इलामको हाउसी बिंगो: हिसाब–किताब गोलमाल !
२० मंसिर २०८०
•
७ मिनेट पाठ
इलामको हाउसी बिंगो: हिसाब–किताब गोलमाल !
इलाममा दसैं–तिहारका बेला हाउसी–बिंगो खेलाइँदै।
परम्परा र संस्कृतिका नाममा इलाम सदरमुकाममा दसैं–तिहार अवसरमा खेलाइएको हाउसी बिंगोमा ठूलो आर्थिक घोटालाको आशंका स्थानीयले गरेका छन्।




आयोजकले मंसिर १२ मा सार्वजनिक गरेको आय–व्यय विवरणमा इलामवासीले आर्थिक अनियमितताको आशंका सामाजिक सञ्जालभरि पोखेका हुन्।

असोज २८ देखि मंसिर ८ सम्म हाउसी बिंगो खेलाइएको थियो। आयोजकले सार्वजनिक गरेको विवरणअनुसार ४१ दिन खेलाइएको बिंगोमा ४८ लाख ६७ हजार तीन सय ५५ रुपैयाँको कारोबार भएको छ।

त्यसमध्ये पुरस्कारमा २८ लाख ५७ हजार दुई सय रुपैयाँ खर्च भएको छ। बाँकी २० लाख ५० हजार एक सय ५५ रुपैयाँमध्ये पाँच लाख १२ हजार दुई सय २९ रुपैयाँ खेलका लागि खर्च भई १४ लाख ७९ हजार नौ सय २६ रुपैयाँ बचत भएको विवरणमा देखाइएको छ।

तर, यो हिसाब–किताब आयोजकले देखाउनका लागि मात्र सार्वजनिक गरेको भन्दै स्थानीय असन्तुष्ट छन्। एकभन्दा बढी संघ–संस्थाले हाउसी खेलाउँदा त्यसको लेखा परीक्षणसमेत नहुने भएकाले सार्वजनिक विवरण आयोजकले ‘मनोमानी हिसाब’ ले ल्याएको स्थानीयको आरोप छ।

लेखा परीक्षणका जानकार एक इलामवासी भन्छन्, ‘सार्वजनिक सम्पत्तिको लेखा परीक्षण नै नगरी ५० लाख हाराहारीको हिसाब–किताब कसैले बाहिर ल्याउँछ, सबैले त्यही पत्याइदिनुपर्ने, हैट।’
हाउसीको आय ‘कम’ देखाउन प्रत्येक दिन कति टिकट विक्री भयो भन्ने विवरण आयोजकले पत्रकार सम्मेलनमा सार्वजनिक गर्न सकेन। विवरणमा प्रत्येक दिनको आम्दानी र खर्च विवरण देखाइए पनि विक्री भएको टिकटको संख्या कति थियो, त्यो टिकट कस–कसको जिम्मामा थियो भन्ने खुलाइएको छैन।

आयोजक मध्येकै एक सदस्य भन्छन्, ‘बिंगोमा उठेको रकम कहिल्यै पारदर्शी हुँदैन, अघिल्लो दिनसम्म चार लाख रुपैयाँ मात्र नाफा भएको देखाउने सल्लाह भएको थियो, सामाजिक रूपमा प्रश्न उठेपछि धन्न १४ लाखसम्म त देखाएछन् पो!’ 
प्रत्येक वर्ष इलाम नगरपालिकाको स्वीकृति लिएर कुनै न कुनै संस्थाले हाउसी खेलाउने गरिएको छ। यस पटक इलाम नगरपालिका, नगर खेलकुद प्रतिष्ठान, जिल्ला फुटबल संघ, रेडहर्स फुटबल क्लब, माइभ्याली फुटबल क्लब, इलाम नगर साहित्य प्रतिष्ठान, तेक्वान्दो संघ, इलामका सहयोगी हातहरू र ब्याडमिन्टन संघले संयुक्त रूपमा हाउसी खेलाउने अनुमति पाएका थिए। अनुमतिका लागि स्पष्ट मापदण्ड के हो भन्ने चाहिँ कतै उल्लेख छैन।

टिकट विक्री गोलमाल

इलाममा हाउसी खेलाउन भारतको सिलिगुडी वा दार्जिलिङबाट टिकट ल्याइन्छ। तम्बोला र एंकर कम्पनीका टिकट हाउसीमा प्रयोग गरिन्छन्। आयोजकले यो पटक एक सय २० सेरिज (सेट) टिकट ल्याएको विवरण देखाइएको छ तर कति टिकट बेचियो भन्ने कहीँ कतै विवरण छैन।

एक सेरिजमा छ सय टिकट हुन्छन्। एक सेरिजलाई सय–सय टिकटका छ सेट बनाइएको हुन्छ। र, एउटा टिकटमा ९० कोठा हुन्छन्। छ सय टिकटमध्ये कुनैसँग कुनै नम्बर नमिलेपछि एक सेरिजमात्र विक्री हुँदा सामान्यतया एक जनालाई मात्र हाउस फुल पर्छ। तर, खेलका कुल ४१ दिनमध्ये ४० दिन (प्रत्येक दिन दुई वा दुईभन्दा बढी व्यक्तिले हाउस फुल पारेपछि प्रत्येक दिन कम्तीमा एक हजार दुई सय टिकट विक्री भएको देखिन्छ। फाइनलको दिनबाहेक प्रत्येक टिकट प्रतिगोटा सय रुपैयाँमा विक्री गरिएको छ। यसो गर्दा प्रत्येक दिन कम्तीमा एक लाख २० हजार रुपैयाँको टिकट विक्री भएको देखिन आउँछ।

आयोजकहरूले सार्वजनिक गरेको विवरणमा चाहिँ पहिलो दिन सबैभन्दा कम आठ हजार तीन सय ३० रुपैयाँ बचत र १८ हजार पाँच सय रुपैयाँ पुरस्कारमा खर्च भएको उल्लेख छ।

फाइनलबाहेकका ४० दिनमध्ये मंसिर ७ गते सबैभन्दा बढी ९९ हजार एक सय ९० रुपैयाँ बचत र एक लाख १६ हजार तीन सय रुपैयाँ पुरस्कारमा खर्च भएको देखाइएको छ।

टिकट विक्रीबाट आएको कुल रकमको प्रायः ६० प्रतिशत पुरस्कारमा खर्च गरिन्छ र ४० प्रतिशत बचत राखिन्छ। कहिलेकाहीं आयोजकले तत्काल निर्णय गरी यो अनुपात तलमाथि गर्न सक्छन्। तर, प्रत्येक दिन कति संख्याको टिकट विक्री भयो भन्ने विवरण नहुँदा आम्दानी यति नै हो भन्ने आधार कमजोर रहेको आयोजक संस्थामध्येकै एक सदस्य बताउँछन्।

‘टिकट कसले कति विक्री गरेको छ भन्ने विवरण राखिँदैन,’ उनले भने, ‘कतिपय टिकट पैसा नै नलिई पनि नजिकका मान्छेलाई बाँडिएका छन्।’
पोहोर सालको खेलबाट उब्रिएका टिकट यो पटक प्रयोग गरियो वा गरिएन भन्ने पनि खुलाइएको छैन। र, यो साल एक सय २० सेरिज नै टिकट ल्याइएको हो भन्ने ठोस आधार पनि नभएको उनी बताउँछन्। 

एक आयोजकका अनुसार टिकट किनेर ल्याएपछि इलाम नगरपालिकामा दर्ता र चलानी गरेर मात्र खेलमा लैजाने निर्णय आयोजकबिच भएको थियो। तर, न टिकट नगरमा दर्ता गरियो, न चलानी। कसको साथमा कति टिकट थियो भन्ने जानकारी कसैसँग छैन।

‘मेयर र प्रमुख प्रशासकीय अधिकृत नै सहभागी बैठकमा भएको निर्णयसमेत आयोजकले मानेनन्,’ उनले भने, ‘सबै गोलमाल बनाए। आयोजककै सबैलाई सबै कुरा थाहा नहुने रहेछ।’

उठेको रकम समयमा बैंक जम्मा भएन

मंसिर १२ को पत्रकार सम्मेलनमा आयोजकले हाउसी खेलमा प्रत्येक दिन उठेको रकम प्रत्येक दिन बैंकमा जम्मा गरेको दाबी गरेको थियो। तर, त्यो दाबी अन्ततः गलत साबित भएको छ।

हाउसी बिंगो खेलको दुई दिनअघि असोज २६ मा नगरपालिकामा बसेको आयोजकको बैठकमा मेयर केदार थापा र प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्कासमेत सहभागी भए।

बैठकले प्रत्येक दिनको टिकट विक्रीबाट पुरस्कारमा खर्च भई बचेको रकम इलाम बजारकै एक्सेल डेभलपमेन्ट बैंकमा जम्मा गर्ने, हुकुमलाल थेबे, रजत खड्का र नगरका कर्मचारी कमल मैनालीको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन गर्ने निर्णय गरेको थियो। तर, न प्रत्येक दिन विक्री भएको टिकट संख्या यकिन भयो, न प्रत्येक दिन रकम नै बैंक जम्मा भयो।

‘घटस्थापना (असोज २८) देखि भएको हाउसी खेलको रकम तिहार आसपास मात्र बैंकमा जम्मा भएको देखिन्छ,’ आयोजकमध्येका अर्का सदस्य भन्छन्, ‘लामो अवधिसम्म बैंक जम्मा नभएको रकम कसको जिम्मामा थियो, किन बैंक जम्मा गर्ने निर्णय कार्यान्वयन भएन भन्ने गम्भीर प्रश्न छ।’
खाता सञ्चालकमध्ये नगरका कर्मचारी कमल मैनाली बैठकको निर्णय कार्यान्वयन नभएको गुनासो गर्छन्। ‘प्रत्येक दिनको टिकट र रकमको हिसाब प्रत्येक दिन नगरमा बुझाउने सहमति भएको थियो,’ उनले भने, ‘तर, म त खाता सञ्चालक मात्रै भएँ, न मलाई कुनै हिसाब थाहा भयो न हिसाब–किताबबारे कुनै जानकारी नै दिइयो।’ नगरले पटक–पटक आग्रह गर्दा पनि नगरमा हिसाब–किताब नबुझाएको उनले बताए।

लेखा परीक्षण छैन

लाखौं रुपैयाँको चिठ्ठा कारोबार भएको हाउसीको आय–व्यय विवरण आयोजकले देखाएकैमा विश्वास गर्नुपर्ने अवस्था छ।

सिंगो खेलमा भएको आम्दानी र खर्चको विवरणको लेखा परीक्षण हुँदैन। आयोजक संस्थाले आफ्नो लेखा परीक्षण गराउँदा हाउसीबाट भएको आम्दानीसम्म देखाउन सक्छन् तर खर्च चाहिँ त्यहाँ पनि देखिँदैन। त्यसैले ठूलो आर्थिक कारोबार लेखा परीक्षण बिनै गुज्रिरहेको छ।

फाइनलको हिसाब–किताब गोलमाल

हाउसीको फाइनल खेल मंसिर ८ मा भयो। यो दिन १९ जनालाई हाउस फुल परेको छ। एक सेरिज (छ सय) टिकटमा एक जनालाई मात्र हाउस फुल पर्दा त्यस दिन मात्र पनि १९ सेरिज टिकट विक्री भएको अनुमान गर्न सकिन्छ। तर, एकै सेरिजमा फाट्टफुट्ट दुई जनालाई हाउस फुल पर्दा पनि कम्तीमा १० सेरिज टिकट विक्री भएको हुन्छ। फाइनलको दिन प्रतिगोटा पाँच सय रुपैयाँले १० सेरिज टिकट विक्री गर्दा ३० लाख रुपैयाँको टिकट विक्री हुन आउँछ।

तर, आयोजकले फाइनलको दिन टिकटबाट १९ लाख ६५ हजार तीन सय रुपैयाँ जम्मा भएकामा पुरस्कारमा १५ लाख ६९ हजार तीन सय रुपैयाँ खर्च भएको देखाएको छ। यो हिसाब–किताबलाई स्थानीयले विश्वास गरेका छैनन्।

‘कतिपयलाई निःशुल्क टिकट बाँडिएको छ,’ एक सदस्य भन्छन्, ‘आयोजक समितिका अध्यक्ष वा प्रतिनिधिहरूले फाइनलको टिकट भागबन्डा नै गरी निःशुल्क लगेका थिए, अनि हिसाब कसरी क्लियर हुन्छ त !’

बम्पर उपहारको हिसाबै छैन

फाइनलको दिन अढाई लाख रुपैयाँमा किनेको भनिएको मोटरसाइकल बम्पर उपहारका रूपमा राखिएको थियो। यसका लागि छुट्टै तीन हजार पाँच सय रुपैयाँ गोटाका ९० टिकट विक्री भएको स्रोत बताउँछ। यसबाट तीन लाख १५ हजार रुपैयाँ आम्दानी हुन्छ। आम्दानीमा मोटरसाइकलको अढाई लाख रुपैयाँ घटाउँदा ६५ हजार रुपैयाँ नाफा हुन्छ। यसको हिसाब आयोजकले देखाएको छैन। 

यद्यपि, आयोजकबिच फाइनलको दिन मोटरसाइकल पुरस्कार राख्ने निर्णय पनि कुनैपनि बैठकमा भएको थिएन। निर्णय नै नभई यो उपहार राखिएकामा धेरैजसो आयोजक नै अन्योल थिए।

फाइनलकै दिन नगद बम्परसमेतको पुरस्कार राखियो। यसमा हजार रुपैयाँ गोटाका टिकट काटिएका थिए। हजार रुपैयाँ गोटाका दुई सय ७० टिकट विक्री भएको स्रोतले जनाउँदा त्यसबाट दुई लाख ७० हजार रुपैयाँ आम्दानी भएको देखिन्छ।

नगद उपहारमा तीन जनालाई ३५ हजार रुपैयाँका दरले पुरस्कार दिँदा एक लाख पाँच हजार रुपैयाँ खर्च हुन्छ। यसमा पुरस्कारमा भएको खर्च घटाउँदा भएको एक लाख ६५ हजार रुपैयाँको आम्दानी पनि आयोजकले सार्वजनिक गरेको छैन।

नगर खेलकुद प्रतिष्ठान अध्यक्ष महेश श्रेष्ठ आफूलाई खेलको प्राविधिक पक्षबारे जानकारी नभएको बताउँछन्।

‘मलाई खेलको प्राविधिक पक्ष र हिसाब–किताबबारे सबै क्लियर छैन,’ उनले भने, ‘तर, आयोजकका रूपमा मैले लिनुपर्ने जिम्मेवारी लिन तयार छु।’
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२८ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस