त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त आवेदन माग गरेको छ।
त्रिविले पहिलो पटक गत शुक्रवार प्रकाशित गरेको दरखास्त आवेदन आइतबार मात्र रद्द गरेको थियो। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठन गरिएको समितिले फेरी दरखास्त आह्वान गरेको हो।
समितिको आइतबार बसेको बैठकले अघिल्लो सूचना संशोधन गरेर दोस्रो पटक दरखास्त आह्वान गरेको हो। दरखास्तका लागि आह्वान गरिएको पहिलो सूचनामा दरखास्त दिन पाउने व्यक्तिका लागि विभिन्न ६ वटा मापदण्ड तय गरेको थियो।
तीमध्ये एउटामा विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको ब्यहोरा उल्लेख गरिएको थियो। यस्तो मापदण्ड राखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सच्चाउन निर्देशन दिएका थिए। उनको निर्देशन पनि पहिलो दरखास्त आव्हान सूचना खारेज गरिएको थियो।
तर सोमबार प्रकाशित सूचनामा कस्ता व्यक्तिले दरखास्त दिन पाउँछन् भन्ने कुरा खुलाइएको छैन। तर यस पदमा इच्छुक व्यक्तिले त्रिविको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० बमोजिम दरखास्त दिन पाउने उल्लेख गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...