बजेट अभावमा कतिपय राष्ट्रिय गौरवका योजनाहरुको प्रगति बषाैँ देखि निराशाजनक देखिए पनि जीतपुरसिमरा उपमहानगरपालिकाको टाँगियाबस्तीमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बजेट खर्च हुन नसकी बर्षेनी फिर्ता हुँदै गएको छ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि संघिय सरकारले बजेट रकम विनियोजित गर्ने तर टाँगियाबस्ती स्थानान्तरण नगरिँदा विनियोजित बजेट रकम खर्च हुन नसकी फिर्ता जाने गरेको हो।
चालु आर्थिक वर्षको लागि संघिय सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लागि ४५ करोड ३ लाख विनियोजित गरे पनि पाँच महिना बित्न लाग्दा सम्म पुँजीगत खर्च न्यून रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन एकाई कार्यालयका निमित्त प्रमुख विजय यादवले बताएका छन्।
विगत वर्ष झैँ यस वर्ष पनि सरकारले टाँगियाबस्ती स्थान्तरणको निर्णय नगरिदिँदा बजेट रकम खर्च हुन नसकिएको यादवले बताए।
आर्थिक वर्ष २०७९/८० मा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नको लागि पनि संघिय सरकारले लगभग ३६ करोड ३५ लाख बजेट विनियोजित गरेको थियो। विनियोजित बजेट रकमबाट दुई करोड ८२ लाख मात्रै खर्च भएको यादवले बताए। खर्च हुन नसकी लगभग ३३ करोड ५५ लाख रकम फिर्ता भएर गएको यादवको भनाइ छ।
आर्थिक वर्ष २०७९/८० मा विमानस्थल निर्माण गर्नको लागि अधिग्रहण गरिने नम्बरी जग्गाको मुआब्जा वितरण गर्न १० करोड बजेट प्राप्त भएकोमा प्राप्त बजेट रकमको थोरै मात्र छ लाख ५१ हजार जग्गा मुआब्जामा खर्च भएको उनले बताए।
रन्वे, टेक्सीवे तथा एप्रोन निर्माण गर्नको लागि लगभग २२ करोड बजेट प्राप्त भएकोमा दुई करोड ३० लाख मात्रै त्यस शीर्षकमा खर्च गरिएको र बाँकी १९ करोड ७० लाख रकम फिर्ता भएर गएको उनले बताए।
त्यसै गरि आर्थिक वर्ष २०७८/७९ मा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नको लागि लगभग ५६ करोड ८७ लाख बजेट प्राप्त भएकोमा त्यस वर्ष आठ करोड ६९ लाख मात्रै खर्च भएको र बाँकी बजेट रकम फिर्ता भएर गएको यादवले बताए।
टाँगियाबस्तीमा नै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको लागि आवश्यक पर्ने रन्वे, टेक्सीवे तथा एप्रोन निर्माण गर्नको लागि बजेट रकम आउने तर रन्वे, टेक्सीवे तथा एप्रोन निर्माणमा आवश्यक पर्ने जग्गालाई टाँगियाबस्तीलाई स्थानान्तरण गरेर खाली गर्न निर्णय नगरिदिँदा बजेट रकमलाई खर्च नगरी फिर्ता गर्नु पर्ने बाध्यता रहेको उनले जनाए।
बजेट रकम विनियोजित गर्नु भन्दा मुख्य समस्य टाँगियाबस्तीको स्थानान्तरण रहेको र यसलाई छिटो अन्य स्थानहरुमा स्थानान्तरण गर्न जरुरी रहेको उनले बताए। टाँगिया बस्तीलाई नै स्थानान्तरण गरेर कम रुख कटान गरी यसलाई निर्माण गर्न सकिन यादवले बताए।
टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थले ओगट्ने नम्बरी जग्गा, त्यसमा रहेका घर, टहराको मुआब्जा वितरण, नदी नियन्त्रण र तारबार गर्ने लगायतको कार्यमा अन्तिम चरणमा पुगेको यादवको भनाई छ।
विमानस्थलले ओगट्ने एक सय १० बिघा नम्बरी जग्गा मध्ये ७३ बिघा जतिको मुआब्जा वितरण गरिएको र बाँकी रहेको नम्बरी जग्गाको जग्गा धनीहरूलाई मुआब्जा वितरण गर्ने कार्य अन्तिम चरणमा रहेको यादवले बताए।
अहिले सम्म मुआब्जा वितरण, नदी नियन्त्रण र तारबार गर्ने लगायतको कार्यमा एक अर्ब १३ करोड भन्दा बढी खर्च समेत गरिएको प्रमुख यादवले बताए।
विमानस्थलको लागि अधिग्रहण गरिएको लगभग ७३ बिघा जग्गाको १५५ जना भन्दा बढी जग्गा धनीहरूलाई ४९ करोड जति मुआब्जा वितरण गरिएको बताएका छन्। बाँकी रहेका नम्बरी जग्गा धनीहरूलाई पनि मुआब्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको यादवले बताए।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने ऐलानी तथा निजी जग्गालाई सुरक्षित राख्नको लागि गरिएको तारबार र तटबन्ध कार्यमा लगभग ६७ करोड जति खर्च गरिएको आयोजना कार्यालयले जनाएको छ।
विमानस्थलको क्षेत्रफल ६३ किलोमिटरमा फैलिएको र यसले ११ हजार आठ सय ७५ बिघा जग्गा ओगटेको र ६३ किलोमिटर क्षेत्रफल मध्ये अधिकांश क्षेत्रफलमा तारबार गरिएको र बाँकी क्षेत्रफलको तारबार गर्ने कार्य अन्तिम चरणमा रहेको उनले बताए।
निर्माण हुन लागेको दोस्रो विमानस्थलको लागि अधिग्रहण गरिने जग्गा मध्ये एक सय १० बिघा मात्रै व्यक्तिहरूको नम्बरी पर्ने यकिन गरिए पनि अहिले नम्बरी जग्गाको क्षेत्रफल घटबढ हुने सम्भावना समेत रहेको आयोजनाका अधिकारीहरूले बताएका छन्।
आर्थिक वर्ष २०७१/७२ देखि सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नको लागि बजेट रकम विनियोजित गर्दै आएको छ।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...