वैदेशिक रोजगारीमा म्यानपावरकै डरलाग्दो ठगी
२६ मंसिर २०८०
•
५ मिनेट पाठ
वैदेशिक रोजगारीमा म्यानपावरकै डरलाग्दो ठगी
फिस्टेल ओभरसिज प्रालिका सञ्चालक रेशमराज लामिछाने। तस्बिर: नागरिक
बाध्यताले वैदेशिक रोजगारीमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। म्यानपावरको ठगीमा परेका युवा यतिबेला आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका छन्।




असार २७ मा लाखौं खर्चेर युएई पुगेका उनीहरू काम पाउने भनिएको कम्पनीको नाम र ठेगाना नै नपाएपछि अलपत्र परेका थिए। तीमध्ये चारजना आफ्नै हवाई खर्चमा बिहीबार स्वदेश फर्किएका छन् भने बाँकी तीनजना अझै भिसा अवधि सकिएका कारण ‘ओभर स्टे’मा छन्। काठमाडौं आइपुगेकाहरू भने आफू म्यानपावरकै कारण ठगीमा परेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिन पुगेका छन्।

काठमाडौं सामाखुसीस्थित फिस्टेल ओभरसिज प्रालिका सञ्चालक रेशमराज लामिछानेले युएईमा ‘हेभी-ट्रक ड्राइभर’ को माग आएको भन्दै २५ जना युवालाई घर न घाट बनाएका हुन्। सञ्चालक लामिछानेले ती युवाबाट प्रतिव्यक्ति ६ लाखदेखि सात लाखभन्दा माथि रकम उठाएको विभागमा उजुरी दिन आएका पीडितको दाबी छ।

लामिछानेले युएईमा कामसँगै तलब पनि तीन हजार दिरहम हुने र खाना खर्च छुट्टै हजार दिरहम पाइने भनी आफूहरूलाई विदेश पठाएको पीडितहरूको दाबी छ, तर उनीहरू जुन कम्पनीमा भनेर गएका थिए, त्यो कम्पनी नै नरहेको पीडितहरू बताउँछन्।
म्यानपावरका सञ्चालक लामिछानेले युएईमा पाँच महिनादेखि अलपत्र अवस्थामा पारेका सिन्धुपाल्चोकका सरोज श्रेष्ठ, ताराबहादुर श्रेष्ठ, अनिश परियार र काभ्रेका सञ्जीव कार्की रहेका छन्। उनीहरू चारैजना स्वदेश फर्किएको शनिबार तीन दिन मात्र भएको छ।

त्यस्तै दोलखाका बमबहादुर लोहार, हर्कबहादर बस्नेत र धादिङका सुरेश भुजेल भने ‘ओभर स्टे’ मा युएईमै छन्।

यसरी विदेश गएर परिवारलाई सुख दिने सपना बोकी लाखौंलाख ऋण काढेर युएई पुगेका युवाहरूको दुर्गतिको अवस्था छ। पैसा कमाउन विदेश पुगेका युवा उल्टै परिवारसँग हवाई टिकेट काट्ने पैसा मगाएर नेपाल फर्किएका छन्।

घरको आर्थिक भार सम्हाल्न विदेश जाँदा नराम्रोसँग फसेको सिन्धुपाल्चोकका अनिश परियारले गुनासो गरे। ‘पैसा कमाउनका लागि विदेश गएको थिएँ, तर कमाएर ल्याएको भन्दा बढी सकियो,’ उनले भने, ‘म्यानपावर सञ्चालक लामिछानेको मिठो कुराले यसरी भुट्यो कि हामीले आफूहरू फसेको एक प्रतिशत पनि सुइँको पाएनौं। अहिले उसकै ठुला कुरा छन्। कसरी नेपाल जान्छौ जाओ, मेरो मतलबको कुरा होइन भनेपछि हामी नेपाल फर्किन बाध्य भएका हौं।’

उनले थपे, ‘खान–बस्न झन् समस्यामा पर्दै गएका थियौं। खानका लागि एनआरएनले केही सहयोग गरेको थियो। पटकपटक सम्पर्क गर्दा पनि लामिछाने हाम्रो सम्पर्कमा आउनै चाहेनन्।’
‘युएईस्थित नेपाली दूतावासमा पनि खबर ग‍र्‍यौं। त्यहाँको दूतावासले लामिछानेलाई बोलाएर केरकार गरेको पनि थियो।

फिस्टेल म्यानपावरका सञ्चालक लामिछाने दूतावास आउनै चाहेका थिएनन्। घरी कहाँ छु, घरी बिरामी भएर आलसतालस भएको छु भनेर पटकपटक नाटक गर्दै आएको थियो,’ पीडितले भने।

युएईस्थित नेपाली दूतावासमा लामिछानेले प्रत्येक व्यक्तिसँग ६ लाखभन्दा बढी लिएको स्वीकारेको र सो रकम फर्काउने वचनका साथ दूतावासलाई पत्र पनि लेखेको विभागमा उजुरी दिन आएका युवाले बताए।
‘दूतावासले लामिछानेलाई हामीसँगको सम्पर्कपछि काम पनि लगाइदिने र पैसा पनि फिर्ता गर्ने भनेको थियो, तर उसले सबै कुरा झुट बोलेको रहेछ। १० दिनपछि त फेरि सम्पर्कविहीन हुँदा हामी स्वदेश फर्किएका हौंं,’ सिन्धुपाल्चोकका सरोज श्रेष्ठले भने।

लामिछानेमार्फत विदेश पुर्‍याइएका युवा मात्र ठगीमा परेका होइनन्, स्वदेशमै रहेका थुप्रै युवा पनि विदेश उडाउने विभिन्न सपना देखाउँदै लाखौंलाख पैसा असुल्दै आएको विदेश जान बाँकी पीडितको गुनासो छ।

ठगीको सिकारमा परेका नारायण श्रेष्ठ, लोकबहादुर श्रेष्ठ, बुद्ध लामा, सागर श्रेष्ठ, सुमन केसी, नरहरि तिमल्सिना, दीपेन्द्रबहादुर राउत, दीर्घबहादुर मगर, मुक्तबहादुर पाख्रिन र राजेश कार्कीलाई वैदेशिक रोजगारीमा पठाइदिने भनी पीडक लामिछानेले रकम असुलेको पीडित श्रेष्ठले बताए।

‘युएईमा पाँच महिना बित्दा पनि न काम पायौं, न त लाइसेन्स नै बन्यो। ऋण काढेर लामिछानेको बैंक खातामा जम्मा गरेको पैसा फिर्ता पनि भएन,’ उनले भने, ‘पैसा पहिल्यै जम्मा गर्न लगायो। ऋण काढेर भए पनि हामीले भनेकै समयमा दियौं।’

वैदेशिक रोजगार ऐन र नियमावली अनुसार वैदेशिक रोजगारीका नाममा हुने ठगी घटनाका उजुरी लिने र मिलापत्र गराउने, उजुरीको अनुसन्धान गर्ने, मुद्दा दायर गर्ने, जरिवाना गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई मात्रै छ।
बेरोजगारी समस्याले पिरोलिएका सर्वसाधारण युवा सचेत नहुँदा वैदेशिक रोजगारीको बहानामा ठगीको सिकार बन्ने क्रम बढ्दो रहेको वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले बताए।

युएई पठाउने भन्दै युवामाथि ठगी गर्दै आएको फिस्टेल म्यानपावर कम्पनीलाई प्रतिक्रियासहित पत्राचार गरेका छौं। युएईबाट फर्किएकाको मागसहितको निवेदन लिने छौं। त्यसपछि कानुनी प्रक्रिया अगाडि बढाउने छौं,’ भुसालले भने।

‘फिस्टेलका सञ्चालक लामिछानेले यो विषयलाई मध्यनजर गर्दै विभागमा आएर छलफल गरे भने समस्या टुंगिइहाल्यो। त्यसो भएन भने फिस्टेलमा रहेको धरौटीबाट पीडितलाई क्षतिपूर्ति रकम भर्पाइ गर्छाैं। साथै वैदेशिक रोजगार ऐनबमोजिम सञ्चालक लामिछानेलाई कानुनी दायरामा ल्याउने छौं,’ भुसालले भने।

‘ठगी गर्नेलाई कानुनी कारबाही गरी रकम फिर्ता गराउने र पीडकलाई दण्डित गर्ने कुरा त छँदै छ,’ भुसाल भन्छन्, ‘रोजगारीमा जान लागेका व्यक्ति र उसको परिवार बेलैमा सचेत हुने हो भने ठगी हुने सम्भावना रहँदैन। पैसा बुझाउने बेलामा कागज नगरिएका धेरै घटना पाइएका छन्।’
फिस्टेलमार्फत ठगीमा परेका युवाका लागि मर्का नपर्ने गरी कानुनी उपचारका लागि लड्नुपर्ने र ठगीमा परेकाहरूले राहत पाउनुपर्ने कुरामा निर्देशक भुसालले जोड दिए।

चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउनदेखि कात्तिक मसान्तसम्म) मा वैदेशिक रोजगार विभागमा एक हजार आठ सय ८२ वटा उजुरी परेका छन्। विभागका विभिन्न शाखामा दर्ता भएका उजुरीमध्ये ६ सय ३९ वटा फछ्यौट भइसकेको छ।

यो चार महिनामा विभागको उद्दार, राहत तथा समन्वय अनुगमन शाखामा दुई सय ६९ उजुरी परेका छन्, जसमध्ये ९६ वटा मिलापत्रबाट टुंगिएको छ। सो शाखामा अझै एक सय ७३ उजुरी टुंग्याउन बाँकी छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
३८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस