कार्यान्वयन हुने योजना समेटेर बन्दैछ १६ औँ योजना
०५ पौष २०८०
•
४ मिनेट पाठ
कार्यान्वयन हुने योजना समेटेर बन्दैछ १६ औँ योजना
मुलुकको विकास निर्माण प्रक्रियामा नयाँ खोज्ने र कार्यान्वयन हुने खालका मात्रै योजना छनोट गर्ने उद्देश्य राखेर राष्ट्रिय योजना आयोगले १६ औँ योजनाको तयारी गरिरहेको जनाएको छ।




आयोजना कार्यान्वयनका क्रममा के कस्ता समस्या देखिए, समाधानका लागि गरिएका प्रयास प्रभावकारी भए वा भएनन्  यी र यस्तै प्रश्नको उत्तर खोज्दै जनअपेक्षा सम्बोधन गर्ने गरी नयाँ योजनाको तयारी भइरहेको आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले जानकारी दिए।

आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रेष्ठ १६ औँ योजना तर्जुमा सम्बन्धमा हालसम्म सम्पादन भएका कार्य, योजनाको मस्यौदामाथि प्राप्त भएका मुख्य सुझाव तथा वस्तुनिष्ठ योजना बनाउनका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा जानकारी दिए।

विकास निर्माणको काम प्रभावकारी हुन नसक्नुको पछाडि अन्तर सरकारी निकायबीचको समन्वयको अभाव देखिएको, वन क्षेत्रको जग्गा प्रयोग तथा भूमि प्राप्ति र जनशक्तिको उपलब्धतालगायतका अनेकन कारण, त्यसको समाधान खोज्ने लक्ष्यका साथ नयाँ योजनाको तयारी भइरहेको उनको भनाइ छ।

सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत नयाँपनको खोजी गर्न लागिएको र त्यसको सुरुआत आगामी आर्थिक वर्षदेखि नै कार्यान्वयनमा जाने उपाध्यक्ष डा श्रेष्ठको कथन छ। 'प्रधानमन्त्रीले पनि केही नयाँ गरौँ भन्ने सोच राख्नुभएको छ। सोहीअनुसार हामीले आवश्यक प्रबन्ध गरिरहेका छौँ। कानुनी सुधार गर्नुपर्ने भए त्यसका लागि पनि आवश्यक तयारी भइरहेको छ', उनले भने।

आयोगले सोह्रौँ योजनाको अन्त्यसम्म मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) रु ८० खर्ब बराबरको बनाउने लक्ष्य राखेको छ। त्यसका लागि सरकार, निजी क्षेत्रका तर्फबाट के कस्तो लगानी र तयारी आवश्यक रहेको भन्ने बारेमा छलफल अन्तिम चरणमा रहेको जनाएको छ। निजी क्षेत्रले सन् २०३० सम्म जिडिपी कूल रु एक सय खर्ब बराबरको हुने प्रक्षेपण गरेको छ।

सरकार र निजी क्षेत्रले सार्वजनिक गरेको विवरण एक आपसमा मिल्ने खालको नै रहेको जानकारी दिँदै उनले पूर्वाधार क्षेत्रमा गरिएको लगानीले दिगोपन दिने बताए। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि सञ्चालनमा आउन नसकेको भनेर तत्काल निराश हुनुपर्ने अवस्था नभएको उल्लेख गर्दै उनले त्यसबाट क्रमशः लाभ हासिल हुने स्पष्ट पारे।

सन् २०१९ मा झण्डै १२ लाख पर्यटकले नेपाल भ्रमण गरेको तथ्य पेश गर्दै उनले सन् २०२४ मा उक्त नयाँ रेकर्ड बन्ने बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउँदा पर्यटकको आवागमन बढेको विवरण पेश गर्दै उनले भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा आउँदा त्यसले थप पर्यटन भित्र्याउन सहयोग पु¥याउने बताए।

सन् २०२६ मा नेपाल अल्पविकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुँदा त्यसले लगानी भित्र्याउन थप सहयोग पुग्ने जानकारी दिँदै उपाध्यक्ष श्रेष्ठले नकारात्मक प्रचार गरेर तथ्यलाई ओझेलमा पार्न नहुने स्पष्ट पारे। 'त्यसको नकारात्मक पक्षका बारेमा मात्रै चर्चा भएको छ। सकारात्मक पक्ष धेरै छ। यसका बारेमा आयोगले अध्ययन पनि गरेको छ। आवश्यक तयारी पनि गरेको छ', उपाध्यक्ष श्रेष्ठले भने।

प्रदेश सरकारलाई थप बलियो बनाउनुपर्नेमा जोड दिँदै उपाध्यक्ष श्रेष्ठले सङ्घीय सरकारका तर्फबाट बनाइदिनुपर्ने ऐन, कानुन समयमा पूरा भए त्यसबाट प्रदेश अपेक्षित रुपमा सबल बन्ने उनको भनाइ छ। प्रदेश सरकारलाई कूल बजेटको ४० प्रतिशत उपलब्ध गराउनुपर्नेमा हालसम्म २९ प्रतिशत मात्रै उपलब्ध भएको, आवश्यक कानुन नभएका कारण प्रभावकारी कार्यसम्पादन गर्न नसकेको तथ्यलाई आत्मसात् गरेर जानुपर्ने उनको भनाइ छ।

मन्त्रिपरिषद्ले आयोगको सिफारिसमा आयोजना वर्गीकरणको आधार तथा मापदण्ड–२०८० स्वीकृत गरिसकेको छ। यसबाट सङ्घ, प्रदेश तथा स्थानीय तहमा सञ्चालन हुने आयोजनाको वर्गीकरणको आधार तथा मापदण्ड निर्धारण भएको छ। त्यसबाट आयोजनामा हुन सक्ने दोहोरोपनको समस्या अन्त्य हुने विश्वास लिइएको छ।

सामाजिक सुरक्षाका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहबाट विभिन्न खालका सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाइएकाले त्यसमा एकरुपता ल्याउने प्रयास गरिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए। आयोगले बजेट तर्जुमादेखि संसद्मा बजेट भाषण गर्नेसम्मका कार्य तालिकालाई प्रणालीगत सुधार गर्ने  कार्यविधि तयार भई मन्त्रिपरिषद्मा पुगेको जनाएको छ।

आयोगका सदस्य डा रामकुमार फुयाँलका अनुसार बजेट निर्माण प्रक्रियालाई परिमार्जन गर्ने उद्देश्यका साथ आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोको एउटा समूहले उक्त कार्यविधि तयार पारेको हो।

प्रस्तावअनुसार अब राष्ट्रिय स्रोत अनुमान समितिको बैठक माघ १५ गते बस्छ र बजेट सिलिङ सोही महिना दिइनेछ। आयोगले आगामी आवका लागि बजेट तर्जुमा गर्न सबै निकायलाई पत्र पठाइसकेको छ। सोहौँ योजना आगामी माघमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।  
अर्को समाचार
राष्ट्रिय विकास परिषद्को बैठक बस्दै, १६ औं योजनालाई अन्तिम रूप दिइने
१३ वैशाख २०८१
•
१ मिनेट पाठ
राष्ट्रिय विकास परिषद्को बैठक बस्दै, १६ औं योजनालाई अन्तिम रूप दिइने
राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बस्ने बैठक बिहान ८ बजे होटल याक एन्ड यतिमा सुरु हुनेछ।




राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजनामाथि छलफलका लागि बैठक बोलाइएको हो। बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिने तयारी गरिएको छ।

बैठकलाई आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालसहित पूर्वप्रधानमन्त्रीहरू र राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बैठकको उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६ औँ योजनाको मस्यौदा प्रस्तुत गर्नेछन्। त्यसपछि बैठकमा सहभागीहरुले आफ्नो मन्तव्यसहित मस्यौदा माथिको छलफलमा भाग लिनेछन्।

उद्घाटन सत्र समापन भएपछि विषयक्षेत्रगत छलफलको सत्र सुरु हुने बताइएको छ। छलफलमा विभिन्न क्षेत्रका विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस