म दबाबमूलक कार्य जारी राख्ने उनीहरुको भनाइ छ।  

ज्ञापनपत्रमा तत्कालका लागि मार्तडी कोल्टी सडक खण्डको स्तरोन्नति नहुँदा बोलेरो जीप चल्ने गरेकाले नियमित बस सेवा सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरी सडक मर्मत गर्न सहजीकरण गरी बस दीर्घकालीन समस्या समाधानका लागि पूर्वाधार कार्यालयले निर्माण व्यवसायीलाई दबाब दिनुपर्ने, पूर्वी उत्तरी क्षेत्रको उपयुक्त स्थानमा इलाका प्रशासन कार्यालय हुने गरी जिल्ला प्रशासन कार्यालय बाजुराबाट सिफारिस भएको प्रगतिको राजनीतिक दल र प्रशासनलाई दबाब दिने र कुण्डाली सेवा समाजले जिल्लाबाट विभिन्न दलबाट नेतृत्व गर्ने दलका नेता तथा सांसद पूर्व सांसद र कर्मचारीलाई मार्तडी–कोल्टी नियमित बस सेवा र इलाका प्रशासन कहिले स्थापना हुन्छ म्यासेज गर्ने लेखिएको छ।  

कुण्डा क्षेत्रका जिल्ला सदरमुकाम मार्तडीमा बसोबास गर्दै आएका नागरिकको  गत शनिबारको भेलाले दबाबमूलक ¥याली तथा धर्ना कार्यक्रम अघि बढाउने संयोजक थापाको भनाइ छ। उत्तरी क्षेत्रका नागरिकले वर्षायाममा प्रशासनबाट सरकारी सेवा लिनका लागि सहज नभएकाले उनीहरुले राखेका माग सकारात्मक भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए।  

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सम्बन्धित मन्त्रालय र ज्ञापनपत्रमा उल्लेख गरिएका दल तथा व्यक्तिलाई पठाउने प्रतिक्रिया दिए। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस