कोरिया भाषाको परीक्षामा पुन सामेल हुन पाउनु पर्छ भन्दै पीडितहरू आन्दोलनमा
२१ मंसिर २०८०
•
४ मिनेट पाठ
कोरिया भाषाको परीक्षामा पुन सामेल हुन पाउनु पर्छ भन्दै पीडितहरू आन्दोलनमा
वैदेशिक रोजगारीका लागि कोरिया जाँदै गरेका युवाहरू आन्दोलित  भएका छन्। पानीजहाज कम्पनी अर्थात ‘सिप बिल्डिङ’ मा सन् २०२३ मा परीक्षा दिई अनुत्तीर्ण रहेका २८ हजार युवाहरूले दोश्रोपटक पनि परीक्षा दिन पाउनु पर्छ भन्दै  आन्दोलन गरेका हुन । रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यालय अगाडि उनीहरूले आन्दोलन गरेको आज तीन दिन भइसकेको छ।




लामो समय पढेर पनि कोरिया जानको लागि लिइने परीक्षामा सामेल हुन नदिएको भन्ने उनीहरूको गुनासो रहेको छ। ईपीएस अन्तर्गत कोरियाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन मागेको छ। अनुमानित १५ हजार ८ सय ४८ जनाका लागि कोरियाले आवेदन माग गरेको हो।

उक्त मागअनुसार पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिने समय तोकिएको छ। त्यसरी आवेदन दिनको लागि विभिन्न मापदण्ड तोकिएका छन्। त्यसमा यसअघि सिप बिल्डिङ क्षेत्रको लागि आवेदन दिएर फेल भएकाहरूले सहभागी हुन पाउने छैनन्। उनीहरूले सिप बिल्डिङको लागि परीक्षा दिएको भन्दै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने व्यवस्था गरेको हो।

कोरिया जान भनेर तीन वर्षदेखि कोरियन भाषा तयारी गरिरहेको एक पीडितले बताए। ‘तीन वर्षदेखि कोरिया भाषा पढे। त्यसपछि सिप बिल्डिङको परीक्षा दिएको थिए। त्यसमा ३७ आउँदा पनि नाम निस्किएन। अहिले खुलेको सूचनामा आवेदन दिन नपाउने भनेको छ। हामीले वषौ लगाएर पढेको खेर जाने भयो। हाम्रो भविष्य नै चकनाचुर हुने भयो। यो घोर अन्याय भएको छ,’ उनले भने।

‘कोरियामा गाउँका दाजुभाइ गएर प्रगति गरेको देखेर नै अरू काम छाडेर पनि कोरियन भाषा पढ्नतिर लागियो। त्यही पनि हाम्रो धेरै समय यसैमा बितेको छ। अब यो वर्ष आवेदन दिन नपाउने भएपछि हामीले के गर्ने ?’ उनले प्रश्न गरे।

यसअघि सिप बिल्डिङको आवेदन आह्वान गर्दा केही पनि जानकारी नदिएको उनीहरूको भनाई छ। सिप बिल्डिङको आवेदन दिएपछि अर्को सूचना जारी गरेर यही वर्ष हुने अर्को परीक्षामा भाग लिन नपाउने भनेको थियो। उक्त कार्यप्रति आन्दोलित युवाहरूको आपत्ति रहेको छ।

उक्त मापदण्ड तोकिएपछि सिप बिल्डिङको परीक्षा दिएर अनुत्तीर्ण भएका २८ हजार ४ सय ९ जनाले यसका लागि आवेदन दिन पाउने छैनन्। उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएपछि उनीहरू चिन्तित हुनुका साथै आक्रोशित बनेका छन्। उनीहरूले ईपीएस कोरिया शाखा कार्यालय, एचआरडी कोरियाको समेत ध्यानाकर्षण गराएका छन्।

सिप बिल्डिङको परीक्षामा ३७ ल्याउँदा पनि फेल भएको उनीहरूले बताए। तर, अब उत्पादनमूलक क्षेत्रमा ३० अंक ल्याउँदा समेत पास हुने अवस्था आएको आन्दोलनमा सक्रिय विवेक बस्नेत बताउँछन्। कोरिया जाने सपनाले पिरोलिरहेका २८ हजार नेपालीको भविष्य माथि खेलबाड गर्ने काम भइरहेको छ,’ उनले भने।

‘वर्षौँ लगाएर कोरिया भाषा पढेका हौँ। यसमा धेरै मेहनत छ हाम्रो। ३७ ल्याउँदा पनि फेल भएका छौँ,’ उनले भने, ‘अब ३० अंक ल्याउने पनि पास हुने देखियो। र उनीहरू कोरिया जान पाउने भए। हामी कोरिया भाषामा परीक्षा दिएर, सबैसँग प्रतिस्पर्धा गरी कोरिया जाने हो।’

आफूहरूले एउटै माग राखेको भन्दै एक पीडितले भने, ‘हामी सिप बिल्डिङ परीक्षामा अनुत्तीर्ण भएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन पाउनुपर्छ भन्ने हो।’

ईपीएस कोरिया शाखाले मंसिर १९ गते सूचना प्रकाशित गरेको थियो। उक्त सूचनाको बुँदा नम्बर ५ को ‘च’ मा सन् २०२३ भित्र ईपीएस–टोपिक परीक्षाका लागि आवेदन नदिएको भनी उल्लेख गरिएको छ।उक्त बुँदाका कारण आफूहरू उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिनबाट वञ्चित हुन पुगेको आन्दोलनमा सहभागी रत्न मगरातीले बताए। ईपीएस कोरिया शाखाले निकालेको सूचनाको बुँदा नम्बर ५ को ‘च’ हटाउनुपर्ने माग पीडित राखेका छन।

यो वर्षको १० दिन मात्रै बाँकी राखेर आवेदन माग गरेको छ। उनीहरूले १० दिनपछिको मिति राखेको भए आफूहरूले पनि पाउने र कुनै समस्या नहुने आन्दोलनकारीको भनाई छ।

कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले युवाहरूले परीक्षा दिन पाउनुपर्छ भनी उठाएका मागलाई सकारात्मक रूपले लिएको बताए। ‘सबैले परीक्षा दिन पाउनुपर्छ भन्ने माग नाजायज होइन। तर, यही नै हुन्छ भन्ने कुरालाई यसै भन्न सक्ने अवस्थामा छैनौँ। त्यो विषयलाई हामीले गम्भीर रूपले ध्यानाकर्षण गरेका छौँ। सम्बन्धित निकायबिच छलफल कार्य भइरहेको छ,’ उनले भने।

कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि तथा पशुपालन र यो वर्षदेखि सिप बिल्डिङ गरी तीन क्षेत्रका लागि कामदार माग गर्दै आएको छ। एक वर्षमा एउटा क्षेत्रबाहेक अर्को क्षेत्रमा आवेदन दिन नपाउने व्यवस्था रहेको र कोरियाले सोही आधारमा सूचना जारी गरेको निर्देशक सुवेदीले बताए।

यो विषय आफूहरूमाथि विभेदकारी रहेको भन्दै नेपाल सरकारले कोरियासँग गम्भीर भएर छलफल गर्नुपर्ने आन्दोलनकारीको माग छ।  ५ को ‘च’ बुँदा नहटाएको खण्डमा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ। लामो समयसम्म कोरिया जाने भनेर पढेको तर, अहिले आएर आवेदन दिन नै रोक्ने कार्य भएकोप्रति उनीहरूको आपत्ति हो।

उक्त बुँदालाई हटाइदिनुको साथै कोरियाले सन् २०२४ को लागि छुट्टाएको ‘मेनुफ्याक्चर’  तर्फको कोटा ईपिएसद्धारा २०२४ मा नै खुलाइदिन पीडितहरूको आग्रह छ। सम्पूर्ण अनुत्तीर्ण युवाहरूको घाउमा मलम लगाइदिनु भन्दै उनीहरू ईपिएसको कार्यालय अगाडि आन्दोलनमा रहेका छन। 
अर्को समाचार
किन आक्रोशित भए युवा ?
१४ पौष २०८०
•
५ मिनेट पाठ
किन आक्रोशित भए युवा ?
कोरिया भाषाको परीक्षाका लागि आवेदन दिन वञ्चित युवाहरूले शुक्रबार ललितपुरको बालकुमारीमा देखाएको आक्रोशलाई सरकारले अराजक गतिविधिको संज्ञा दिए पनि उनीहरू बिनसित्तिमा सडकमा उत्रिएका भने होइनन्। युवाहरू प्रदर्शनमा उत्रिनुको खास कारण हो, दक्षिण कोरिया जाने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा सहभागी हुन नपाउने परिस्थिति बन्नु।




उनीहरू शुक्रबार एकाएक उग्र हुनुका पछाडि मंसिर १९ गतेयताका विविध गतिविधि कारण बनेर रहेका छन्। खासगरी बिहीबार फाराम भर्न पाइने आशामा युवाहरू इपिएस शाखा कार्यालयमा भेला भए पनि १८ जनाबाहेकले उक्त अवसर नपाउँदा शुक्रबार युवाको आक्रोश उग्रतामा परिणत भएको थियो। जसले गर्दा बालकुमारीमा मन्त्रीको गाडीमा आगजनीसमेत भयो। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससँगै गोली प्रहार गर्नुपर्ने स्थिति बन्यो। प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुई युवकको ज्यानसमेत गयो।  

पानीजहाज निर्माण (सिप बिल्डिङ) कम्पनीको परीक्षा दिएर अनुत्तीर्ण भएकाहरूले फाराम भर्न नपाउने निर्णयविरुद्ध युवाहरू प्रदर्शनमा उत्रिएका हुन्। सिप बिल्डिङका लागि सन् २०२४ को कोटा सन् २०२३ मै खुलाएको भनेर इपिएस कार्यालयअगाडि उनीहरूले मंसिर १९ गतेदेखि नै आन्दोलन गर्दै आएका थिए।

इपिएस कार्यालयले उत्पादनमूलक क्षेत्रका लागि भन्दै मंसिर १९ गते सूचना निकालेर पुस २ देखि ६ गतेसम्म दरखास्त भर्न आह्वान गरेको थियो। सो सूचनामा सिप बिल्डिङमा फाराम भरिसकेकाले भर्न नपाउने उल्लेख थियो। यसकारण सन् २०२३ को सिप बिल्डिङ परीक्षामा असफल युवाहरू सूचना निस्केको दिनदेखि नै आन्दोलित थिए। तिनैमध्ये १८ जनाले उच्च अदालत पाटनको ढोका ढकढक्याएका थिए।

उनीहरूले दायर गरेको रिट निवेदनमाथि पुस ५ गते सुनुवाइ भयो। परीक्षामा सामेल हुनबाट वञ्चित नगर्नू भनी अन्तरिम आदेश दिइयो। न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र रमेशराज पोखरेलको संयुक्त इजलासले १८ जना रिट निवेदकको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशसँगै इपिएस कार्यालयले रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो। जसअनुसार बिहीबार इपिएस कार्यालयमै पुगेर निर्धारित समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रिट निवेदकहरूले आवेदन दिए। तर तीबाहेक परीक्षा फाराम भर्नबाट वञ्चितहरू बिहीबारदेखि नै एकट्ठा भएक थिए। शुक्रबार उग्र रूपमा विरोध प्रदर्शन भयो। यता दुईजनाको मृत्यु भएकै दिन शुक्रबार उच्च अदातलले सिप बिल्डिङमा अनुत्तीर्ण सबैलाई परीक्षामा सामेल गराउन आदेश दिएको छ।

धेरै वर्षदेखि कोरियाली भाषा पढेर तयारीमा रहेका युवा सन् २०२४ का लागि प्रकाशित कोटामा परीक्षा दिन नपाउँदा आक्रोशित भएका हुन्। वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक युवाले सन् २०२४ को कोटा २०२३ को अन्तिमतिर आएर खुलाउँदा असन्तुष्टि जनाउँदै आफूहरूले पनि फाराम भर्न पाउनुपर्ने बताउँदै आएका थिए। मंसिर १९ देखि थालिएको आन्दोलनमा उत्रिनेहरूको मुख्य माग नै परीक्षा फाराम भर्न पाउनुपर्ने थियो। सन् २०२३ का लागि जाँच दिएर अनुत्तीर्ण २८ हजारभन्दा बढी युवाले अंग्रेजी नयाँ साल नलाग्दै फाराम खोलेकाले दोस्रो पटक पनि परीक्षा दिन पाउनुपर्ने माग गरेका थिए। कोरिया जान सन् २०२४ का लागि सन् २०२३ मै कोटा खुला गरिएको थियो। त्यसो हुँदा ती अनुत्तीर्णहरूले दोहो¥याएर परीक्षा दिन पाइनेछैन भन्ने नियम इपिएसले बनाएको थियो। तर सन् २०२४ को कोटा सन् २०२३ मा नै किन खुलाइएको भनी युवाहरूले प्रश्न उठाउँदै आएका थिए।

इपिएसअन्तर्गत कोरियाले पछिल्लो पटक उत्पादनमूलक क्षेत्रका लागि आवेदन मागेको हो। जसमा १५ हजार ८ सयभन्दा बढी कोटा छन्। ‘१६ वटै देशमा सन् २०२४ का लागि एचआरडी कोरियाले माग पठाएको हो,’ आन्दोलनमा सहभागी एक युवकले भने, ‘सन् २०२४ को कोटा पनि सन् २०२३ मै गाभेर आवेदन खुलाउने देश नेपाल मात्र हो। यो आवेदन कसरी खुल्यो ? सरकारलाई हाम्रो प्रश्न छ ? हामीलाई यसको उत्तर चाहियो। यो सरासर गलत हो। यो अन्याय हो। जसका कारणले केही गरौं भन्ने युवाको ज्यानै गुमाउनुपरेको अवस्था सिर्जना भएको छ।’

उनले आफूहरूले नियमविपरीत कुरा नउठाएको जिकिर गरे। ‘हामी पनि नियमअनुसार नै चल्छौं। इपिएसले किन खुलायो सन् २०२३ मै ? सन् २०२३ का लागि आठ महिनाअघि नै फाराम खुलाएको होइन र ? सन् २०२४ को कोटा २०२४ लागेपछि नै खुलाउनुपथ्र्यो। त्यसका लागि हामी पर्खिन तयार थियौं,’ उनले भने। सन् २०२३ को काटाका लागि लिइएको परीक्षामा ४० पूर्णाङ्कमा ३७ अंकसम्म ल्याउने पनि अनुत्तीर्ण भएका थिए।

इपिएस कोरिया शाखाले मंसिर १९ गते सूचना प्रकाशित गरेको थियो। उक्त सूचनाको बुँदा नम्बर ५ को ‘च’ मा सन् २०२३ भित्र इपिएस–टोपिक परीक्षाका लागि आवेदन नदिएको भनी उल्लेख छ। उक्त बुँदाका कारण आफूहरू उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिनबाट वञ्चित हुनुपरेको आन्दोलनमा सहभागी रत्न मगरातीले बताए। इपिएस कोरिया शाखाले निकालेको सूचनाको बुँदा नम्बर ५ को ‘च’ माग तीव्रताका साथ गरिएको थियो। त्यो बुँदाका कारण आफूहरूमाथि विभेद भएको भन्दै नेपाल सरकारले कोरियासँग गम्भीर भएर छलफल गर्नुपर्ने माग आन्दोलनकारीहरूले राखेका थिए। ५ को ‘च’ बुँदा नहटाएको खण्डसम्म आन्दोलन गर्ने चेतावनी उनीहरूले पहिल्यै दिएका थिए। लामो समयसम्म कोरिया जाने भनेर पढेको तर अहिले आएर आवेदन दिन नै नपाएको भनी उनीहरूले आपत्ति जनाए हुन्। उक्त बुँदालाई हटाइदिनुका साथै कोरियाले सन् २०२४ का लागि उत्पादनतर्फ छुट्याइएका कोटा २०२४ मै खुलाइदिन आग्रह गरिएको थियो। सम्पूर्ण अनुत्तीर्ण युवाहरूको घाउमा मलम लगाइदिन भन्दै उनीहरूले इपिएसको कार्यालयलाई पत्राचारसमेत गरेका थिए।

दुई निर्दोष युवकको मृत्युपछि उच्च अदालतले सिप बिल्डिङमा अनुत्तीर्ण सबैलाई फाराम भर्न दिनू भनी दिएको आदेशसँगै आन्दोनकारीले राखेको माग पूरा हुने भएको छ। उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले शुक्रबार इपिएस कोरिया शाखामा आवेदन दिनबाट वञ्चित सबैलाई परीक्षामा सहभागी हुने वातावरण मिलाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रम तथा रोजगार विभागका नाममा अन्तरिम आदेश दिएको थियो। दुई युवाको मृत्यु भएको खबरले आफूलाई दुःख लागेको इपिएस शाखाका निर्देशक गुरुदत्त सुवेदीले बताए। उनले नागरिकसँग भने, ‘आज (शुक्रबार) जे भयो राम्रो भएन। पाटनको उच्च अदालतबाट फेरि आदेश आएको छ। अदालतको आदेश हामीले हात पारिसकेका छौं। अब सिप बिल्डिङमा अनुत्तीर्ण सबैजनाले परीक्षामा सामेल हुन पाउनेछन्।’
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस