जनसरोकारका कार्यालयमै ठूलो संख्यामा कर्मचारी अभाव
२७ मंसिर २०८०
•
४ मिनेट पाठ
जनसरोकारका कार्यालयमै ठूलो संख्यामा कर्मचारी अभाव
अत्यावश्यक सेवा लिनका लागि धेरै नागरिकको भीडभाड हुने जिल्ला प्रशासन कार्यालयहरूमा प्रशासनिक तहका कर्मचारी ठूलै संख्यामा रिक्त हुँदा सेवा प्रवाहदेखि सुशासनसम्मै असर पुगेको छ।




सिडिओ भन्दा तल्ला प्रशासनिक पदमा कर्मचारीको रिक्तताले जिल्ला प्रशासनले दिने सेवाहरू नागरिकसम्म सहज सरल रूपमा पुग्न कठिन भएको हो।

जिल्ला प्रशासन कार्यालयका काम कारबाहीमा प्रत्यक्ष असर परि रहेपनि सरकारले आवश्यक कर्मचारी खटनपटन गर्न लाचार बनिरहेको छ। राजनीतिक शक्तिको आडमा केन्द्रमै बस्ने कर्मचारीलाई गृह मन्त्रालयले कर्मचारी अभाव भएका जिल्लाहरूमा खटाउन निरीह बनिरहेको छ।

जिल्ला प्रशासन कार्यालयहरूमा उपसचिव ८८ जनाको दरबन्दीमा ५ पद रिक्त छन्। उपसचिव तहको सिडिओ रहेका १७ जिल्ला मध्य ५ वटा जिल्लामा सिडिओ पद रिक्त रहेको गृह मन्त्रालयको आँकडा छन्।

१ सय ८ जना अधिकृतको दरबन्दीमा ३५ पद रिक्त छन्। ५ सय ६३ नासुको दरबन्दीमा ६५ पद रिक्त छन्। ३ सय ३० जना खरिदारको दरबन्दीमा ४० पद खाली छन्।

देशका विभिन्न जिल्लाका प्रशासन कार्यालयहरूमा उपसचिव, अधिकृत नासु गरी १ सय ४५ पद रिक्त भएको हो। तर गृह मन्त्रालयमा भने २ सय १७ जना कर्मचारी पूर्ण दरबन्दी भएपनि कामविहीन छन्।

पावर र प्रभाव हुने कारण सिडिओ भएर जिल्ला जाने खोजे पनि त्यो भन्दा तल्ला प्रशासनिक पदमा कर्मचारी जानै नचाहँदा ठूलो संख्यामा दरबन्दी रिक्त हुन पुगेको हो।

संघीय संरचनामा पनि राज्यबाट नागरिकलाई जनसेवा दिने महत्त्वपूर्ण सरकारी अड्डामा जिल्ला प्रशासन कार्यालय पर्दछ। जिल्लामा व्यक्तिको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र बनाउनेदेखि दैविक प्रकोप पीडितलाई राज्यबाट राहत वितरण गर्ने काम जिल्ला प्रशासन कार्यालयले नै गर्दछ।

यसका साथै जिल्लाको बजार अनुगमन, विकास निर्माण कार्यको निरीक्षण अवलोकन, कार्यालयहरूको काम कारबाहीको अनुगमन, विभिन्न घटनाको छानबिन, अनुगमन जस्ता कार्य जिल्लाको सिडिओबाट गर्ने व्यवस्था छ।

‘जनशक्ति नहुँदा सिडिओ जिल्ला प्रशासन कार्यालयको कामको चापले बेफुर्सदिला छन्। तोकिएका ती कामकाजमा ध्यान दिन नसक्दा जिल्ला प्रशासन कार्यालयको भूमिका र नतिजामै असर पारेको छ’, गृह मन्त्रालयबाट अवकाश प्राप्त सहसचिव फणिन्द्रमणी पोखरेलले भने।

जिल्ला प्रशासन कार्यालयहरूमा सिडिओ झैँ अरू प्रशासनिक तहका कर्मचारी पनि उस्सै गरी धेरै समय काम गर्नुपर्ने अवस्था रहेको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए।

कामको चापले कर्मचारी अतिरिक्त दबाबमा खेप्नुपर्ने भएपनि सुविधाको भने अभाव छ। कर्मचारी जनताको सेवामा भन्दा सुविधा भोगी हुँदा जिल्ला प्रशासन कार्यालयमा सिडिओ भन्दा तल्लो पदहरूमा ठूलो संख्यामा कर्मचारीको अभाव भएको हो। जनता र राज्यप्रति उत्तरदायी भएर सेवा गर्ने शपथ खाएका र नागरिकको करबाट तलब सुविधा पाउने कर्मचारीबाट हदसम्ममै बदमासी समेत भइरहेको छ।

जिल्ला प्रशासन कार्यालयहरूमा जनशक्ति अभावले सेवा प्रवाह सुस्त हुनुका साथै सुशासन समेत कमजोर बनेपछि जन गुनासो चुलिँदै गएको गृहका अधिकारीहरू नै स्वीकार गर्दछन्।

‘आवश्यक जनशक्ति अभावकै कारण समयमा नागरिकता पासपोर्ट नपाउँदा जनताले दुःख पाइरहेका छन्, शान्ति सुरक्षा जस्ता काममा बाधा नपरे पनि सेवा प्रवाह राजश्व संकलनसम्म पनि राम्रै असर परेको छ’, गृह मन्त्रालयका प्रवक्ता भट्टराईले भने।

संघीयताको कार्यान्वयनसँगै अधिकार समेत स्थानीय तहमा गएपनि सिडिओको अपेक्षा जिल्लामा अझ पनि उस्तै छ। तर जनशक्ति नहुँदा सिडिओले राम्रोसँग काम गर्न कठिन भइरहेको कैलालीका सिडिओ युवराज कट्टेलले बताए।

सिडिओ भन्दा तल्ला पदका कर्मचारीहरू पछिल्लो समय बजेट बढी हुने र अतिरिक्त सुविधा भएका अड्डामा जाने कारण जिल्ला प्रशासन कार्यालयले जनशक्तिको अभाव खेपिरहेको छ। सेवाग्राहीको भीडभाड हुने, नागरिकता र पासपोर्ट जस्ता काम फेक सिफारिस लिएर पनि बनाउन आउनेहरू बढ्न थालेपछि त्यसको संवेदनशीलता र जागिर धरापमा पर्ने कारणले जिल्ला प्रशासन जान कर्मचारी पछि हटिरहेको जानकारहरू बताउँछन्।

‘जनशक्ति अभावले सुशासन दिन र सेवा प्रवाह प्रभावकारी हुन सकिरहेको छैन’, कट्टेलले नागरिकसँग भने। जनशक्ति अभावका कारण प्रभावकारी रूपमा राजश्व संकलन समेत हुन नसकेको उनले बताए।

जिल्लामा खटाइएका कर्मचारीहरू पनि मन्त्रीको पावरबाट चाहेको ठाउँमा सरुवा हुने कारण प्रशासनिक कर्मचारीको रिक्त्त पद संख्या बढ्दै गएको हो। ‘खटाएको ठाउँमा भन्दा गृहका प्रशासन तर्फका कर्मचारी पावरका आधारमा चाहेको ठाउँमा जाने अवस्था रह्यो। यो प्रवृत्तिले जिल्ला प्रशासन कार्यालयहरूमा आवश्यक जनशक्तिको अभाव सधैँ रहने अवस्था बनेको छ’, गृहबाटै अवकाश प्राप्त सहसचिव पोखरेलले भने।

जिल्लामा शान्ति सुरक्षामा खटिने सुरक्षाकर्मीहरूले राशनको सुविधा पाउँछन्। प्रशासनिक कर्मचारीले पनि उस्तै गरि जिल्लामा खटिनु परेपनि त्यस्तो सुविधा छैन। कामको चाप र विशेष सुविधा नभएका कारण जिल्ला प्रशासनमा प्रशासनिक तहका कर्मचारीको रोजाईमा नपर्ने देखिएको गृहका अधिकारीहरू बताउँछन्।

सुरक्षाकर्मी सरह नै सेवा दिन भन्दै जनार्दन शर्मा गृह मन्त्री भएको बेला प्रस्ताव गरिएको थियो तर अर्थ मन्त्रालयले उक्त प्रस्ताव फिर्ता गर्‍यो। ‘कर्मचारीले जिल्ला प्रशासन कार्यालयलाई उपेक्षा गर्नु गृह मन्त्रालयकै कमजोरी हो। कर्मचारीलाई कसरी उत्प्रेरित गरी काम गर्ने वातावरण बनाउने गृह मन्त्रालयकै काम हो। त्यसका लागि आवश्यक कदम तत्काल चाल्नु पर्छ,।’ गृहबाटै अवकाश प्राप्त सहसचिव फणिन्द्र पोखरेलले भने।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
३६ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस