पोस्तोल र २० थान गोलीसहित हेटौंडाबाट तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौंडा-९ का ३३ वर्षीय निश्चल पौडेल, ९ कै ३५ वर्षका गणेश घले र ३० वर्षका प्रितम क्षेत्री रहेका छन्।
उनीहरुको साथबाट राउण्ड सेभेन लेखेको एकथान पेस्तोल, पेस्तोलमा लाग्ने केएफ ७ लेखिएको ७५ एमएमको १९ राउण्ड गोली, ९ एमएमको एक राउण्ड गोली, हरियार सफा गर्ने एकथान रड, लागूऔषध खैरोहिरोइन २ ग्राम ४ सय मिलिग्राम र लागूऔषध तौल गर्ने डिजिटल तराजु दुई थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मंसिर १८ गते रातको समयमा हेटौंंडा-९ कै सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार भएको घटनाको सन्दर्भमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) सिताराम रिजालले जानकारी दिए।
‘हेटौंडा-९ का सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार भएपछि गोली प्रहार गर्नेहरुको खोजी कार्यलाई तीव्र पारेका थियौं’, प्रहरी उपरीक्षक रिजालले भने, ‘उक्त घटनामा संलग्न तीनै जनालाई हेटौंडा-१० बाट पक्राउ गरिएको हो।’
उनीहरुको साथबाट ना २५ प ३३०५ नम्बरको युनिकर्न मोटरसाइकल, ना ६३ प ९६७८ नम्बरको मोटरसाइकल, ५ थान मोबाइल, नगद ५० हजार र घटनामा प्रयोग भएको एकथान कपडा समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
उनीहरूमाथि आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको मकवानपुर प्रहरी प्रवक्ता (प्रहरी नायब उपरीक्षक) लक्ष्मी भण्डारीले जानकारी दिए।
प्रहरीले काठमाडौं महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट सात थान पेस्तोल, छ थान म्याग्जिन र ३३ राउण्ड एसएलआरको गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर गढी गाउँपालिका–८ घर भई हाल तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने ३० वर्षीय हिराबहादुर मगर तथा रामेछाप मन्थली नगरपालिका घर भई हाल काठमाडौं महानगरपालिका–१६ बोहरेटार बस्ने २८ वर्षीय लक्ष्मण श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिए ।
उनले भने, ‘हिराबहादुरले पार्किङ गरी राखेको बा प्र ०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहियार रहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी पोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ट्याक्सीमा तलासी गर्दा डिक्की भित्र लुकाइ राखिएको अवस्थामा उक्त हातहतियार फेला पारी दुई जनालाई पक्राउ गरिएको हो ।’
हिराबहादुर मगरलाई हिजो र लक्ष्मण श्रेष्ठलाई आज पक्राउ गरिएको र उनीहरुको साथबाट प्रहरीले पेस्तोल सात थान, म्याग्जिन ६ थान, एसएलआर राईफलमा प्रयोग हुने गोली ३३ राउण्ड, ‘वाकीटकी ह्याण्ड सेट’को ब्याट्री एक थानलगायतका सामान बरामद गरिएको प्रवक्ता चन्दले बताए ।
फेला परेको हतियारका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...