नदीजन्य पदार्थको बिल देखाएर ट्रक भित्र प्याज तस्करी
१७ पौष २०८०
•
३ मिनेट पाठ
नदीजन्य पदार्थको बिल देखाएर ट्रक भित्र प्याज तस्करी
भिसिटिएस अनलाइन बिलमा गिटी देखाएर प्याज ढुवानी गरिएको अवस्थामा भेटिए पछि नियन्त्रणमा लिएको ट्रक।
जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार भन्सार छली गरि भित्र्याइएको १७ हजार सात सय ३० किलो लोड गरेको एक ट्रक नियन्त्रणमा लिएको छ।




ना ६ ख २६२५ नम्बरको ट्रकलाई जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट चेकजाँचको क्रममा तस्करीको प्याज सहित नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

ट्रक भित्र नदीजन्य पदार्थ गिटी लोड गरेको भिसिटिएस अनलाइन बिलमा देखाइएको र ट्रकलाई चेकजाँच त्यस भित्र १७ हजार सात सय ३० किलो प्याज भेटिए पछि ट्रक सहित प्याज नियन्त्रणमा लिएको काफ्लेले बताए।

नियन्त्रणमा लिएको प्याजको बजार मूल्य नौ लाख ३० हजार आठ सय २५ रुपैयाँ मूल्य बराबर रहेको र त्यसलाई अनुसन्धानको लागी राजस्व कार्यालय पथलैयामा पठाइएको उनले बताए।

गत पुस ७ गते पनि बारा प्रहरीले वीरगन्ज–पथलैया व्यापारिक मार्गको जितपुर बजारबाट ६० बोरा अवैध प्याज सहित एक पिकअप भ्यानलाई नियन्त्रणमा लिएको थियो।

वीरगन्जबाट चितवन जाँदै गरेको प्र २०३–००१ च ६२०३ नम्बरको पिकअप भ्यानलाई चेकजाँच गर्दा बिल बिजक भन्दा बढी प्याज भेटिए पछि त्यसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

६० बोरामा राखिएको तीन हजार किलो प्याज सहित पिकअप भ्यानलाई नियन्त्रणमा लिएर थप कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी उपरीक्षक काफ्लेले जनाए।

एक हप्ताको अन्तरालमा बारा प्रहरीले तस्करीको प्याज लोड गरेको ट्रक र पिकअप भ्यानलाई नियन्त्रणमा लिएको याे केवल उदाहरण मात्रै हो। नेपालसँग सिमाना जोडिएका भारतीय बजारमा थोकमा प्रति किलो प्याज ५५ देखि ६० रुपैयाँ किन्न सकिन्छ भने त्यसैलाई सीमावर्ती नेपाली बजारमा प्रति किलो ७५ देखि ८० रुपैयाँमा प्याज बिक्री हुने गरेको छ।

सीमा नाका कटाउने बित्तिकै प्रति क्विन्टल प्याजमा दुई हजारसम्म नाफा हुने गरेको व्यपारीहरु बताउँछन्। सीमा नाका कटाएर त्यही प्याजलाई काठमाडौँसम्म ढुवानी गर्दा लगानीको दोब्बर नाफा हुने भएकाले कारोबारीहरु प्याज तस्करी तर्फ लागेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

भारत सरकारले केही महिना पहिला प्याजको निर्यातमा प्रतिबन्ध लगाएको कारण पनि अहिले वैद्य बाटो भन्दा अवैध बाटोबाट प्याजको तस्करी बढेको पाइएकाे छ। भारतमै प्याजको मूल्य अकासिए पछि प्याजको मूल्य नियन्त्रणमा राख्न भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो।

गत अगस्टमा भारतले ४० प्रतिशत निर्यात शुल्क लगाएको थियो। अक्टोबरको अन्त्यमा, प्याज निर्यातको लागि न्यूनतम निर्यात मूल्य प्रति टन ८०० डलर तोकिएको थियो। यी दुवै निर्णय ३१ डिसेम्बर २०२३ सम्म लागू हुने भएपनि अहिले भारतबाट प्याज तस्करी बढेको देखिएको छ।

पर्सा र बाराका सीमा नाकाहरूबाट भारतीय बजारबाट तस्करी गरी ल्याइएको प्याज नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिनहुँ जसो नियन्त्रणमा लिने गरेका छन्। बारा प्रहरीले चालु आर्थिक वर्षको भदौ २४ देखि पुष ७ सम्ममा एक करोड ८७ लाख रुपैयाँको प्याज बरामद गरेको छ। प्रहरीले १७ हजार ५ सय किलो प्याज बाहेक चारवटा प्याजसहितको पिकअप नियन्त्रणमा लिएको प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउँछन्।

त्यसै गरि पर्सा प्रहरीले चालु आर्थिक वर्षको पुष पहिलो सातासम्म १३ लाख ६२ हजार रुपैयाँ बराबरको प्याज नियन्त्रणमा लिएको जनाएको छ। यसको साथै पर्सा प्रहरीले अवैध प्याज लोड गरेका अवस्थामा ना ४ च ८७१३ र ना ३ च ३१५० नम्बरको दुई वटा पिकअप भ्यानलायृ समेत नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक कोमलविक्रम शाहले बताए।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर बाराले कात्तिक र मंसिर महिनामा दुई हजार ७६ केजी प्याज बरामद गरेको गणपति सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डाँगीले बताए। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाए पछि अवैध बाटोबाट भित्र्याइएका प्याजलाई नेपालका सुरक्षाकर्मीले नियन्त्रणमा लिन थाले पछि व्यवसायीहरू असन्तुष्ट बनेका छन्।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस