‘१० मिनेटमा नेपाल फनक्कै’
१५ पौष २०८०
•
४ मिनेट पाठ
‘१० मिनेटमा नेपाल फनक्कै’
रररर  




संगम घर्तीमगर

बागलुङ, पुस १४

बागलुङ नगरपालिका–५ मालिकाका लक्ष्मीप्रसाद सापकोटालाई कालिका मन्दिर हेरेर सगरमाथासम्म पुग्न १० मिनेट लाग्यो। यो १० मिनेटको समयमा उनले नेपाल फनक्कै घुमे। सातौं बागलुङ महोत्सवको अवसरमा आयोजना गरिएको तस्बिर प्रदर्शनीले उनलाई १० मिनेटमै नेपाल घुम्ने मौका दिएको हो। यो १० मिनेटको अवधिमा बागलुङको ढोरपाटनदेखि मुगुको रारासम्म हेर्न भ्याए। फेवातालको तस्बिर नियाल्दै गर्दा भेटिएका उनले भने, ‘यो ठाउँको छेउछाउमा त पुगेको छु, म पुग्दा त यस्तो देखिएको थिएन।’ माछापुच्छ«े हिमाल फेवातालमा पौडिरहेको तस्बिरको दृश्यले उनलाई खुब लोभ्याइरह्यो।  

सापकोटाले भने, ‘यो ठाउँमा अर्कोपटक फेरि जानुपर्ला। कति ठाउँहरू त म पहिले नै पुगिसकेको छु। कतिपय ठाउँमा भने यो तस्बिर हेरेपछि जान मन लागेको छ।’ बागलुङकै गलकोट दरबार, घाईघाट झरना, ढोरपाटन, तमानगाउँ, बुढाथोक गाउँ, निशेलढोर लगायतका ठाउँको तस्बिर हेरेपछि एक पटक पुग्न पाए हुन्थ्यो भन्ने लागेको उनले सुनाए। ‘बागलुङको कालिका मन्दिर, पञ्चकोट, शालग्राम संग्रहालयहरू हामी पटक पटक पुग्ने गरेका ठाउँ हो, यो तस्बिर हेरेपछि अझ धेरै ठाउँ पुग्न बाँकी रहेछ भन्ने लागेको छ,’ उनले भने।  

उनीसँगै भेटिएका डिलप्रसाद सापकोटाले ढोरपाटनको चरण क्षेत्रमा रमाइरहेका नाउर देखेर घोत्लिरहे। ‘नाउरको सिकार गर्न विदेशीहरू आउँछन् भन्ने सुनेको थिएँ, यस्तो हुने रहेछ, यसरी बस्दा रहेछन्,’ उनी भन्छन्। गण्डकी प्रदेश स्तरीय पर्यटन कृषि तथा औद्योगिक व्यापार मेला एवं बागलुङ महोत्सव २०८० को सन्दर्भमा धौलागिरि बहुमुखी क्याम्पसमा आयोजना गरिएको तस्बिर प्रदर्शनीले त्यहाँ पुग्नेहरूलाई लोभ्याउने गरेको छ। राजनीतिकर्मी कृष्ण केसीले प्रदर्शनीमा राखिएको तस्विरहरू आकर्षक र मोहक लागेको बताए।

‘हामी आफैं पुग्दा आँखाले देख्न नपाएका कुराहरू यहाँ तस्बिरमा हेर्न पाइयो,’ केसी भन्छन्, ‘हुन त हामी एकैछिन पुगेर हेरेर फर्कने भएर होला,’ केसीले भने, ‘फोटोग्राफरले त एउटै तस्बिरका लागि कैयौं समय गुजारेर खिचेका हुन्छन्। त्यसले गर्दा पनि निकै आकर्षक र आनन्ददायक पाएँ।’ सहकारी अभियानका लागि देश विदेशको दौडाहा गरिरहने रामबहादुर जिसीले देशका धेरै ठाउँहरूमा एकैपटक पुग्ने अवसर तस्बिर प्रदर्शनीले दिएको बताए। ‘सहकारी अभियान र अरू कामले पनि देशका धेरै ठाउँमा पुग्ने गरेको छु,’ उनले भने, ‘यहाँ तस्बिर हेर्दा कतिपय ठाउँको नजिकै पुगेर तस्बिरमा देखिएको ठाउँमा नपुगेको रहेछु भन्ने लागेको छ।’

बागलुङ महोत्सव २०८० को सन्दर्भमा आयोजना गरिएको तस्बिर प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। महोत्सव सुरु भएपछि दैनिक हजार बढिले फोटो प्रदर्शनीको अवलोकन गर्दै आएको तस्बिर प्रदर्शनीका संयोजक रूपेश सापकोटाले बताए। ‘फोटो हेर्नका लागि प्रवेश शुल्क लिएका छैनौं, दैनिक हजार जनाको हाराहारीमा अवलोकनका लागि आउनुहुन्छ,’ उनले भने, ‘निःशुल्क हेर्न पाउने र मन परेको तस्बिर किनेर लैजाने व्यवस्था पनि मिलाएका छौं।’ बागलुङ र विशेषगरी धौलागिरि क्षेत्रको पर्यटकीय ठाउँ र मौलिक सांस्कृतिक परम्परा तथा जनजीवन समेटिएका तस्बिरहरू प्रदर्शन गरिएको सापकोटाले जानकारी दिए।

एक लाख ५० हजार रूपैयाँ लगानी गरेर तस्बिर प्रदर्शनीको आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य संघका सदस्य एवं पर्यटन प्रवद्र्धन तथा कृषि प्रदर्शनी उपसमिति संयोजक अर्जुन चोखालले बताए। ‘विशेषरी तस्विरमा दख्खल राख्ने व्यवसायिक फोटोग्राफर र पत्रकार साथीभाइसँग सहकार्य गरेर हामीले यो व्यवस्थापन मिलाएका छौं,’ चोखालले भने, ‘फोटोको प्रिन्ट र यहाँको व्यवस्थापनका लागि बागलुङ उद्योग वाणिज्य संघले डेढ लाख रूपैयाँ लगानी गरेको छ।’ तस्बिरमार्फत पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको उनले बताए।

तस्बिरमार्फत पर्यटकमा कौतुहलता पैदा गर्ने प्रयास गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल बताउँछन्। ‘अहिले घुमफिर गर्ने चलन धेरै नै बढेको छ, त्यसैले पनि हामीले विशेषरीगरी बागलुङ र धौलागिरि क्षेत्रको पर्यटकीय ठाउँहरूलाई फोकस गरेर यो प्रदर्शनी गरेका छौं,’ उनले भने, ‘धेरैभन्दा धेरैलाई फोटो देखाएर यहाँका पर्यटकीय ठाउँहरूको बारेमा मनमा खुल्दुली र जिज्ञासा जगाउन सकियो भने त्यसबाट भोलीको दिनमा बागलुङले लाभ लिनसक्छ भनेर हामीले निःशुल्क प्रवेश दिएका हौं।’

पर्यटनबाट बागलुङले ठूलो लाभ लिनसक्ने भएकोले सबै सरोकारवालाको ध्यान त्यसतर्फ जानुपर्ने उनको भनाइ छ। फोटो प्रदर्शनीमा एक दर्जन पत्रकार र फोटो पत्रकारहरूले खिचेका एक सय बढी तस्बिर राखिएका छन्। तस्बिरमा धार्मिक एवं पर्यटकीय ठाउँसंगै बागलुङको कला संस्कृति र परम्परा तथा जनजीवन समेटिएको छ।  
अर्को समाचार
‘१० मिनेटमा नेपाल फनक्कै’
१५ पौष २०८०
•
४ मिनेट पाठ
‘१० मिनेटमा नेपाल फनक्कै’
बागलुङमा महोत्सवमा आयोजना गरिएको फोटो प्रदर्शनीमा तस्बिर नियाल्दै।तस्बिर: संगम/नागरिक
बागलुङ नगरपालिका-५ मालिकाका लक्ष्मीप्रसाद सापकोटालाई कालिका मन्दिर हेरेर सगरमाथासम्म पुग्न १० मिनेट लाग्यो। यो १० मिनेटको समयमा उनले नेपाल फनक्कै घुमे।




सातौं बागलुङ महोत्सवको अवसरमा आयोजना गरिएको तस्बिर प्रदर्शनीले उनलाई १० मिनेटमै नेपाल घुम्ने मौका दिएको हो। यो १० मिनेटको अवधिमा बागलुङको ढोरपाटनदेखि मुगुको रारासम्म हेर्न भ्याए। फेवातालको तस्बिर नियाल्दै गर्दा भेटिएका उनले भने, ‘यो ठाउँको छेउछाउमा त पुगेको छु, म पुग्दा त यस्तो देखिएको थिएन।’

माछापुच्छ्रे हिमाल फेवातालमा पौडिरहेको तस्बिरको दृश्यले उनलाई खुब लोभ्याइरह्यो।

सापकोटाले भने, ‘यो ठाउँमा अर्कोपटक फेरि जानुपर्ला। कति ठाउँहरू त म पहिले नै पुगिसकेको छु। कतिपय ठाउँमा भने यो तस्बिर हेरेपछि जान मन लागेको छ।’
बागलुङकै गलकोट दरबार, घाईघाट झरना, ढोरपाटन, तमानगाउँ, बुढाथोक गाउँ, निशेलढोर लगायतका ठाउँको तस्बिर हेरेपछि एक पटक पुग्न पाए हुन्थ्यो भन्ने लागेको उनले सुनाए।

‘बागलुङको कालिका मन्दिर, पञ्चकोट, शालग्राम संग्रहालयहरू हामी पटक पटक पुग्ने गरेका ठाउँ हो, यो तस्बिर हेरेपछि अझ धेरै ठाउँ पुग्न बाँकी रहेछ भन्ने लागेको छ,’ उनले भने।

उनीसँगै भेटिएका डिलप्रसाद सापकोटाले ढोरपाटनको चरण क्षेत्रमा रमाइरहेका नाउर देखेर घोत्लिरहे। ‘नाउरको सिकार गर्न विदेशीहरू आउँछन् भन्ने सुनेको थिएँ, यस्तो हुने रहेछ, यसरी बस्दा रहेछन्,’ उनी भन्छन्।

गण्डकी प्रदेश स्तरीय पर्यटन कृषि तथा औद्योगिक व्यापार मेला एवं बागलुङ महोत्सव २०८० को सन्दर्भमा धौलागिरि बहुमुखी क्याम्पसमा आयोजना गरिएको तस्बिर प्रदर्शनीले त्यहाँ पुग्नेहरूलाई लोभ्याउने गरेको छ।

राजनीतिकर्मी कृष्ण केसीले प्रदर्शनीमा राखिएको तस्विरहरू आकर्षक र मोहक लागेको बताए।

‘हामी आफैं पुग्दा आँखाले देख्न नपाएका कुराहरू यहाँ तस्बिरमा हेर्न पाइयो,’ केसी भन्छन्, ‘हुन त हामी एकैछिन पुगेर हेरेर फर्कने भएर होला,’ केसीले भने, ‘फोटोग्राफरले त एउटै तस्बिरका लागि कैयौं समय गुजारेर खिचेका हुन्छन्। त्यसले गर्दा पनि निकै आकर्षक र आनन्ददायक पाएँ।’

सहकारी अभियानका लागि देश विदेशको दौडाहा गरिरहने रामबहादुर जिसीले देशका धेरै ठाउँहरूमा एकैपटक पुग्ने अवसर तस्बिर प्रदर्शनीले दिएको बताए।
 ‘सहकारी अभियान र अरू कामले पनि देशका धेरै ठाउँमा पुग्ने गरेको छु,’ उनले भने, ‘यहाँ तस्बिर हेर्दा कतिपय ठाउँको नजिकै पुगेर तस्बिरमा देखिएको ठाउँमा नपुगेको रहेछु भन्ने लागेको छ।’

बागलुङ महोत्सव २०८० को सन्दर्भमा आयोजना गरिएको तस्बिर प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। महोत्सव सुरु भएपछि दैनिक हजार बढिले फोटो प्रदर्शनीको अवलोकन गर्दै आएको तस्बिर प्रदर्शनीका संयोजक रूपेश सापकोटाले बताए।

‘फोटो हेर्नका लागि प्रवेश शुल्क लिएका छैनौं, दैनिक हजार जनाको हाराहारीमा अवलोकनका लागि आउनुहुन्छ,’ उनले भने, ‘निःशुल्क हेर्न पाउने र मन परेको तस्बिर किनेर लैजाने व्यवस्था पनि मिलाएका छौं।’
बागलुङ र विशेषगरी धौलागिरि क्षेत्रको पर्यटकीय ठाउँ र मौलिक सांस्कृतिक परम्परा तथा जनजीवन समेटिएका तस्बिरहरू प्रदर्शन गरिएको सापकोटाले जानकारी दिए।

एक लाख ५० हजार रूपैयाँ लगानी गरेर तस्बिर प्रदर्शनीको आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य संघका सदस्य एवं पर्यटन प्रवर्द्धन तथा कृषि प्रदर्शनी उपसमिति संयोजक अर्जुन चोखालले बताए।

‘विशेषरी तस्विरमा दख्खल राख्ने व्यवसायिक फोटोग्राफर र पत्रकार साथीभाइसँग सहकार्य गरेर हामीले यो व्यवस्थापन मिलाएका छौं,’ चोखालले भने, ‘फोटोको प्रिन्ट र यहाँको व्यवस्थापनका लागि बागलुङ उद्योग वाणिज्य संघले डेढ लाख रूपैयाँ लगानी गरेको छ।’

तस्बिरमार्फत पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको उनले बताए।

तस्बिरमार्फत पर्यटकमा कौतुहलता पैदा गर्ने प्रयास गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल बताउँछन्।
‘अहिले घुमफिर गर्ने चलन धेरै नै बढेको छ, त्यसैले पनि हामीले विशेषरीगरी बागलुङ र धौलागिरि क्षेत्रको पर्यटकीय ठाउँहरूलाई फोकस गरेर यो प्रदर्शनी गरेका छौं,’ उनले भने, ‘धेरैभन्दा धेरैलाई फोटो देखाएर यहाँका पर्यटकीय ठाउँहरूको बारेमा मनमा खुल्दुली र जिज्ञासा जगाउन सकियो भने त्यसबाट भोलीको दिनमा बागलुङले लाभ लिनसक्छ भनेर हामीले निःशुल्क प्रवेश दिएका हौं।’

पर्यटनबाट बागलुङले ठूलो लाभ लिनसक्ने भएकोले सबै सरोकारवालाको ध्यान त्यसतर्फ जानुपर्ने उनको भनाइ छ। फोटो प्रदर्शनीमा एक दर्जन पत्रकार र फोटो पत्रकारहरूले खिचेका एक सय बढी तस्बिर राखिएका छन्। तस्बिरमा धार्मिक एवं पर्यटकीय ठाउँसंगै बागलुङको कला संस्कृति र परम्परा तथा जनजीवन समेटिएको छ।  
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस