जिल्ला प्रशासनहरूमा १४५ पद रिक्त, राजनीतिक आड र सुविधा भोगी प्रवृत्तिले खाली भए पद
२८ मंसिर २०८०
•
४ मिनेट पाठ
जिल्ला प्रशासनहरूमा १४५ पद रिक्त, राजनीतिक आड र सुविधा भोगी प्रवृत्तिले खाली भए पद
अत्यावश्यक सेवाका लागि धेरै नागरिकको भिडभाड हुने जिल्ला प्रशासन कार्यालयहरूमा पर्याप्त सङ्ख्यामा प्रशासनिक तहका कर्मचारी नहुँदा सेवा प्रवाहदेखि सुशासनसम्म असर पुगेको छ।




देशभरका जिल्ला प्रशासनमा गरी १४५ वटा पद रिक्त छन्। उपसचिवदेखि खरदारसम्मका पदहरू रिक्त भएका हुन। कर्मचारीहरू सुविधा भोगी भएकै कारण यी पद रिक्त भएको गृह स्रोत बताउँछ।

प्रमुख जिल्ला अधिकारीभन्दा तलका प्रशासनिक पदमा कर्मचारीको रिक्तताले जिल्ला प्रशासनले दिने सेवाहरू नागरिकसम्म सहज सरल रूपमा पुग्न कठिन भइरहेको छ।

जिल्ला प्रशासन कार्यालयका काम कारबाही  प्रत्यक्ष असर परिरहेपछि सरकारले आवश्यक कर्मचारी पूर्ति गर्न सकिरहेको छैन। राजनीतिक शक्तिको आडमा केन्द्रमै बस्ने कर्मचारीलाई गृह मन्त्रालयले कर्मचारी अभाव भएका जिल्लाहरूमा खटाउन सकिरहेको छैन।

देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा उपसचिवमा ८८ जनाको दरबन्दी छ। यीमध्ये ५ पद रिक्त छन्। उपसचिव तहको सिडिओ रहेका १७ जिल्लामध्ये ५ वटा जिल्लामा सिडिओ पद रिक्त रहेको गृह मन्त्रालयको आँकडा छ।

एक सय ८ जना अधिकृतको दरबन्दीमा ३५ पद रिक्त छन्। ५ सय ६३ नासुको दरबन्दीमा ६५ पद रिक्त छन्। ३ सय ३० जना खरिदारको दरबन्दीमा ४० पद खाली छन्। देशका विभिन्न जिल्लाका प्रशासन कार्यालयहरूमा उपसचिव, अधिकृत नासु गरी १ सय ४५ पद रिक्त भएको हो।

शक्ति र प्रभाव धेरै हुने पद प्रमुख जिल्ला अधिकारी भएर जिल्ला जान खोज्नेहरू भने धेरै छन्। तर त्यो भन्दा तलको प्रशासनिक पदमा कर्मचारी जान नचाहेपछि ती पदहरू खाली भएको हुन।

संघीय संरचनामा पनि राज्यबाट नागरिकलाई जनसेवा दिने महत्त्वपूर्ण सरकारी अड्डामा जिल्ला प्रशासन कार्यालय पर्दछ। जिल्लामा व्यक्तिको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र बनाउनेदेखि दैविक प्रकोप पीडितलाई राज्यबाट राहत वितरण गर्ने काम जिल्ला प्रशासन कार्यालयले नै गर्दछ।

यसका साथै जिल्लाको बजार अनुगमन, विकास निर्माण कार्यको निरीक्षण अवलोकन, कार्यालयहरूको काम कारबाही, अनुगमन, विभिन्न घटनाको छानबिन, अनुगमन जस्ता कार्य जिल्लाको सिडिओबाट गर्ने व्यवस्था छ।

‘जनशक्ति नहुँदा सिडिओ जिल्ला प्रशासन कार्यालयको कामको चापले बेफुर्सदिला छन्। तोकिएका ती कामकाजमा ध्यान दिन नसक्दा जिल्ला प्रशासन कार्यालयको भूमिका र नतिजामै असर पारेको छ’, गृह मन्त्रालयबाट अवकाश प्राप्त सह–सचिव फणिन्द्रमणी पोखरेलले भने।

जिल्ला प्रशासन कार्यालयहरूमा जनशक्ति अभावले सेवा प्रवाह सुस्त हुनुका साथै सुशासन समेत कमजोर बनेपछि जन गुनासो चुलिँदै गएको गृहका अधिकारीहरू नै स्वीकार गर्दछन्।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईअनुसार पर्याप्त कर्मचारी नहुँदा प्रशासनमा प्रशासनका कर्मचारी अतिरिक्त दबाबमा छन्। सुविधा अभाव, कामको चाप र अनावश्यक तनावले राम्ररी काम गर्न सकिरहेका छैनन्। 

‘आवश्यक जनशक्ति अभावकै कारण समयमा नागरिकता पासपोर्ट नपाउँदा जनताले दुःख पाइरहेका छन् । शान्ति सुरक्षा जस्ता काममा बाधा नपरे पनि सेवा प्रवाह राजश्व सङ्कलनसम्म पनि राम्रै असर परेको छ’, प्रवक्ता नारायण प्रसाद भट्टराईले भने।

सङ्घीयताको कार्यान्वयनसँगै अधिकार समेत स्थानीय तहमा गए पनि सिडिओको अपेक्षा जिल्लामा अझ पनि उस्तै छ। तर जनशक्ति नहुँदा सिडिओले राम्रोसँग काम गर्न कठिन भइरहेको कैलालीका सिडिओ युवराज कट्टेलले बताए। 

सिडिओभन्दा तल्ला पदका कर्मचारीहरू पछिल्लो समय बजेट बढी हुने र अतिरिक्त सुविधा भएका अड्डामा जाने कारण जिल्ला प्रशासन कार्यालयले जनशक्तिको अभाव खेपिरहेको छ। सेवाग्राहीको भिडभाड हुने, नागरिकता र पासपोर्ट जस्ता काम फेक सिफारिस लिएर पनि बनाउन आउनेहरू बढ्न थालेपछि त्यसको संवेदनशीलता र जागिर धरापमा पर्ने कारणले जिल्ला प्रशासन जान कर्मचारी पछि हटिरहेको जानकारहरू बताउँछन्।

‘जनशक्ति अभावले सुशासन दिन र सेवा प्रवाह प्रभावकारी हुन सकिरहेको छैन’, कट्टेलले नागरिकसँग भने। जनशक्ति अभावका कारण प्रभावकारी रूपमा राजश्व सङ्कलन समेत हुन नसकेको उनले बताए। जिल्लामा खटाइएका कर्मचारीहरू पनि मन्त्रीको पावरबाट चाहेको ठाउँमा सरुवा हुने कारण प्रशासनिक कर्मचारीको रिक्त पद सङ्ख्या बढ्दै गएको हो।

‘खटाएको ठाउँमा भन्दा गृहका प्रशासन तर्फका कर्मचारी पावरका आधारमा चाहेको ठाउँमा जाने अवस्था रह्यो। यो प्रवृत्तिले जिल्ला प्रशासन कार्यालयहरूमा आवश्यक जनशक्तिको अभाव सधैँ रहने अवस्था बनेको छ’, पोखरेलले भने।

जिल्लामा शान्ति सुरक्षामा खटिने सुरक्षाकर्मीहरूले राशनको सुविधा पाउँछन्। प्रशासनिक कर्मचारीले पनि उस्तै गरी जिल्लामा खटिनु परे पनि त्यस्तो सुविधा छैन। कामको चाप र विशेष सुविधा नभएका कारण जिल्ला प्रशासनमा प्रशासनिक तहका कर्मचारीको रोजाइमा नपर्ने देखिएको गृहका अधिकारीहरू बताउँछन्।

सुरक्षाकर्मी सरह नै सेवा दिन भन्दै जनार्दन शर्मा गृह मन्त्री भएको बेला प्रस्ताव गरिएको थियो तर अर्थ मन्त्रालयले उक्त प्रस्ताव फिर्ता गर्‍यो। 

‘कर्मचारीले जिल्ला प्रशासन कार्यालयलाई उपेक्षा गर्नु गृह मन्त्रालयकै कमजोरी हो। कर्मचारीलाई कसरी उत्प्रेरित गरी काम गर्ने वातावरण बनाउने गृह मन्त्रालयकै काम हो। त्यसका लागि आवश्यक कदम तत्काल चाल्नु पर्छ’, पूर्व सह–सचिव पोखरेल भन्छन्।
अर्को समाचार
कार्यविधि विपरित जडित सिसि क्यामरा प्रशासनले जफत गर्ने
२५ पौष २०७७
•
४ मिनेट पाठ
कार्यविधि विपरित जडित सिसि क्यामरा प्रशासनले जफत गर्ने
जहाँतही कार्यविधि कुल्चेर सिसि क्यामरा जडान गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले निगरानी बढाएको छ। प्रशासन कार्यालयले तत्काल सिसि क्यामरा जडान गरिएको बारे जानकारीसहित उपस्थित हुन निर्देशन गरेको हो। प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बिना जानकारी सिसि क्यामरा जडान गर्न नपाउने बताए। उनले भने,‘नियम संगत सिसि क्यामरा जडान भए नभएको बारेमा अनुगमन भइरहेको छ। कार्यविधि कार्यान्वयन नगरेर जडित सिसि क्यामरा जफत हुनेछ। जसका कारण एक साताको समय दिइएको छ। सबै प्रक्रिया अपनाएर सिसि क्यामरा जडान गर्न आग्रह गरिएको छ।’




सिसि क्यामरा जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७२ मा सिसि क्यामराको प्रयोगलाई तीन तहमा वर्गिकरण गरिएको छ। सार्वजनिक क्षेत्रका लागि प्रयोग हुने, ब्यापारिक प्रयोजनका लागि प्रयोग हुने र निजी प्रयोजनका लागि प्रयोग हुने उल्लेख छ। अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा विद्युतीय उपकरणको प्रयोगलाई प्रभावकारी बनाउँदै सिसि क्यामराको प्रयोगलाई व्यवस्थित र प्रोत्साहन गर्ने कार्यविधिले बोलेको छ, प्रमुख जिल्ला अधिकारी थापाले भने,‘यहाँ त छरपष्ट र मनपरि तरिकाले सिसि क्यामराको जडान गरिएको पाईयो। यो सरासर कार्यविधिको उल्लंघन हो। अब स्थानीय प्रशासनले कडा निगरानी राख्नेछ।’

सिसि टिभी जडान गर्ने ठाउँ वा भवनहरुमा सबैले देख्ने गरि आवश्यकता अनुसार ठाउँठाउँमा जडान भएको सूचना अनिवार्य रुपमा राख्नु पर्ने प्रावधान छ। सार्वजनिक व्यापारीक वा सिसि टिभीको नियमन गर्ने निकायाले अद्यावधिक अभिलेख राख्नु पर्ने, व्यक्तिको गोपनीयताको हक संरक्षण हुने र मानवअधिकारमा प्रतिकुल असर नपर्ने व्यवस्थाको सुनिश्चितता हुने गरि सिसि टिभी सञ्चालन र जडान हुनु पर्ने कार्यविधिमा समेटिएको छ। यो यहाँ पाइदैन। अब कार्यविधि अनुसार सिसि क्यामरा जडान गर्नको लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले कडाइ गरेको छ।  

कार्यविधि बमोजिम कार्यन्वयन भए नभएको अनुगमनका लागि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई जिम्मेवारी तोकेको छ। अनुगमन र नियमन कार्यका लागि जिल्ला प्रशासन कार्यालयले प्रतिनिधिसहितको प्रहरी टोली खटाउन सक्ने कार्यविधिमा व्यवस्था छ। कार्यविधि विपरित सिसि टिभी जडान भएर सञ्चालन भएको देखिएको खण्डमा विद्युतीय कारोवार ऐन २०६३ बमोजिम कार्वाही हुनेछ। प्रमुख जिल्ला अधिकारी थापाले भने,‘कार्यविधि अनुसार सिसि टिभी जडान गर्नुहोस। यो सबैको हितमा हुनेछ।’

सिसि टिभी जडानको लागि प्रयोजन खुलेको निवेदन पत्र, व्यक्तिको नागरिकताको प्रतिलिपि, परिचय खुल्ने अन्य कागजातहरु, घरको नक्साको प्रतिलिपी, जग्गा धनि प्रमाण पत्रको प्रतिलिपी, गाउँपालिका वा नगरपालिकाको सिफारिस, सिसि टिभी क्यामराको निगरानीका लागि सम्बन्धी पक्षबाट खटिने ब्यक्तिको विवरण आवश्यक पर्छ।

डेढ वर्ष अघि पनि जिल्ला प्रशासन कार्यालय जुम्लाले कार्यविधि अनुसार सिसि टिभी जडान गर्न आग्रह गरेको थियो। तर यहाँका सरोकारवालाले टेरेनन्। अनुमति लिएका भेटिएनन्। अब कार्यविधि अनुसार नचलेका सिसि टिभी बन्द हुनेछन्।  

जुम्लामा धेरैले सिसि क्यामरा जडान गरेको तर प्रशासनको अनुमति नलिएको भन्ने तथ्यांक छ। कति मेगा पिक्चरको हो। कहाँ राखिएको छ। यो सबै जानकारी प्रशासन कार्यालयमा हुनुपर्छ। प्रमुख जिल्ला अधिकारी थापा भन्छन्,‘सिसि क्यामराको दुरुपयोग नहोस। चोरी डकैटी नहोस। निगरानी राख्न सकियोस। भन्ने स्थानीय प्रशासनको अपेक्षा हो। तर मान्छेले सीसी क्यामरा राखेका छन् तर जानकारी पत्र प्रशासन कार्यालयलाई दिएका छैनन्। यो विडम्वना नै हो।’

प्रशासनले रेकर्ड राख्नु पर्ने हो। डेढ वर्षअघि नै सिसि क्यामरा कार्यविधि अनुसार राख्न सूचना गरेका थियौँ। अटेर गरियो। प्रमुख जिल्ला अधिकारी थापाले थपे,‘प्रशासनलाई टिभी जडान गरेको जानकारी पत्र दिएर सञ्चालन गर्दा न शुल्क लाग्छ। न त कुनै दुःख हुन्छ नै। बरु निजी, सार्वजनिक निकाय र व्यक्तिको सर्तका बारेमा स्पष्ट स्पष्ट भइन्छ।’  

जथभावी सिसि क्यामरा जडानले सुरक्षाका नाममा असुरक्षा बढ्दो छ। यहाँको बैंकहरुले बाहेक कुनै निकायले पनि सिसि क्यामरा जडानको जानकारी दिएका छैनन्। कार्यविधि अनुसार जानकारी पत्र दिने र सर्त पालना गर्नुपर्ने छ। संस्थाको छाप र क्यामराको क्षमताका बारेमा स्पष्ट गर्नुपर्छ।  

कुन कुुन ठाउँमा क्यामरा जडित छन्। कसले चलाएका छन्। प्रशासनलाई समयमै जानकारी गराउन एक साताको सूचना प्रकाशित भएको छ। सुरक्षा संवेदनशिलता अपनाउदै अपराध अनुसन्धानका हिसावमा सहयागी बनोस भन्ने सबैको चाहना हो।  

जिल्लाका अधिकांस ठाउँमा सार्वजनिक, व्यवसायिक र निजी हिसावले सिसि क्यामराको जडान गरिएको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस