भनिन्छ– बालबालिका काँचा माटा हुन् । काँचो माटोलाई जस्तो आकार दियो त्यस्तै बन्न सक्छ। त्यसैगरी बालबालिकालाई पनि संरक्षण र अवसर दिए उनीहरू पनि देशका सभ्य र सक्षम नागरिक बन्न सक्छन्। अझै अपांगता भएका र विशेष संरक्षणको अवश्यकता भएका बालबालिकालाई झनै अवसर दिनुपर्ने हुन्छ।
अवसर पाएपछि अब्बलतातर्फ जान सक्छन् भन्ने उदाहरण बनेका छन् कर्णालीका बालबालिका। त्यस्तैमध्य] एक हुन्– मुगुको खत्याड गाउँपालिका २ की अनिता भियाल। उमेरले १७ वर्ष पुगेका भियाल पूर्ण दृष्टिविहीन अपांगता हुन्। उनलाई हिँडडुल गर्न अरू व्यक्तिको सहारा चाहिन्छ।
सानैदेखि नयाँ सिर्जनशीलतामा अब्बल रहेकी भियालले ५ कक्षासम्म मुगुमै पढिन्। दृष्टिविहीन भएकै कारण धेरै हेपाइ र दुव्र्यवहार भोग्नुपर्यो। गाउँमा पनि उनले अरुको हेपाइ सहनुपर्यो भने विद्यालय छात्रावास बस्दा पनि हेपाइ सहनुपर्यो।
‘अपांगता भएका मान्छेले पढेर के नै गर्न सक्छन् र ? भन्ने प्रश्न सबैले गर्थे’, भियालले भनिन्, ‘त्यति मात्रै होइन, छात्रावासमा बस्दा पनि त्यहाँ मलाई दुव्र्यवहारको प्रयास पनि भयो, म बल्लबल्ल बचेँ। अनि यी सबै कुरा बुबाआमालाई सबै कुरा भनेपछि उनीहरूले मेरो कुरा बुझ्नुभयो, अनि मलाई सुर्खेत पठाउने निर्णय गर्नुभयो।’
उनीमाथि गरिने व्यवहारले भियाललाई असहज महसुस भइरहेको थियो। ‘सबैको व्यवहार देखेर मलाई धेरै पीडा हुन्थ्यो, म किन जन्मिएको हुँला भन्नेसमेत लाग्थ्यो। तर बुबाआमाले सुर्खेतमा पढ्न पठाउने निर्णय गर्नुभयो, हाम्रो परिवारसँग भनेअनुसारको पैसा थिएन। जसरी भए पनि पढाउँछु भनेर बुवाले भनेपछि म सुर्खेत आएँ’, उनले भनिन्।
सुर्खेतमा भियालले श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राममा ६ कक्षाबाट पढ्न सुरु गरिन्। ब्रेललिपिमा पढिरहेकी भियालको परिवारको आर्थिक अवस्था कमजोर थियो। पढाइ खर्च नै जुटाउन हम्मेहम्मे परिरहेका बेला त्यही विद्यालयमा पढाउने दृष्टिविहीन शिक्षक सुरेश खड्काले छात्रवृत्तिमा पढ्ने वातावरण मिलाइदिएपछि उनलाई केही सहज भयो। उनले धेरै हौसला समेत पाउन थालिन्।
भियाल ६ कक्षादेखि पढ्न सुर्खेत आएकी हुन्। उनले भनिन्, ‘यता आइसकेपछि ठाउँ प्रवेशमा म त्यति जानकार थिइनँ। शिक्षकहरूको हौसला र मेरो काकीको साथले मेरो आत्मबल बढ्यो। अब पढ्न सक्छु भन्ने लाग्न थाल्यो।’
सुमधुर आवाजमा गीत गाउनसमेत सक्ने भियाललाई सेभ द चिल्ड्रेन र बाल अधिकारका लागि साझा अभियान (सीसीआर) कर्णाली प्रदेशले समेत सहयोग गरेपछि झनै सहज र आत्मबल बढ्यो। उनले प्रदेश बालसञ्जालमा समेत आबद्ध भएर विभिन्न तालिमसमेत लिने अवसर पाइन्।
‘म अहिले प्रदेश बाल सञ्जालको सदस्य पनि छु। सञ्जालमार्फत मैले विभिन्न क्षमता विकासका तालिम लिन पाएँ। बाल अधिकारका विषयमा समेत जानकारी पाएँ। अब मलाई लाग्दै छ, म यो समाजमा रहेका मजस्तै बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतका अधिकारका लागि काम गर्छु।’ भियाल अहिले १० कक्षामा पढ्दै छिन्। उनी पढाइमा अब्बल छिन्।
भियाल मात्रै होइन, जुम्ला तातोपानी गाउँपालिका ८ का जीवन रावत पनि उमेरले १६ वर्ष पुगे। उनी पनि शारीरिक रूपमा अपांगता छन्। सामान्य परिवारमा जन्मिएका रावत अहिले वीरेन्द्रनगरको इत्राम स्कुलमै कक्षा १० मा पढ्दैछन्। उनलाई पनि सिसीआर कर्णालीले सहयोग गरिरहेको छ। प्रदेश बाल सञ्जालको सदस्य रहेका रावतले धेरै कुरा सिक्ने अवसर पाएका छन्। अपांगता भएकै कारण हेपाइमा पर्ने गरेका रावत प्रदेश बाल सञ्जालमा जोडिएपछि आत्मबल बढेको बताउँछन्।
‘बाल सञ्जालमा जोडिएपछि धेरै कुरा सिक्ने अवसर पाएँ। बालअधिकार विषय मात्रै होइन, संसदीय अभ्यास पनि गर्न पाएँ। म पहिले बोल्न डराउँथें तर अहिले सबैको अगाडि निर्धक्कसँग कुरा राख्न सक्छु। म अब जीवनमा जुनसुकै काम पनि गर्न सक्छु भन्ने आत्मबल बढेको छ।’
अहिले पनि कर्णालीमा संरक्षण अभावमा धेरै बालबालिकाले पढ्न र लेख्न नपाएको भन्दै क्षमता भएकाले समेत अवसर नपाएको उनको भनाइ छ। भविष्यमा चिकित्सक बनेर कुना कन्दरामा सेवा गर्ने लक्ष्य लिएका रावतले आफूलाई जस्तै सहयोग र संरक्षण अन्य बालबालिकालाई समेत आवश्यकता रहेको उल्लेख गरे। उनीहरू जस्तै कर्णालीका धेरै बालबालिकालाई विभिन्न सरकारी तथा गैरसरकारी निकायले संरक्षण र अधिकारमैत्री वातावरण तयार गर्न काम गरिरहेका छन्। केही रूपमा नीति समेत बनेका छन्। तर पर्याप्त नभएको बताइन्छ।
बालबालिकाको अधिकार संरक्षणमा ध्यान दिऔं
नेपालको संविधानको धारा ३९ ले मौलिक हककै रूपमा बालबालिकालाई अधिकार दिएको छ भने बाल अधिकारसम्बन्धी ऐन २०७५ ले समेत बालबालिकाको अधिकार र संरक्षणको व्यवस्था गरेको छ। तर यसको कार्यान्वयन भने अझै नभएको बालअधिकारकर्मी बताउँछन्। कर्णालीमा बालबालिका क्षेत्रमा सरकारी तवरबाट लगानी कमजोर रहेको छ। लगानी बढाउन सिसीआर कर्णाली प्रदेशका सचिवालय प्रमुख टेकराज आचार्य सुझाव दिन्छन्।
‘बालबालिकाको अधिकार प्रत्याभूतिका लागि विभिन्न व्यवस्था गरिएका छन्। त्यसको कार्यान्वयनका लागि सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने हो त्यसो गर्न सकेको छैन आचार्य भन्छन्’, ‘हामीले कर्णाली प्रदेश सरकारले छुट्याएको बजेट विश्लेषण गर्दा करिब दुई प्रतिशत मात्रै बालबालिका क्षेत्रमा बजेट छ, यति थोरै बजेटले नीति कार्यान्वयन गर्न समस्या हुन्छ।’
कर्णालीमा विगतको भन्दा बालबालिकाको क्षेत्रमा नीतिगत सुधार हुँदै गएको भन्दै आचार्यले अब प्रदेश बालअधिकार समिति गठन गर्नुपर्ने सुझाव दिए। कर्णाली प्रदेश सरकारले भने बालबालिका क्षेत्रमा पर्याप्त काम गरिरहेको बताएको छ। प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्कबहादुर पोख्रेलले भविष्यको समृद्धिको आधार बालबालिका भएको भन्दै सरकारले त्यसैअनुसार लगानी गरिरहेको बताउँछन्।
‘बालबालिकाका क्षेत्रमा विभिन्न साझेदार संस्थाको सहयोगमा नीतिगत सुधारदेखि लगानी बढिरहेको छ, तर बजेटको आकार कम छ, सबै क्षेत्रलाई समेट्नुपर्ने हुन्छ। त्यसैले बालबालिको क्षेत्रमा कम बजेट देखिएको हो। आगामी वर्षदेखि बालबालिको क्षेत्रमा बजेट बढाउँदै जान्छौं’, मन्त्री पोख्रेलको प्रतिबद्धता छ। –रासस