इच्छाकामनाको सुन्तला बोटबाटै बिक्री
१५ पौष २०८०
•
४ मिनेट पाठ
इच्छाकामनाको सुन्तला बोटबाटै बिक्री
पृथ्वी राजमार्गको मुग्लिनदेखि फिस्लिङसम्म यतिबेला प्रशस्तै सुन्तला बिक्रीका लागि राखिन्छ। यो राजमार्ग भएर यात्रा गर्नेहरुले यहाँको सुन्तला किन्ने र मिठो मानेर खाने गर्दछन्। बिक्रीका लागि राखिएका सुन्तला चितवनको इच्छाकामना गाउँपालिकामा उत्पादन हुन्छ। यसबाहेक यहाँ गोरखा र तनहुँका विभिन्न क्षेत्रबाट सुन्तला ल्याएर बिक्री गरिन्छ।  




इच्छाकामनामा उत्पादन भएका सुन्तला रसिलो हुने भएका कारण ग्राहकको रोजाइमापर्ने हुँदा किसानलाई सुन्तला बिक्रीको चिन्तै छैन। उनीहरुको बोटबाटै सुन्तला बिक्री  हुँदै आएको छ। वडा नं ३ को माथिल्लो डुँडेका किसान कुसुम गुरुङ आफ्नो बगैँचामा सानो दाना भए पनि सुन्तला निकै रसिलो र गुलियो रहेको बताउँछिन्। उनी भन्छिन्, 'सुन्तलामा कुनैपनि औषधि प्रयोग नगरिएको र प्राङ्गारिक मल मात्रै प्रयोग गर्ने गरेका छौँ।' गतवर्ष झण्डै रु तीन लाख बराबरको सुन्तला बिक्री गर्नुभएका गुरुङको बगैँचामा सुन्तलाको उत्पादन राम्रो छ। बोटबाटै किन्नका लागि व्यापारी आइरहेकाले राम्रो मूल्य पाएपछि बिक्री गर्ने तयारीमा रहेको उनको भनाइ थियो।

तल्लो डुँडेका किसान वीरबहादुर गुरुङ रातो माटो भएको ठाउँका सुन्तलाको स्वाद मिठो हुने गरेको बताउँछन्। उनी रसिलो सुन्तला भएकै कारण किन्न आउने व्यापारीको लर्को लाग्ने गरेको बताउँछन्। 'यहाँ उत्पादन भएको सुन्तला बिक्रीका लागि कुनै चिन्ता छैन, उनी भन्छन्, “बोटबाटै सुन्तला ठेक्कामा दिन्छौँ।' गत वर्ष रु पाँच लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्नुभएका गुरुङको बारीमा चार सय पचास सुन्तलाका बोट छन्।

बजारमा पाइने रसिलो र मिठो सुन्तला इच्छाकामनाको भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ बताउँछन्। 'सुन्तला खाने मान्छेलाई थाहा छैन, राजमार्गमा विभिन्न ठाउँको भनेर बिक्री गर्ने गरिएको छ, उनी भन्छन्, 'गाउँपालिकाले यहाँको सुन्तलाको प्रवद्र्धन र बजारीकरण गर्न थालेको छ। यहाँ बजारको समस्या नभएका कारण पनि सुन्तला खेतीतर्फ किसानको आकर्षण बढेको हो। पहिला झाडीमा परिणत भएका जमिनमा किसानले सुन्तलाखेती गरेका छन्। अहिले भिरपाखामा सुन्तला लगाउन थालिएको छ।'

गाउँपालिकाकी उपप्रमुख माया सिलवाल इच्छाकामनामा उत्पादन भएको सुन्तला सानो खालको चिल्लो दाना भएको बताउँछिन्। यहाँ उत्पादन भएको सुन्तलाको रङ्ग पनि राम्रो भएको र अधिकांश सुन्तला यहाँकै बिक्री हुन्छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल यहाँको सुन्तलालाई देशव्यापी रुपमा चिनाउने गरी प्रवद्र्धन गर्न थालिएकाले गाउँपालिकाले नर्सरी स्थापना गर्ने तयारी गरेको उल्लेख गर्छन। 'सुन्तला बिक्री भएन भने गाउँपालिकाले सहजीकरण गरे बिक्री गरिदिन्छ, अधिकृत भुसाल भन्छन्, फिस्लिङ तरकारी केन्द्रमा कोल्डस्टोर समेत सञ्चालनमा आइसकेको छ।'

गाउँपालिकाको झण्डै ८० हजार हेक्टर जमिनमा सुन्तलाखेती गरिएको छ। त्यसमध्ये ६० हेक्टर जमिनमा सुन्ताला उत्पादन भएको छ। अहिले किसानको बारीबाट रु ७५ देखि ९० सम्ममा सुन्तला बिक्री हुने गरेको छ। गाउँपालिकाका कृषि शाखा प्रमुख आशिष त्रिपाठी मङ्सिरको पहिलो सातादेखि यस क्षेत्रको सुन्तला बजारमा पठाउन थालिएको बताउँछन्।

गाउँपालिका–३ को तोकदाङ, ढाप, माझगाउँ, सिरनागाउँ, तल्लाडुँडे, र माथिल्लो डुँडे, वडा नं ५ को तामिन, साठिमुरे, ठङरङ, पामडाँडा र वडा नं २ को तल्लो काउलेमा सुन्तला राम्रो उत्पादन हुने गरेको छ। यहाँ उत्पादन भएको सुन्तला मुग्लिन, केबुलकार, कुरिनटार, र फिस्लिङमा बिक्रीका लागि राख्ने गरिएको छ। फिस्लिङको तरकारी तथा फलफूल बिक्री केन्द्रबाट होलसेलमा नारायणगढ, काठमाडौं, पोखरालगायत सहरमा सुन्तला पठाउने गरिएको छ।  

सुन्तलाको प्रवद्र्धन गर्न महोत्सव  

गाउँपालिकाले सुन्तला प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्दैछ। यही पुस १६ गतेदेखि १८ गतेसम्म महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष गुरुङ बताउँछन्। महोत्सवमा तीन दिनसम्म सुन्तलासँग सम्बन्धित गतिविधि हुने उनको भनाइ छ। फिस्लिङको शक्तिखोर सडकमा पर्ने माझगाउँमा महोत्सव आयोजना गरिँदैछ। सुन्तला खान आउँदा यहाँका पर्यटकीयस्थलको समेत अवलोकन गर्न पाइनेछ। अध्यक्ष गुरुङ भन्छन्, 'यहाँबाट सबैभन्दा लामो हिमशृङ्खला देख्न सकिन्छ। महोत्सवमा यहाँका रैथाने बालीका परिकार खुवाइन्छ।'

महोत्सव अवधिभर कृषि विज्ञलाई किसानका खेतबारीमा लैजानाका साथै माटो परीक्षण र रोगव्यादी निराकरणको उपाय खोजिने र महोत्सवमा पाहुनालाई आकर्षण गर्न बोटमै टिपेर सुन्तला खुवाउन पाइने, सुन्तला कसले धेरै खाने प्रतियोगिताका साथै बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको स्टल राखिनेजस्ता क्रियाकलाप गरिने उनी बताउँछन्।रासस
अर्को समाचार
पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध
१० असार २०८०
•
१ मिनेट पाठ
पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध
निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ। उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा बन्द भएको हो।




यातायात सेवा पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बिच बाटामै अलपत्र परेका छन्।

राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन जेसिबी पठाइएको भए पनि वर्षा निरन्तर भइरहेकाले समस्या भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

उनले भने, ‘पहिरो पन्छाउन जेसिबी पुगिसकेको छ, पानी  पर्ने क्रम नरोकिएकाले माथिबाट पहिरो खसिरहेको छ। पहिरो पन्छाउन सकिएको छैन।’

पानी नरोकिंदासम्म पहिरो पन्छाउन नसकिने र राजमार्ग सञ्चालन गर्न अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।  
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ९ सेकेन्ड अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस