मारिने जोखिमकै बीच रुसी सेनामा जादैछन् नेपाली
२६ मंसिर २०८०
•
५ मिनेट पाठ
मारिने जोखिमकै बीच रुसी सेनामा जादैछन् नेपाली
वैदेशिक रोजगारीका आकांक्षी नेपालीले रुस–युक्रेन युद्धलाई समेत उपयोग गर्दा आफूलाई जोखिममा पारेका छन्। चालु आवमा रुस जाने नेपाली युवाको संख्या ह्वात्तै बढ्नुको कारण जोखिम भए पनि रोजगारीको खोजी हो।




वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० बीच सात सय ४४ नेपाली श्रम स्वीकृति लिई रुस पुगेका छन्। चालु आव सुरु भएसँगै रुस जाने युवाको संख्या अझै बढेको छ। पाँच वर्षमा रुस गएको संख्याभन्दा बढी गत वैशाखदेखि कात्तिकसम्ममा पुगेको छ। यसबीच श्रम स्वीकृत लिएर पाँच सय ३३ जना रुस पुगेका हुन्। अध्ययन, भ्रमण, रोजगारी र अन्य उद्देश्यले नेपाली युवा रुस पुगेका हुन्।

रुसमा पढ्न र रोजगारीका लागि नेपाली युवा रुस–युक्रेन युद्ध सुरु हुनुभन्दा अघिबाटै जाने गरेका थिए। युद्ध सुरु भएपछि झन् धेरै रुस जाने क्रम बढेको छ। विभागको तथ्यांकअनुसार चालु आव २०८०/८१ का प्रत्येक महिनाको तुलना गर्दा संख्या बढेको हो।

वैदेशिक रोगजार विभागको तथ्यांकअनुसार यो वर्ष वैशाखमा १७ जनाले मात्रै रुसमा काम गर्न श्रमस्वीकृति लिएका थिए। तर त्यो संख्या जेठमा आइपुग्दा ह्वात्तै बढेर एक सय ७९ पुगेको देखिन्छ। जेठको सुरुमा रुसी राष्ट्रपतिले त्यहाँको सेनामा एक वर्ष काम गर्ने विदेशी नागरिकलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति दिने योजना ल्याएको विवरण प्रकाशित भएको थियो। त्यसपछि जेठमा एक सय ७९ जना नेपाली नागरिक रुस गएको देखिन्छ।

साथै असारमा ३३, साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७ र कात्तिकमा ४३ जना रहेका छन्।

त्यस्तै २०७८ फागुन १२ देखि रुस र युक्रेनबीच युद्ध सुरु भएपछि रुसी सेनामा भर्ना भएका ६ नेपालीको मृत्यु भयो भने एक जना नेपाली युवा युक्रेनमा बन्धक छन्। परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा छन्। उनलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ। यसरी वैदेशिक रोजगारीमा खट्किएका नेपाली युवा रुसी सेनामा भर्ना हुन् लालायित रहेको र राज्यले युवालाई भरपर्दो रोजगारी दिन नसक्दा यस्ता समस्या आइरहेको अधकारीहरू बताउँछन्।  

‘नेपाली युवालाई भारत र युएईको बाटो हुँदै रुस पुग्ने गरेका छन्। उनीहरूलाई सेनामै लगिएको भन्ने देखिँदैन तर जानेहरूलाई सेनामै जाँदै छु भन्ने जानकारी भएकै हुन्छ,’ एक सरकारी अधिकारीले भने।  

देशमा रोजगार नपाएका युवा विदेशी सेनामा पाए पनि जान नेपाली तयार छन्। त्यति मात्र होइन, देशमा जस्तोसुकै काम भए पनि छोडेर जाने प्रवृत्ति देखिएको छ। ‘नेपाली भन्नेबित्तिकै वीर गोर्खाली भनेर संसारभर परिचय छ। सेनामा नेपाली युवालाई भर्ना लिने कारण यो पनि हो,’ उनले भने, ‘आँटिलो र साहसी नेपाली भएकैले सेनामा भर्ती लिने गरेको हो। रुसी सेनामै भर्ती हुने नेपाली युवालाई ३ लाखभन्दा बढी रूपैयाँ मासिक तलब हुने खुल्न आएको अधिकारीले बताए।  

वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीलेका अनुसार विभागको तथ्यांकअनुसार सबैजना रुसी सेनामा गएको भन्न त मिल्दैन। तर, त्यहाँको सेनामा जाने धेरैजसो नेपालीहरू नेपालबाहिरैबाट प्रक्रिया मिलाएर रुस गएको देखिन्छ। नेपालबाट सिधै रुस गएर त्यहाँको सेनामा भर्ती हुनेभन्दा पनि पहिले अरू देश जाने अनि उतैबाट रुस पुग्ने गरेको हाम्रो आकलन छ।  

युद्ध सुरु भएपछि रुसले एक वर्ष सेवा गर्ने सेनालाई आफ्नो नागरिकता नै दिने घोषणा गरेको छ। त्यति मात्र नभएर आकर्षक सुविधा दिलाउने वाचा गरेको पनि अधिकारी बताउँछन्। साथै बीचैमा सम्झौता तोडेर सेना छाड्न चाहने युवालाई भने उल्टै रकम उठाउनेजस्ता कडा सर्तहरू पनि समावेश छन्। तर सैन्य भर्तीबारे कुनै पनि सम्झौता नेपाल सरकारसँग नभएको उनले बताए। रुसी सेनाको केही समयको तालिम अवधिपछि सेनामै भर्ती गर्ने गरेको केही अधिकारीले बताए।  

‘बेलायत र भारतबाहेक अरू देशमा नेपालबाट सैनिक भर्ना पठाउने व्यवस्था छैन,’ उनले भने, ‘तर फ्रान्स, रुस, अफगानिस्तान, युक्रेनलगायत अन्य देशमा नेपाली सैनिक छन्। अमेरिकामै पनि कतिपय यस्ता सैनिक छन्, जसमध्ये धेरैले ग्रिनकार्ड लिए पनि आफूसँग नेपाली नागरिकता साथै राखेका सूचनाहरू छन्।’

बेलायती सेनाले नै भर्ना गरेका नेपाली युवालाई सिंगापुर प्रहरी, ब्रुनाईका सुल्तानको सुरक्षा आदिमा पनि पठाउने गरेको छ। श्रमस्वीकृति लिएका नेपालीले रुसी सेनामा जाने नभई अन्य कामका लागि रुस जान भनी आवेदन दिन आउने गरेका विभागका सूचना अधिकारी उप्रेतीले जानकार गराए।  

‘धेरै नेपाली युवा रुसी सेनामै जाने भनेर गएका हुँदैनन् तर विदेश जाने भनेकै पैसा कमाउने उद्देश्य हो। रुसी सेनाको मासिक तलब राम्रो हुँदा रुस तथा अन्य देश गएका प्रायः युवाको सोच रुसी सेनामा भर्ती हुने हुन्छ,’ उनले भने।  

केही नेपालीभाषी युवाले आफू रुसी सेनामा भर्ती भएको भन्दै टिकटकमा भिडियो हालेपछि चर्चित पनि भएका छन्। जसले गर्दा शिक्षा, भ्रमणआदि भिसामा मात्र नभई नेपालबाट भूतपूर्व सैनिक तथा प्रहरीदेखि वैदेशिक रोजगारीका लागि जान इच्छुक तर अन्य देशमा भिसा नलागेका व्यक्तिले पनि रुसी सेनामा भर्ती हुने इच्छा जाहेर गरेका केही मानिस पनि रहेका छन्। ‘देशमा रोजगार छैन। बिहानबेलुका छाक टार्न गाह्रो भइसक्यो। यहाँ जिउँदै मर्नुभन्दा बरु काम गरेका परिवारलाई पाल्नु राम्रो हो। त्यहाँको सैनिक हुन पाए आफू पनि पालिने परिवार पनि खुसी हुने। बरु जाने पाए त हुन्थ्यो,’ विदेश जान इच्छुक एक युवाले भने।  

तीन लाखबढी रूपैयाँ तलब  

एक वर्षको सम्झौता पूरा भएपछि रुसी नागकिता, पासपोर्ट र परिवार नै रुस लैजान पाउने भन्दै धेरै युवा आकर्षित भएका छन्। तर, हाल रुसी सेनामा नेपाली युवा भर्ती हुन जानु सुरक्षा जोखिमसँगै कानुनविपरीत रहेको विज्ञहरूले औंल्याएका छन्।

नेपाली नागरिक गैरकानुनी वा सुरक्षा जोखिम हुँदाहुँदै अन्य देशको सैन्य बलमा भर्ती हुनु नेपालमा व्याप्त बेरोजगारीसँग सम्बन्धित भएको विभागका अधिकारीले बताए। ‘जुन देशमा भए पनि सेनालाई युद्धकै लागि तयार गरिन्छ। तर उनीहरूले युद्ध मैदानको जोखिमभन्दा बढी आम्दानी हेर्नुपर्ने स्थिति छ। किनकि नेपालमा एउटा व्यक्तिले कमाएर आफ्नो मात्र होइन, पूरै परिवार पनि पाल्नु पर्ने हुन्छ,’ एक अधिकारी भने।  

पढाइ वा भ्रमण जुनसुकै बहानामा विदेश जाने नेपालीको उद्देश्य काम र कमाइ भएको देखिन्छ। रुसी सेनामा भर्ती हुँदा केही वर्षमा कमाइने रकम केही महिनामै पाउने भएकाले पनि त्यसतर्फ आकर्षित भएका हुनसक्ने अनुमान विज्ञहरूको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
२७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस