दुई नेपाली र दुई भारतीयको हत्या अभियोगमा फरार थिए भारतीय सुटर सिंह
१३ पौष २०८०
•
२ मिनेट पाठ
दुई नेपाली र दुई भारतीयको हत्या अभियोगमा फरार थिए भारतीय सुटर सिंह
प्रहरीको गोली लागेर घाइते भएका सुटर सुजित सिंह। तस्बिर : नागरिक
बारा प्रहरीले मंगलबार राती गोली प्रहार गरी पक्राउ गरेका भारतीय साफ सुटर सुजित सिंह दुई नेपाली र दुई भारतीयकाे हत्या अभियोगमा फरार रहेको खुल्न आएको छ।




हत्या गरिएका दुई भारतीय नागरिक अजित सिंह र शिवपुजन यादव रहेका छन् भने दुई नेपाली रूपेश स्वर्णकार र दिली सिंह रहेका छन्। रुपेश कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक थिए। रौतहटको गौर नगरपालिका ९ र्सिसिया घर भएका दिलि सिंहलाई भारतको रमघडवामा हत्या गरिएको थियो। उनी रमघडवा काम गर्न गएका थिए।

कात्तिक १३ गते कलैयाको मदार्सा टोलमा स्वर्णकारको, असोज २८ गते भारतको रमघडवामा दिलिप सिंहको, असोज ९ गते  पचरौता नगरपालिकाको पकडिया टोलमा भारतको मोतीहारी सुक्लहियाका अजितकुमार सिंहको र २०७९ पुस पहिलो हप्ता बरियारपुरको भुतही पुलनजिकै अर्का भारतीय नागरिक शिवपुजन यादवको सुटर सिंहको समूहले गोली प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताएका छन्।

विभिन्न भारतीय व्यक्तिको हत्या तथा नगद र सुन लुटपाटमा समेत संलग्न सुटर सिंहलाई भारतीय प्रहरीले समेत खोजिरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

सुटर सिंह सुपारी लिएर विगत चार÷पाँच वर्षदेखि बारा र रौतहटसँग सिमाना जोडिएको भारतको बिहारका विभिन्न व्यक्तिको हत्या गर्दै आएका थिए।

विगत एक वर्षदेखि सिंह नेपालमा प्रवेश गरी सुपारी लिएका व्यक्तिहरूको गोली हानी हत्या गर्दै आएको अनुसन्धानबाट खुलेको काफ्लेले बताए।

भारतको रमघडवास्थित शिवशक्ति राइस मिलमा काम गर्ने नेपाली नागरिक सिंहलाई गोली प्रहार गरी सुटर सिंहको समूहले २७ लाख भारतीय रुपैयाँसमेत लुटेर लगेको थियो।

त्यस घटनामा पनि मुख्य सुटर सिंहलाई भारतीय प्रहरीले खोजी गरेको काफ्लेले बताए।

पक्राउ गर्ने क्रममा प्रहरीले चलाएको गोली सुटर सिंहको दुवै खुटामा लागेको र उनको प्रादेशिक कलैया अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ।

विगतमा बारामा भएका विभिन्न हत्या घटनामा सुटर सिंहको नाम आए पनि नेपालमा हत्या गरी भारतमा गएर लुक्ने गर्दा उनी पक्राउ पर्नबाट बच्दै आएको उपरीक्षक काफ्लेले बताए।

मंगलबार पनि सुटर सिंह कसैको हत्या गर्ने उद्देश्यले नेपाल प्रवेश गरेको र प्रहरीले समयमै सिंहलाई नियन्त्रणमा लिएर थप नेपाली नागरिकको हत्या हुनबाट बचाएको काफलेले बताए।

हतियारसहित नेपाल प्रवेश गरेको सूचना पाएपछि बारा प्रहरीले सुटर सिंहलाई नियन्त्रणमा लिन खोजेको थियो।

प्रहरीले पक्राउ गर्ने थाहा पाएर भाग्न खोज्दा विश्रामपुर गाउँपालिकाको मुसहर्वाभन्दा दक्षिण नहर भन्ने स्थानबाट खुटामा गोली प्रहार गरी सुटर सिंहलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ।
अर्को समाचार
बारामा बस दुर्घटना तीनको मृत्यु ,२७ घाइते
०४ पौष २०८०
•
१ मिनेट पाठ
बारामा बस दुर्घटना  तीनको मृत्यु ,२७ घाइते
बारामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।आज बिहान २ बजे बस र ट्रक आपसमा ठोकिँएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो। 




त्यसैगरी दुर्घटनामा परी  २७ जना घाइते भएका छन्।काकड्भिट्टाबाट काठमाडौँ आइरहेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे बाराको अमलेखगन्जमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडा निवासी  बस चालक ४० वर्षीय हरि शमशेर थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ। उनीहरूको हेटौँडाको सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि हेटौडा तथा चितवन मेडिकल कलेज पठाइएको र अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५५ सेकेन्ड अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस