म्याग्दीको बेनी नगरपालिका–४ सिंगा राजिकुलोमा तयार भएको कोल्डस्टोर (शीत भण्डार) मा सुन्तला भण्डारण गर्न थालिएको छ।
सुन्तलाको पकेट क्षेत्र बास्कुनाबाट पहिलो दिन ४९ क्रेट अर्थात् ९ सय ८० केजी सुन्तला भण्डारण गरिएको छ। बेनी नगरपालिका तथा जिल्लाको सुन्तला उत्पादन हुने पकेट क्षेत्रका कृषकले सिजनमा सुन्तला टिपेर सस्तोमा बेच्नुभन्दा कोल्ड स्टोरमा राखेर बेमौसमा महँगो मूल्यमा बिक्री गर्ने गरी धमाधम भण्डारण गर्न थालेको बेनपा–४ का वडा अध्यक्ष अण बहादुर खड्काले बताए।
‘यसवर्ष परीक्षणको रुपमा राखिने छ, कोल्डस्टोर बनेपछि कृषकहरू खुसी भएका छन्’ अध्यक्ष खड्काले भने। उनका अनुसार कोल्ड स्टोरमा राख्नका लागि बेनी नगरपालिकाले ४ सय खाली क्रेट समेत उपलब्ध गराएको छ।
यसवर्ष परीक्षणका लागि ४ सय क्रेट सुन्तला राखिने भएपनि कोल्डस्टोरको ३ सय मेट्रिक टन क्षमताको रहेको वडा अध्यक्ष खड्काले बताए।
कोल्ड स्टोरमा विद्युत् आपूर्ति सहित अन्य संरचनाहरू समेत आधुनिक भएकाले परीक्षण सफल भएसँगै आगामी वर्ष क्षमता अनुसार नै सुन्तला भण्डारण गरिने अध्यक्ष खड्काको भनाई छ।
कोल्डस्टोर निर्माणका लागि १ करोड ८३ लाख ४४ हजार लागत अनुमान गरिएकोमा राजेशबाबु निर्माण सेवा जाजरकोटले १ करोड ५१ लाख २० हजारमा निर्माण सम्पन्न गरेको थियो। यस पटक बास्कुना, भकिम्लीको मरेक, राखु र बरंजाको सुन्तला कोल्ड स्टोरमा राखिने छ।
बेनी नगरपालिकाको–३ को भकिम्लिको राखु, मरेक लगायतको बस्तीबाट मात्रै वार्षिक डेढ करोडको सुन्तला बिक्री हुन्छ भने वडा नं ४ को बास्कुना, थामाडाँडाबाट करिब १ करोड र बरंजाबाट समेत १ करोडको हाराहारीमा सुन्तला निर्यात हुन्छ।
सुन्तलाको सिजनमा मात्रै बिक्री गरिरहेको अवस्थामा कोल्डस्टोर बनेपछि बैमौसममा बिक्री गर्ने गरी भण्डारणमा सहज भएको बास्कुनाका कृषक सन्दिप खत्रीले बताए।
कोल्ड स्टोरमा मौसम अनुसार आलु, तथा किवीका साथै अन्य नगदे बालीलाई समेत भण्डारण गरिने छ। मौसमको समयमा कम मूल्य पर्ने र कोल्ड स्टोरमा राखेर बेमौसममा बिक्री गर्दा राम्रो मूल्य पर्ने हुँदा किसानलाई फाइदै फाइदा हुने भएकाले बेनी नगरपालिकाले कोल्ड स्टोरलाई बषैभरी नै प्रयोग हुने गरी तापक्रमलाई सन्तुलित बनाई राख्ने उपकरण र संरचना सहित बनाएको छ।
कोडस्टोरमा सुन्तलाको परीक्षण सफल भएमा आगामी वर्ष सिजनमा व्यापारीलाई बारीबाटै सस्तोमा बिक्री गइनुपर्ने सुन्तला कृषकको दिन अन्त्य हुने छ।