गत कात्तिक १३ गते अज्ञात समूहको गोली प्रहारबाट हत्या गरिएका कलैया उपमहानगरपालिका–६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ‘गुड्डु’ भनिने रुपेश सर्राफको हत्यामा संलग्न रहेकालाई पक्राउको माग गर्दै बुधबार कलैयामा प्रदर्शन गरिएको छ।
रुपेशको हत्या भएको लामो समय बितिसक्दा पनि दोषी पक्राउ नगरिएको भन्दै आन्दोलन गर्नु परेको मृतक रुपेशका दाइ सुबोध सरार्फले बताए।
सरार्फ भन्छन् ‘प्रहरीको अनुसन्धान माथि हामीलाई विश्वास छैन अहिलेसम्म निर्दोष व्यक्तिहरूलाई मात्रै पक्राउ गरिएको छ। दोषी अझै फरार छन्।’
यता रुपेश हत्याको अनुसन्धान गरिरहेका बाराका प्रहरी उपरीक्षक सुरेश काफ्ले भने हत्याको अनुसन्धानमा परिवारबाट नै असहयोग भएको बताउँछन्।
रुपेशमाथि पटक/पटक गोली प्रहारको कोसिस भइरहेपनि परिवारबाट कुनै जानकारी नगराइएको उनी बताउँछन्।
‘रुपेशको हत्या गरेर अपराधीहरू बाल एकता बोर्डिङ स्कुल अगाडीको बाटो प्रयोग गरेर भाग्दा पनि त्यस दिनको सिसिटिभी भिडियो माग्दा जस्ताको त्यस्तै उपलब्ध नगराएर भिडियोलाई काटेर ढिलो उपलब्ध गराइयो, ढिलो र काटेर सिसिटिभी भिडियोहरू उपलब्ध गराउँदा त्यस दिन सुटरहरु भाग्न सफल भए।’ उनी भन्छन्।
परिवारले किटानी जाहेरी दिँदा समेत कसैको नाम र विगतमा भएको मनोज र रुपेश बिचको झडपलाई उल्लेख नै नगरि दिएकाले प्रहरीलाई घटनाको अनुसन्धानबाट परिवारले नै मोड्न खोजेको काफ्लेको तर्क छ।
अहिले पनि घटनामा संलग्न रहेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा पक्राउ परेकाहरु निर्दोष हुन् भन्दै उनीहरुलाई छुटाउन दबाब दिएर परिवारले अनुसन्धानलाई प्रभावित पर्ने काम गरिएको उपरीक्षक काफ्लेको तर्क छ।
कात्तिक १५ गते सर्राफको हत्या आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। प्रहरीले राधा गुप्ता, चन्द यादव, अभिनफ कुमार सिह, जवेल अख्तर, रियाज अन्सारी गरि ५ जना लाई नियन्त्रणमा लिएको थियो।
राधासँग रुपेशको प्रेम सम्बन्ध रहँदा राधाको अर्का प्रेमी भारत छौडादानव निवासी मनोज गुप्ताले रुपेशको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको उपरीक्षक काफ्लेले बताए।
राधा तीन वर्ष देखि मनोजसँगको प्रेममा रहेकी थिइन्। पछि कामको सिलसिलामा बाल एकता बोर्डिङ स्कुल आएपछि उनी सरार्फसँग नजिक हुन पुगिन्।
सरार्फसँग पनि राधाले प्रेम सम्बन्ध राखेको थाहा पाए पछि मनोजले सरार्फलाई राधासँग टाढा रहन भन्दा दुवै जना बिचमा पटक/पटक झगडा समेत हुने गरेको काफ्लेले बताए। हाल मनोज फरार रहेका छन्।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...