जिल्लाको दुई स्थानमा भएको सवारी दुर्घटनामा परि बुधबार पाँच जनाको मृत्यु भएको छ। अमलेखगञ्ज र निजगढमा भएको सवारी दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको हो।
जितपुरसिमराको अम्लेखगंज स्थित ३ नम्बर पुल नजिकै बुधबार बिहान १ बजे तिर ट्रक र बस एक आपसमा ठोकिदा तीन जनाको मृत्यु भएको छ भने निजगढमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा बुधबार बेलुका थप दुई जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ।
झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक एक आपसमा ठोकिएको तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दाधीराम न्यौपानेले जानकारी दिए।
मृत्यु हुनेमा ट्रक चालक तनहुँ पिपरटार बस्ने पूर्ण गुरुङ र बस चालक मकवानपुर हेटौँडा ३ का हरि समशेर सुयाल थापा र अर्का अर्का झापा दमक ४ बस्ने बसमा सवार कालीराम धिमाल रहेको प्रवक्ता न्यौपानेले बताए।
त्यसै गरि पूर्व –पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत निजगढ नगरपालिकामा एक आपसमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ।
निजगढ देखी उदयपुर तर्फ जाँदै गरेको प्र १– ०५–००१प ५४९७ नम्बरको मोटरसाइकल र रौतहट देखि निजगढ तर्फ आउँदै गरेको बा ९७ प ९४४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा जिल्ला उदयपुर कटारी २ बस्ने ३४ को चन्द्रदिप लामा र जिल्ला रौतहट चन्द्रपुर ३ पौराई बस्ने वर्ष ३१ को बुद्ध बहादुर बलको मृत्यु भएको प्रवक्ता न्यौपानेले बताए।
मृतक दुवै जना मोटरसाइकल चलाक रहेको उनले बताए। एक आपसमा मोटरसाइकल ठोकिदा दुवै जना घाइते भएको र उनीहरुको जिनगढ सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए।