इपिएसमा सिप बिल्डिङमा असफलको पुनः परीक्षा हुने
०७ पौष २०८०
•
३ मिनेट पाठ
इपिएसमा सिप बिल्डिङमा असफलको पुनः परीक्षा हुने
सन् २०२३ को सिप बिल्डिङ परीक्षामा असफल युवालाई उच्च अदालत पाटनले बिहीबार आदेश दिएपछि २०२४ को परीक्षामा पनि सामेल हुन पाउने अवसर मिलेको छ। वर्षको अन्त्यमा परीक्षा लिँदा सोही वर्ष सामेल हुन नपाउने व्यवस्था भएपछि उनीहरूले अदालतको ढोका ढकढक्याएका हुन्।




अदालतको आदेशसँगै रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले उनीहरूको पुनः परीक्षाको तयारीलाई लिएर छलफल सुरु गरेको छ। इपिएस शाखा निर्देशक गुरुदत्त सुवेदीले अदालतको आदेश पाएपछि उनीहरूलाई फाराम भर्न दिने विषयमा एचआरडी कोरियासँग छलफल भइरहेको जानकारी दिए।

वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक युवाले सन् २०२४ को कोटा अहिले २०२३ को अन्तिम होइन, २०२४ मै खुला गर्न माग गर्दै मंसिर १९ देखि साता दिन आन्दोलन गरेका थिए।
 सन् २०२३ मा परीक्षा दिई अनुत्तीर्ण रहेका २८ हजारभन्दा बढी युवाले दोस्रो पटक पनि परीक्षा दिन पाउनुपर्ने माग गरेका थिए। कोरिया जान सन् २०२४ का लागि सन् २०२३ मै कोटा खुला  गरिएको थियो।

सन् २०२३ मा उनीहरूले परीक्षा दिँदा ३७ अंक आउँदा पनि अनुत्तीर्ण भएका हुन्। इपिएसको नियममा हालै खुलेको उत्पादनमूलक क्षेत्रका लागि अनुत्तीर्ण ती सबै युवाले दोहोर्‍याएर परीक्षा दिन पाउनेछैन भन्ने थियो। त्यसको विरोधमा उनीहरूले आन्दोलन गर्नुका साथै उच्च अदालतमा मुद्दा दायर गरेका थिए।

धेरै वर्षदेखि कोरियाली भाषा पढेर तयारीमा रहेका युवा सन् २०२४ का लागि प्रकाशित कोटामा परीक्षा दिन नपाउने भनेपछि आक्रोशित भएका थिए।

भर्खरै खुलेको उत्पादनमूलक क्षेत्रका लागि फाराम भर्ने म्याद पुस २ देखि ६ गतेसम्म मात्र हो। त्यो म्याद शुक्रबार राति १२ बजेसम्म मात्र छ।

‘पाटनको उच्च अदालतबाट हिजो मात्रै आदेश आएको छ,’ निर्देशक सुवेदीले शुक्रबार नागरिकसँग भने, ‘अदालतको आदेश हामीले हात पारिसकेका छौं। यसअघि उत्पादनमूलक क्षेत्रका लागि खोलिएको माग आज सकिन्छ।
 आन्दोनकारीले राखेको माग पूरा हुने भएको छ। तर, उनीहरूका लागि एउटा समयावधिको म्यादसहित छुट्टै व्यवस्था गरेर फाराम खुला गरिने व्यवस्थाबारे छलफल गरिँदै छ।’

विभागभित्रै कुटिए म्यानपावर व्यवसायी

एक म्यानपावर व्यवसायीमाथि वैदेशिक रोजगार विभाग परिसरभित्रै कुटपिट भएको छ। वैदेशिक रोजगारीका लागि कुवेत गएर फर्किएकी एक महिलाले केपी इन्टरनेसनल ओभरसिज म्यानपावरका सञ्चालक निर्मल राय अमातमाथि कुटपिट गरेकी हुन्।

ती महिला कुवेतमा आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा दिन पुगेकी थिइन्। उजुरीउपर छलफल गर्न विभागको कार्यकक्षमा उपस्थित भएका म्यानपावर व्यवसायी अमातमाथि ती महिलाले आफूलाई ठगेको आरोपमा हातपात गरेकी हुन्।

उजुरीबारे छलफल हुँदै गर्दा उजुरीकर्ताका मानिस हौं भनी महिलालगायत अन्य व्यक्तिले विभिन्न अपशब्द प्रयोग गर्दै सञ्चालक अमातलाई हातपात, कुटपिट र गालीगलोजसमेत  गरेका थिए।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार छलफल चलिरहेकै बेला ती महिला र उनीसँगै आएका मान्छेले म्यानपावर व्यवसायीमाथि गालीगलोज, कुटपिट र हातपात गरेका हुन्।
‘ती महिलालाई म्यानपावर व्यवसायीले आफ्नै खर्चमा टिकट काटेर नेपाल ल्याएको थियो तर विभागमा छलफल भइरहेकै बेला व्यवसायी अमातमाथि कुटपिट भएको हो,’ उनले भने।

संघले विभागभित्रै यस्तो गैरकानुनी कार्य गर्नेलाई कुनै पनि कारबाही नगर्नु गम्भीर र आपत्तिजनक रहेको जनाएको छ। गैरकानुनी कार्य गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्नसमेत माग गरेको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४४ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस