कृषकहरूले खेतलाई सफा राख्ने नाममा आगो लगाई मित्र जीव मास्ने गरेका छन । धान र गहुँ बाली काटे पछि कृषकहरूले खेतमा आगो लगाउने गरेका हुनआगलागीले खेतमा रहेका मित्र जीवहरू गडौला, बेक्टेयिरा लगायतका मित्र जीवहरू नासिने गरेका छन।
जथाभाबी खेतमा आगो लगाउनाले आगलागीको घटनामा समेत वृद्धि भएको छ।प्रहरीका अनुसार खेतमा लगाइएको जथाभाबी आगलागीले आगलागीका घटनामा समेत वृद्धि भएका छन। जिल्लाका अधिकांश कृषकहरूले कम्बाईनले धान र गहुँ स्याहार्ने गरेका छन। कम्बाईनले धान स्याहारे पछि खेतमा धान र गहुँका ठुटा रहने गर्छ।त्यही ठुटा र छवालीलाई कृषकहरूले आगो लगाउने गरेको कृषि कार्यालयका कर्मचारीहरू बताउँछन्।
कृषकहरूले खेत खेतमा उत्पादन भएका धान बाली कम्बाईन मेशिनले स्याहारेर घर भित्राई सकेका छन्। खेतमा बचेका धानका डाँठ र छ्वालीलाई उनीहरुले आगो लगाएर खेतमा नष्ट गर्ने गरेका छन् । ठाउँ ठाउँमा खेतमा आगो लगाइएको दृश्य अहिले सामान्य जस्तो बनेका छन् । धान र गहुँ कम्बाईले काटे पछि कृषकहरूले बाँकी रहेको नलमा हरेक वर्ष २ पटक अर्को बाली लगाउन सजिलोका लागि आगो लगाउने गर्छन।
कम्बाइन हार्वेस्टरले क्षणभरमै धान र गहुँको नल र दाना छुट्ट्याउँछ।कम्बाइन हार्वेस्टरले धान र गहुँको बोट अर्थात् नलको आधा भाग खेतमै छोडिदिन्छ। खेतमा रहेको नल ननिकाल्दा खनजोत गर्न कठिन हुन्छ। काटेर निकाल्न खर्चिलो हुन्छ । यस कारण नल नष्ट गर्न खेतमा आगो लगाउने चलन सुरु भएको हो।आगो लगाउँदा खेत, आली र कान्लामा उम्रेका काँडा प्रजातिका झारपात नष्ट हुन्छन् र बाली नोक्सान गर्ने किराफट्यांग्रा पनि मर्छन् भन्ने किसानहरूको बुझाइ छ।
कृषकहरूको यो कार्यले गर्दा आगलागीको जोखिम बढेको छ नै त्यो भन्दा पनि खेतमा रहेको माटोको उर्वराशक्ति नाश गरेर उनीहरुले आफ्नो खुट्टामा आफैले बन्चरो हानी रहेको कृषि प्राविधिकहरू बत्ताउँछन् । ‘ अज्ञानताका कारण कृषकहरूले अहिले खेतमा आगो लगाउने गरेका छन्, यसले आगआगीको जोखिम बढेको छ ’ कृषि ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले भने ‘ यसले खेतमा रहेको माटोको उर्वराशक्तिलाई समेत कृषकहरूले आफैले नष्ट गरी रहेका छन ’।
कपिलवस्तु नगरपालिका– ९ निगालीकोट नजिकै रहेको खेतमा लगाइएको आगो।धानको डाँठ र छ्वालीलाई जलाए पछि मल हुने कृषकहरूको बुझाई छ।जथाभाबी लगाइने आगोले गर्दा खेतमा रहेका मित्र जीव, घाँसपात, हरियाली जलेर नष्ट हुँदा माटोलाई चाहिने पोषक तत्त्व समेतलाई नोक्सानी हुने गरेको उनी बताउँछन् । ‘ गडौला, ब्याक्टेरिया लगायतका मित्र जीवाणुहरू नाश भए पछि माटोको उर्वराशक्तिमा ठुलो ह्रास आउँछ, जसले गर्दा उत्पादन समेत कमी आउँछ ’ उनले भने।खेतमा रहेका घाँसपात समेत आगलागीले नष्ट भएकाले पशुहरूलाई चर्न समेत समस्या हुने उनले बताए।
आगो लगाउँदा जमिनको सतहमा रहेको नाइट्रोजन, फस्फोरस, पोटास लगायतका पोषक तत्त्व पनि नष्ट हुने केन्द्रका अर्थ विज्ञ महेन्द्र ओझाले बताए। झारपात र बुटा डढेको खरानीमा बालीनालीलाई चाहिने सबै तत्त्व हुँदैन । आइतबार आफ्नो खेतमा बचेका गहुँका ठुटोमा आगो लगाएका कपिलवस्तु नगरपालिका– ३ बरन्डीहवाका कृषक रामु नाउले जलाए पछि बचेका खरानीले मलको काम गर्ने बताए।खेतमा लगाइने आगोले गर्ने नोक्सानीका बारे अन्जान रहेको उनले आफूले हरेक वर्ष खेतमा यसरी नै आगाले लगाउने गरेको बताए। ‘
खेतमा पानी छैन, सुख्खा मौसम छ, बचेको खरानीले मलको काम गर्छ त्यसले आगो लगाएको हु ’ उनले भने । कृषक रामु जस्तै बुझाई भएकाले जिल्लाका अधिकांश कृषकले खेतमा आगो लगाउने गरेका छन्। डाँठ बाँकी रहेको खेतमा आगो लगाउनुको साटो त्यसलाई पानीले डुबाएर राख्नु पर्ने कृषि प्राविधिकहरू बताउँछन् ।पानीले डाँठ सडेर मल हुने भएकाले खेतमा पानी भरेर छाड्नु पर्ने प्राविधिक महेन्द्र ओझाले बताए।
कपिलवस्तु नगरपालिका– ९ निगालीकोट नजिकै रहेको खेतमा लगाइएको आगो।ज्ञान केन्द्रका प्रमुख पौडेलले खेत खेतमा लगाइने आगोलाई रोक्नु पर्ने बताए । आगलागीको जोखिम कम गर्न र खेतको उर्वराशक्ति नाश हुनबाट जोगाउन यो कार्यलाई निरुत्साहित गर्न जरुरी छ ’उनले भने । । उता प्रहरी र प्रशासन कार्यालयले खेतमा जथाभाबी आगो नलगाउनु भनी सुचना जारी गरेको छ । तर कृषकहरूले आगो लगाउन भने छाडेका छैनन । भुस बनाउने कम्बाईन हारबेस्टको प्रयोगमा जोड दिँदै आगलागीलाई रोक्न नगरपालिका र गाउँपालिकाले अग्रसरता लिनु पर्ने कृषि प्राविधिक बताउँछन्। ‘नगरपालिका र गाउपाकिालले नै सुचना जारी गर्नु पर्छ, अटेर गर्नेलाई कारबाही गरिए यस्ता कार्यका कमी आउँछ ’ उनीहरु भन्छन।
२०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि पश्चिमतरिको जङ्गलमा आगो लागेको थियो। सोही आगो निभाउन भनेर राजपुर गाउँपालिका–७ हाडबासका खिमलाल खत्री गएका थिए। गाउँले सबै त्यहीँ गएको समयमा छिमेकीको एक घरमा आगोले भेट्यो। त्यही आगोले खत्रीको घर पनि भेट्यो। घरभित्र रहेको सबै अन्नपात जलेर छिनभरमै खरानी भयो। छोराले गाडीको हेबी लाइसेन्स बनाउन भनेको थियो त्यो बुझाउनका लागि एक लाख ऋण गरेर ल्याएको पैसा र घरमा भएको २० हजार पैसा थियो त्यो पनि जल्यो। घरमा भएको अन्नपातदेखि सबै सामग्री खरानी भयो।
यस्तो होला भनेर हामीले सोचेका थिएनौं अहिले खुल्ला आकाशमा बस्नु परेको छ खत्रीले भने। पाँचबोरा तोरी, मसुरो, चार क्विन्टल आलु थियो, सबै खरानी भयो। घरमा भएको अन्नपात लत्ताकपडा, भाँडाकुँडा केही पनि झिक्न नपाएको उनले सुनाए। शरीरका कपडाबाहेक केही बचेको छैन। कुखुराको खोर, गाईगोठ र बस्ने घर सबै जलेर आँखै अगाडि खरानी भयो। त्यही खरानीको थुप्रो हेरेर दिनरात कटाउँदैछौं उनले भने।
सोही ठाउँकी लक्ष्मी भण्डारीको घर, गोठ, बाख्राको खोर र कुखुराको खोर जलेर खरानी भएको छ। एक्कासि आगो घरमा आयो चारैतिरबाट घेरा हालेको आगोको रापले घरभित्र बस्न सकेनौँ बाहिर निस्कँदा घरभित्रको सामान सबै जल्यो सुत्ने खाट, दराज, टेबल सबै जलेर खरानी भयो भण्डारीले भनिन्, “छवटा बाख्रा र पाँच सय कुखुरा पनि जलेर खरानी भए।” आगालागीले सबै जलेपछि केही सामग्री आएको छ, तर पकाउनका लागि भाँडा छैन। उनका लगाउने चप्पल पनि जलेर खाली खुट्टा हिँडेकी छिन्।
सोही गाउँकी मिनीकुमारी बोहराको पाँचजनाको परिवार पनि खुल्ला आकाशमुनि बसेको छ। घरको अन्नपात, गोठ बाख्राको खोर सबै जल्यो। मान्छे कसरी सुरक्षित हुने भन्ने मात्रै सोच आयो सबै घरबाहिर रुवावासी गर्न थाल्यौं। घर नजिकमा पानी पनि छैन केही पर बग्ने राप्तीमा तल झर्ने बाटो छैन त्यहाँबाट पानी ल्याउन सम्भव भएन। गाउँले सबैको घर छिनभरमै खरानी भयो। घर छेउमा रहेका रूखबिरुवा पनि जलेका छन्।
वडा नं ७ का अध्यक्ष पुस्कर वली घटनास्थलमै थिए। घटनाका बारेमा जानकारी प्राप्त हुने बित्तिकै आफू त्यहाँ पुगेको उनले बताए। स्थानीयवासीको उद्धारका लागि उनी लागिपरेका छन्। प्रहरीसँगको सहकार्यमा क्षतिको विवरण सङ्कलन गर्न लागेका छन्। गाउँसम्म पुग्ने बाटो नहुँदा आगो निभाउन दमकल पुग्न नसकेको उनले बताए।
नजिकै राप्ती नदी छ तर त्यहाँबाट पानी ल्याउन भाँडा नभएका कारण आगो नियन्त्रण हुन नसकेको अध्यक्ष वलीले बताए। आगलागीबाट २३ घर र एक सय १० जना प्रभावित भएका छन्। आगलागीस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरू परिचालन भए पनि पर्याप्त पानीको स्रोत नहुँदा र भौगोलिक कठिनाइका कारण आगो नियन्त्रणमा ल्याउन कठिनाइ भएको उनले बताए।गाउँको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। रूखहरु जलेर धुवाँ उडिरहेको छ।
पानी र बत्तीको समस्या
गर्मी मौसम सुरु भएपछि जङ्गलमा आगो लाग्यो खानेपानीको पाइप सबै जल्यो। त्यसपछि हाडबासका स्थानीयलाई पानीको समस्या भयो। एक घण्टाको दूरीमा रहेको हाटबास खोलामा बालुवा खोस्रेर बनाइएको जरुवाबाट पानी ल्याएर जीविका चलाएको स्थानीय लक्ष्मी भण्डारीले बताए। एक घण्टाको उकाली ओराली गरेर ल्याएको पानीले जीविका चलेको छ भण्डारीले भने, 'आगलागी भएपछि गाउँमा बिजुलीबत्ती छैन। तीन दिन भयो, बत्ती नभएकाले मोबाइल फोन चार्ज गर्न पनि सकेका छैनौँ। सञ्चारविहीन भएका छौँ।'
आगलागीपीडितलाई स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल
दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँवासीले आगलागीबाट ठूलो भौतिक क्षति व्यहोर्नु परेको घटनाप्रति नागरिक समाज दाङले दुःख व्यक्त गरेको छ। वैशाख १६ गते नजिकैको सामुदायिक वनबाट बस्तीमा पसेको आगोले हाडबास गाउँका २३ घरगोठ जल्दा दर्जनौँ चौपाया, पक्षी मर्नाका साथै अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलेर गाउँ नै खरानी भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित गाउँलेको उद्धारपछिको उचित राहत व्यवस्थापनामा ध्यान दिन सबैमा हार्दिक अपिल गरेको छ।
नागरिक समाज दाङका संयोजक नीमबहादुर थापा र सचिव नारायणप्रसाद श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ। पीडादायी घटनाप्रति मानवीय समवेदना आत्मसात् गरेर उदार मनले सहयोग कार्यमा जुट्न स्थानीय सरकार, सरकारी, गैरसरकारी कार्यालय, सङ्घसंस्था, व्यापार सङ्घ, रेडक्रस, उद्योगी, व्यवसायी एवम् सबै मनकारीमा नागरिक समाज दाङले अनुरोध गरेको छ।
आगलागीका कारण गाउँवासीको बसाइ व्यवस्थापनसँगै खानपानमा ध्यान दिन तथा खानेपानीको पाइप जलेको हुँदा अर्को व्यवस्था नभएसम्मका लागि सुरक्षित खानेपानीको सहज रुपमा उपलब्ध गराउन आग्रह गरेको छ। आगलागीका कारण गाउँवासीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या आउने सम्भावना भएको हुँदा स्वास्थ्य उपचारसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन पनि समाजले अपिल गरेको छ। विपन्न परिवार बसोबास गर्ने घरको खरको छाना विस्थापन गरी टिन लगाउने अभियान अहिले अलपत्र परेको हुँदा यस प्रकारका विपद्बाट क्षति भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अविलम्ब खरको छानो विस्थापन अभियान कार्यान्वयन गर्न पनि राज्यका तीन तहका सरकारलाई सचेत गराइएको छ।
बढ्दो गर्मी अनि हावाहुरीले जताततै आगलागीको जोखिम कायमै रहेको हुँदा जोखिम बस्तीमा सचेतना अभियान व्यापक बनाउन पनि सरोकार सबैमा नागरिक समाज दाङले ध्यानाकर्षण गराएको समाजका सचिव श्रेष्ठले बताए। साथै, नागरिक समाजले आगलागीको घटनालगत्तै उद्धारमा अहोरात्र खटिएर सुरक्षा दिनुभएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय सरकार, जनप्रतिनिधि, अमिलियावासी, स्थानीय, पत्रकारलगायत सबैमा आभार प्रकट गरेको छ।
आगलागीबाट ८७ लाख ७५ हजार बराबरको क्षति
गाउँमा रहेका २८ घरमध्ये २३ घर आगलागीबाट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए। आगलागीबाट ८७ लाख ७५ हजार बराबरको क्षतिको प्रारम्भिक अनुमान रहेको प्रवक्ता मल्लले जानकारी दिए। पीडितलाई राहतस्वरुप घोराहीमा रहेको मानव कल्याण तथा वातावारण संरक्षण केन्द्र र वडा कार्यालयले खाद्यान्नसहित चाउचाउ र बिस्कुट म्याट र त्रिपाल वितरण गरेको थियो। रञ्जिता अधिकारी/रासस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...