मधेस प्रदेशका मुख्यमन्त्रीलाई सरोज यादवकाे राजीनामा माग गर्दै बारामा प्रदर्शन गरिएको छ।
बुधबार सिम्रौनगढ नगरपालिकामा तलब सुविधाका लागि आन्दोलनरत कर्मचारी र प्रहरी पक्षबिच झडप हुँदा स्थानीय लक्ष्मी मुखियाको प्रहरी गोली लगेर मृत्यु भएको थियो।
सोही विषयलाई लिएर बिहीबार मृतका आफन्त र केही कांग्रेसका नेताहरुले मुख्यमन्त्री यादवलाई कारबाही हुनुपर्ने माग सहित राजीनामा माग गर्दै कलैयामा प्रदर्शन गरेका हुन्।
बुधबार भएको झडपमा मुख्यमन्त्री यादव र नगर प्रमुखको आदेश अनुसार प्रहरीले गोली चलाउँदा मुखियाकाे मृत्यु भएको पीडित पक्षको ठहर छ। मुख्यमन्त्री र नगर प्रमुखको आदेशमा गोली चलाउने प्रहरी निरीक्षकलाई समेत कारबाही गरिनुपर्ने उनीहरूको माग छ।
प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरी प्रदर्शन जारी राखेका छन्।