ब्लड बैंक नहुँदाकाे सास्ती भोग्दै छन् बिरामी र आफन्त: रगतका लागि दाताकै भर
१७ मंसिर २०८०
•
४ मिनेट पाठ
ब्लड बैंक नहुँदाकाे सास्ती भोग्दै छन् बिरामी र आफन्त: रगतका लागि दाताकै भर
कालीकोटको शुभकालिका गाउँपालिका-३ का जमरा धिताललाई एक साताअघि सुत्केरी व्यथा लाग्यो। उनलाई जसोतसो आफन्तले जिल्ला अस्पताल पुगाए। उनको पेटमै बच्चा मरेपछि शल्यक्रिया गनुपर्ने भयो। उनलाई रगत अभाव देखियो। रगत चढाउन हारगुहार गर्नुपर्‍यो। बी पोजेटिभ रगतका लागि उनका आफन्तले धेरै व्यक्तिसँत सम्पर्क गरे।




खोजेको झन्डै १२ घन्टापछि मात्र उनलाई पत्रकार खडानन्द अधिकारीले रगत दिए। उनको अवस्था जटिल बन्दै गयो। अस्पताल प्रशासनले चार दिनपछि शल्यक्रिया नगरी उनलाई सर्खेत रेफर गरेको छ।

रगत अभावका कारण जटिल अवस्थाका बिरामीलाई सुखेर्त  रेफर गर्नुको विकल्प नभएको अस्पतालका डा. संकेत विश्वकर्माले बताए।

‘हरेक शल्यक्रियामा रगतको पूर्वतयारी गर्नुपर्ने हुन्छ, तर त्यो सम्भव छैन,’ उनले भने, ‘कहिलेकाहीँ शल्यक्रिया गर्दागर्दै आफैंले पनि रगत दिनुपर्ने बाध्यता छ।’

जिल्लामा ‘ब्लड बैंक’ नहुँदा बिरामी र उनीहरूका आफन्तले लामो समयदेखि सास्ती भोग्नुपरेको छ। हरेक दिनजसो जिल्ला अस्पतालमा ब्लड खोज्नेहरूको दौडधुप भइरहन्छ। जिल्लामा ‘ब्लड बैंक’ स्थापनाको लागि प्रयास पटकपटक गरिए पनि सफल भएको छैन।
जिल्ला अस्पतालमा सेना, प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी र अरू व्यक्तिबाट रगतको पूर्ति भइरहेको छ। बिरामीले रक्तदान गर्ने मानिससमेत फेसबुकमार्फत खोज्नुपर्ने बाध्यता भएको अभियन्ता किरण अधिकारीले बताए।

‘उपचारका लागि अस्पताल पुग्यो, रगत चाहियो भने अर्को तनाव व्यहोर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यसको अन्त्यका लागि ब्लड बैंक स्थापनाको विकल्प छैन।’ केही महिनाघि उनले पनि आफन्तको लागि रगत खोज्न ठूलो दुःख व्यहोर्नुपरेको थियो।

विशेषगरी गर्भवतीको शल्यक्रिया गरेर सुत्केरी गराउनु पर्दा बढी रगत खोजिन्छ। अहिले जिल्लाका सबै अस्पताल तथा स्वास्थ्य संस्थाले समूह मिल्ने व्यक्तिको खोजी गरेरै रगतको आपूर्ति गरेका छन्।

‘रगत खोज्नुपर्ने बाध्यता कहिल्यै हटेन,’ स्थानीय प्रकाश शाहीले भने, ‘यसको सुनुवाइका लागि कोही अघि सरेको देखिएन।’

गर्भवती अवस्थामा पोषिलो खानपान अभाव, अधिक कामको चाप र बच्चा धेरै जन्माएका कारण अहिले सुत्केरी हुँदा रक्तश्राव भएको चिकित्सकको भनाइ छ।
बर्सेनि अधिक रक्तश्राव, रगत अभाव र समयमै उपचार नपाउँदा कर्णालीका कैयौं सुत्केरीले ज्यान गुमाउनुपरेको छ। सबैभन्दा धेरै मातृ मृत्युदर भएको क्षेत्र कर्णाली नै हो। यहाँ बर्सेनि १२ भन्दा बढी महिलाले रगत अभावकै कारण सुत्केरी अवस्थामा ज्यान गुमाउनुपरेको स्वास्थ्यकर्मीको भनाइ छ।

कर्णालीमै आवश्यक रगत संकलन गरी सुरक्षित रूपमा राख्ने ब्लड बैंक छैन, जसका कारण चाहिएको अवस्थामा बिरामीले रगत पाउन सकिराखेको अवस्था छैन। रगतका लागि कर्णालीका सबै अस्पतालमा समस्या उस्तै छ।

कालीकोट, हुम्ला, मुगु, डोल्पा र कर्णालीकै सदरमुकामका रूपमा रहेको जिल्लामा नै रगतका लागि दाताको भर पर्नुपर्ने एक मात्र विकल्प देखिएको छ। आवश्यक परेको समयमा चाहिएको समूहको रगत भएको व्यक्तिलाई फोन गरेर बिरामीलाई रगत दिन गुहार गनुपर्ने बाध्यता छ।
कतिपय ठाउँमा सडकको सहज पहुँचका नभएका कारण समयमै अस्पताल पुर्‍याउन नसक्दा सुत्केरीको ज्यान जाने गरेको छ। केही अस्पताल पुगे पनि आवश्यक रगत नपाउँदा ज्यान जाने गरेको स्थानीय बताउँछन्। रगत आवश्यकता परे दाता खोज्नुपर्ने स्थिति रहँदा बिरामीको ज्यान जोखिममा रहेको छ।

५० शय्या अस्पताल सञ्चालनमा आइसकेपछि अस्पतालमा ब्लड बैंक स्थापना गर्ने जनस्वास्थ्य अधिकृत कटक महतले बताए। ब्लड बैंक स्थापनाका लागि पहिले नै पहलकदमी गरिएको हो।’ रगत खपत नहुने र बत्तीको अभावका कारणले पनी स्थापना गर्न नसकिएको उनले बताए।

जिल्ला अस्पतालका रगत संकलन कर्ता पवन आर्चायका अनुसार यो वर्षमा मात्रै दुई सयजनाले रगत दिएका छन्। अधिकांश स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले रगत दिनुपरेको छ।

उनका अनुसार सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले यो वर्षमा दुई सयजनाले रगत दान गरेका छन्। अस्पतालकै प्रमुख कटक महतले १३ पटक रगत दान गरिसकेका छन् भने स्वास्थ्यकर्मी प्रकाश अधिकारीले १० पटक बढी रगत दिइसकेका छन्। रातिका बेला रगत चाहिएमा अस्पतालका स्वास्थ्यकर्मीले नै दिनुपर्ने बाध्यता छ।

अहिले संकलन केन्द्र नहुँदा बिरामी उपचार कक्षमा छाडेर रगत खोजीमा हारगुहार माग्दै हिँड्नुपर्ने बाध्यता रहेको छ। सदरमुकामको अवस्था दयनीय हुँदा दुर्गम गाउँका बिरामीलाई झनै सास्ती छ।
आर्थिक रूपमा सक्षम समुदायले हेलिकोप्टर चार्टर्ड गरेर सहरका सुविधा सम्पन्न अस्पतालमा पुग्न सक्छन्। तर पिछडिएका, लक्षित, विपन्न वर्गको पहुँच नपुग्ने हुँदा मृत्युलाई भाग्यको खेल सम्झनुको विकल्प नभएको स्थानीय बताउँछन्।

बैंक स्थापनापछि रगत खपत नहुने र विद्युत्को नियमित आपूर्ति नभएकाले ब्लड बैंक स्थापना गर्न नसकिएको नेपाल रेडक्रसले जनाएको छ। जिल्लामा ब्लड बैंक स्थापना गर्ने अधिकार नेपाल रेडक्रसलाई हुने गरेको छ।

जिल्ला अस्पतालमा उपचारका लागि आउने अधिकांश गम्भीर प्रकृतिका बिरामीले सुरक्षित रूपमा उपचार पाउन सकेका छैनन्। त्यस्ता बिरामीलाई पनि जनरल वार्डमा राखेर उपचार गर्ने गरिएको छ, जसका कारण बिरामीलाई थप रोगको संक्रमण समेत हुन सक्ने अवस्था देखिएको अस्पताल स्रोतले स्वीकारेको छ।
अर्को समाचार
रगतका लागि दाताकै भर
१७ मंसिर २०८०
•
४ मिनेट पाठ
रगतका लागि दाताकै भर
कालीकोटको शुभकालिका गाउँपालिका- ३ का जमरा धिताललाई एक साताअघि सुत्केरी व्यथा लाग्यो। उनलाई जसोतसो आफन्तले जिल्ला अस्पताल पुगाए। उनको पेटमै बच्चा मरेपछि शल्यक्रिया गनुपर्ने भयो। उनलाई रगत अभाव देखियो। रगत चढाउन हारगुहार गर्नुपर्‍यो। बी पोजेटिभ रगतका लागि उनका आफन्तले धेरै व्यक्तिसँत सम्पर्क गरे।  




खोजेको झन्डै १२ घन्टापछि मात्र उनलाई पत्रकार खडानन्द अधिकारीले रगत दिए। उनको अवस्था जटिल बन्दै गयो। अस्पताल प्रशासनले चार दिनपछि शल्यक्रिया नगरी उनलाई सर्खेत रेफर गरेको छ।  

रगत अभावका कारण जटिल अवस्थाका बिरामीलाई सुर्खेत रेफर गर्नुको विकल्प नभएको अस्पतालका डा. संकेत विश्वकर्माले बताए। ‘हरेक शल्यक्रियामा रगतको पूर्वतयारी गर्नुपर्ने हुन्छ, तर त्यो सम्भव छैन,’ उनले भने, ‘कहिलेकाहीँ शल्यक्रिया गर्दागर्दै आफैंले पनि रगत दिनुपर्ने बाध्यता छ ।’  

जिल्लामा ‘ब्लड बैंक’ नहुँदा बिरामी । उनीहरूका आफन्तले लामो समयदेखि सास्ती भोग्नुपरेको छ। हरेक दिनजसो जिल्ला अस्पतालमा ब्लड खोज्नेहरूको दौडधुप भइरहन्छ। जिल्लामा ‘ब्लड बैंक’ स्थापनाका लागि प्रयास पटकपटक गरिए पनि सफल भएको छैन ।

जिल्ला अस्पतालमा सेना, प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी र अरू व्यक्तिबाट रगतको पूर्ति भइरहेको छ। बिरामीले ।क्तदान गर्ने मानिससमेत फेसबुकमार्फत खोज्नुपर्ने बाध्यता भएको अभियन्ता किरण अधिकारीले बताए। ‘उपचा।का लागि अस्पताल पुग्यो, ।गत चाहियो भने अर्को तनाव व्यहोर्नुपर्ने अवस्था छ’, उनले भने, ‘यसको अन्त्यका लागि ब्लड बैंक स्थापनाको विकल्प छैन।’ केही महिनाघि उनले पनि आफन्तका लागि रगत खोज्न ठूलो दुःख व्यहोर्नु परेको थियो।

विशेषगरी गर्भवतीको शल्यक्रिया गरेर सुत्केरी गराउनुपर्दा बढी रगत खोजिन्छ। अहिले जिल्लाका सबै अस्पताल तथा स्वास्थ्य संस्थाले समूह मिल्ने व्यक्तिको खोजी गरेरै रगत आपूर्ति गरेका छन्। ‘रगत खोज्नुपर्ने बाध्यता कहिल्यै हटेन’, स्थानीय प्रकाश शाहीले भने, ‘यसको सुनुवाइका लागि कोही अघि सरेको देखिएन ।’ गर्भवती अवस्थामा पोसिलो खानपान अभाव, अधिक कामको चाप । बच्चा धेरै जन्माएका कारण अहिले सुत्केरी हुँदा रक्तस्राव भएको चिकित्सकको  भनाइ छ।  

बर्सेनि अधिक रक्तस्राव, रगत अभाव र समयमै उपचार नपाउँदा कर्णालीका कैयौं सुत्केरीले ज्यान गुमाउनुपरेको छ। सबैभन्दा धेरै मातृ मृत्युदर भएको क्षेत्र कर्णाली नै हो। यहाँ बर्सेनि १२ भन्दा बढी महिलाले रगत अभावकै कारण सुत्केरी अवस्थामा ज्यान गुमाउनुपरेको स्वास्थ्यकर्मीको भनाइ छ। कर्णालीमै आवश्यक रगत संकलन गरी सुरक्षित रूपमा राख्ने ब्लड बैंक छैन, जसका कारण चाहिएको अवस्थामा बिरामीले रगत पाउन सकिराखेको अवस्था छैन। रगतका लागि कर्णालीका सबै अस्पतालमा समस्या उस्तै छ।

कालीकोट, हुम्ला, मुगु, डोल्पा र कर्णालीकै सदरमुकामका रूपमा रहेको जिल्लामा नै ।गतका लागि दाताको भर पर्नुपर्ने एक मात्र विकल्प देखिएको छ। आवश्यक परेको समयमा चाहिएको समूहको रगत भएको व्यक्तिलाई फोन गरे। बिरामीलाई रगत दिन गुहार गनुपर्ने बाध्यता छ।  

कतिपय ठाउँमा सडकको सहज पहुँचका नभएका कारण समयमै अस्पताल पुर्‍याउन नसक्दा सुत्केरीको ज्यान जाने गरेको छ। केही अस्पताल पुगे पनि आवश्यक रगत नपाउँदा ज्यान जाने गरेको स्थानीय बताउँछन्। रगत आवश्यकता परे दाता खोज्नुपर्ने स्थिति रहँदा बिरामीको ज्यान जोखिममा रहेको छ।

५० शय्याको अस्पताल सञ्चालनमा आइसकेपछि अस्पतालमा ब्लड बैंक स्थापना गर्ने जनस्वास्थ्य अधिकृत कटक महतले बताए। ब्लड बैंक स्थापनाका लागि पहिल्यै पहलकदमी गरिएको हो।’ रगत खपत नहुने र बत्ती अभावका कारणले पनि स्थापना गर्न नसकिएको उनले बताए।

जिल्ला अस्पतालका रगत संकलनकर्ता पवन आर्चायका अनुसार यो वर्षमा मात्रै दुई सयजनाले रगत दिएका छन्। अधिकांश स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले रगत दिनुपरेको छ।  

उनका अनुसार सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले यो वर्षमा दुई सयजनाले रगत दान गरेका छन्। अस्पतालकै प्रमुख कटक महतले १३ पटक रगत दान गरिसकेका छन् भने स्वास्थ्यकर्मी प्रकाश अधिकारीले १० पटक बढी रगत दिइसकेका छन्। रातिका बेला रगत चाहिएमा अस्पतालका स्वास्थ्यकर्मीले नै दिनुपर्ने बाध्यता छ।

अहिले संकलन केन्द्र नहुँदा बिरामी उपचार कक्षमा छाडे। रगत खोजीमा हारगुहार माग्दै हिँड्नुपर्ने बाध्यता रहेको छ। सदरमुकामको अवस्था दयनीय हुँदा दुर्गम गाउँका बिरामीलाई झनै सास्ती छ। आर्थिक रूपमा सक्षम समुदायले हेलिकोप्टर चार्टर्ड गरेर सहरका सुविधासम्पन्न अस्पतालमा पुग्न सक्छन्। तर पिछडिएका, लक्षित, विपन्न वर्गको पहुँच नपुग्ने हुँदा मृत्युलाई भाग्यको खेल सम्झनुको विकल्प नभएको स्थानीय बताउँछन्।

बैंक स्थापनापछि रगत खपत नहुने र बिजुलीको नियमित आपूर्ति नभएकाले ब्लड बैंक स्थापना गर्न नसकिएको नेपाल रेडक्रसले जनाएको छ। जिल्लामा ब्लड बैंक स्थापना गर्ने अधिकार नेपाल रेडक्रसलाई हुने गरेको छ।

जिल्ला अस्पतालमा उपचारका लागि आउने अधिकांश गम्भीर प्रकृतिका बिरामीले सुरक्षित रूपमा उपचार पाउन सकेका छैनन्। त्यस्ता बिरामीलाई पनि जनरल वार्डमा राखेर उपचार गर्ने गरिएको छ, जसका कारण बिरामीलाई थप रोगको संक्रमणसमेत हुन सक्ने अवस्था देखिएको अस्पताल स्रोतले स्वीकार गरेको छ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस