विदेशको सपना देखाउँदै ठगी
१० मंसिर २०८०
•
५ मिनेट पाठ
विदेशको सपना देखाउँदै ठगी
ररर




काठमाडौं, मंसिर ९

वैदेशिक रोजगार विभागको एक कुनामा दुई दिदीभाइ निन्याउरो अनुहारमा बसिरहेका थिए। उनीहरूका आँखा लोलाएका थिए भने शरीर थकित देखिन्थ्यो। ती दुवैका आँखा आँसुले भरिएका थिए।  

दिदीभाइमध्ये एक हुन्– झापा बिर्तामोडका विवेक पाठक। बिर्तामोडमा मोटरसाइकल सोरुममा काम गरेर आम्दानी गरी परिवारमा रमाइरहेका उनीमाथि त्यतिबेला बज्रपात प¥यो, जतिबेला उनी वैदेशिक रोजगारी दलालको फन्दामा परे।  

धनकुटाका लक्ष्मण श्रेष्ठले पाठकलाई वैदेशिक रोजगारीका निम्ति भिजिट भिसामा दुबई जाने प्रलोभन दिएपछि दुःखका दिन सुरु भएका हुन्। बिदेसिने सपनाले पाठक विभागको एक कुनामा बसेर टोलाइरहेका छन्। दलालले विदेश पठाउन नसकेपछि ठगिएको महसुस गरी उनीविरुद्ध पक्राउपुर्जी तयार पार्ने आग्रह गर्दै विभाग धाइरहेका हुन्।  

पीडित पाठक न त दुबई जान पाए, न त ऋण काढेर जम्मा गरेको रकम फिर्ता नै भयो। ‘गाउँकै चिनेजानेको साथी भएकाले उसले भनेको पत्यायौंं,’ पाठक भन्छन्, ‘साथीले पैसा पहिल्यै जम्मा गर्न लगायो। भनेकै बेला ऋण काढेर पनि दियौं तर अहिले सम्र्पकविहीन छ। पैसा पनि फिर्ता पाउन सकेनौं।’

साउन ३ गते दुबई उडान भर्न परिवारबाट बिदावारी भएर काठमाडौं आएका पाठक अहिलेसम्म घर फर्किएका छैनन्। भुइँमा थचक्क बसिरहेका पाठकले आँखाको आसु पुछ्दै भने, ‘आज मेरो घर उजाड भएको छ। खुसीले भरिएको परिवारसँग आज टाढिएको छु। नेपालीको महान् पर्व दसंैतिहारमा पनि घर जान सकिएन। ७४ वर्ष लागेका बुढा बाबु, पत्नी र छोराछोरीसँग बिदा भई दुबई उडान भर्न काठमाडौं आएँ। काठमाडौं आएपछि आफू त आगोको भुंग्रोमा परेको थाहा पाएँ।’

उनले नागरिकसँग दलालको फन्दामा परेको घटना उल्लेख गर्दै भने, ‘दुबईमा राम्रो कम्पनीमा काम छ। पैसा पनि धेरै हुन्छ भन्दै एजेन्टले फसायो। न दुबई जान सकियो न त घर फर्किने कुनै ठाउँ छ। त्यही पैसा उठाउन विभाग धाएको धाएकै छु। काठमाडौंका आफन्तकोमा कति दिन बस्ने। काउली रोप्दा आएको मान्छे काउली खाइसक्दा पनि जाँदैन भन्दै वचन लगाउँछन्।’  

अप्ठेरोको बेलामा आफन्तहरूको पनि साथ नपाएको अनुभव पीडितले सुनाए। ‘साथ दिने एउटी दिदी छिन्। न्यायको भिख माग्न विभाग धाउन पनि पैसा चाहिन्छ। दिदीसँग पनि कति दिन माग्ने बाटो खर्च ? ८÷९ पटक विभाग धाएँ। एक कप चिया धरी खाएको छैन। एजेन्टहरू श्रेष्ठ र गजेबु लिम्बु सम्पर्कविहीन छन्। एजेन्टको मिठो कुराले आज चिप्लिएको छु,’ उनले भने।  

छोरोछोरीको स्कुल फी नदिएको चार महिना भइसक्यो। अब स्कुलबाट निकाल्ने अवस्था आइसक्यो। छोराछोरीको फोटो हेर्दै पाठक भक्कानिन्छन्। ‘दुईचार महिनाअघि मात्रै ८५ केजी भएको मान्छे आज बिदेसिने सपनाले ६० केजी भएको छु। अरूका लागि दुई लाख दुई रूपैयाँ झैं होला तर गरिबका लागि त्यो पैसा दुई करोड हो।’

विदेश जाने सपनामा श्रेष्ठले पाठकबाट साढे दुई लाख रकम लिएका थिए। दुबई भिजिट भिसामा तीन दिनमै जाने भन्दै गरिरहेको काम छोड्न पाठकले लागाएको पीडित बताउँछन्। यो दुर्गतिमा ल्याउने श्रेष्ठ मात्र नभएर श्रेष्ठकै साथी गजेबु लिम्बू पनि रहेको पीडितले आरोप लगाए।  

उनले विभागमा आफू ठगिएको भन्दै उजुरी दिएको दसैंअगाडि नै थियो तर विभागका अनुसन्धान गर्ने कर्मचारी सरुवा भएका र त्यो पदमा नयाँ कर्मचारी नआउँदा पीडित अप्ठेरोमा परेका छन्। जसकारण पाठक जस्ता थुप्रै पीडित विभाग धाइरहेका छन्। ‘दसैंअघिबाटै विभाग धाइरहेका छौं। उजुरी ग¥यौं तर पक्राउ पुर्जी काट्ने तथा हाम्रो फाइल जाँच गर्ने कर्मचारी नहुँदा हामी मारमा परेका छौं। हाम्रो फाइल जाँच गर्ने कर्मचारी सरुवा भएको महिना दिन भइसक्यो तर त्यस ठाउँमा नयाँ कर्मचारी आएका छैनन्,’ पीडितले भने।  

विभागमा न्याय माग्न आएका पाठक विभागको ढोकावरिपरि पनि ठगिएका छन्। आफू त्यहाँ पनि ठगीमा परेको उनी बताउँछन्। ‘तिम्रो फसेको पैसा उठाइदिन्छु भनी राजेन्द्र पाण्डे नामका नयाँ दलालले थप पाँच हजार रूपैयाँ ठगेको छ,’ उनले भने।

पैसा उठाइदिने भन्दै दोहो¥याएर ठगी गर्ने राजेन्द्र पाण्डेले दिएको आश्वासन उल्लेख गर्दै पीडितले भने, ‘दाइ तपाईं फस्नुभएको रहेछ। तपाईंलाई फसाउने त्यो श्रेष्ठलाई हामी समात्छौं। चिन्ता लिनु पर्दैन। हामी त्यो ठगलाई समातेर तपाईंको सबै पैसा उठाइदिन्छौं। सुरुमा पाँच हजार दिनुस्। तापार्इंको काम हुन्छ।’

राजेन्द्रको विश्वासमा परेर पाठकले पैसा पनि बुझाए। ‘काम हुँदै छ। तपाईंको पैसा खाने व्यक्तिलाई हामीले भेटिसकेका छौं। अब पैसा उठाउन मात्र बाँकी छ। केही दिनमा पैसा पनि उठ्छ, आत्तिनुपर्दैन,’ राजेन्द्रलाई उद्धृत गर्दै पीडितले भने।  

पाठकलाई राजेन्द्रले ठग्दै छ भन्ने थोरै शंका पनि थिएन। पाठक ठगीको हातमा मात्रै पर्दै थिए। राजेन्द्र पनि श्रेष्ठ र लिम्बु जस्तै सम्पर्कविहीन भएपछि मात्र थाहा पाए आफू फेरि ठगिएको। जहाँ गए पनि ठगी गर्ने मान्छे छ्यासछ्यास्ती रहेको भन्दै पीडित पाठकले गुनासो गरे। बेरोजगारी समस्याले पिरोलिएका सर्वसाधारण युवा सचेत नहुँदा वैदेशिक रोजगारीको बहानामा ठगीको सिकार बन्ने क्रम बढेको छ। ठगी गर्नेविरुद्ध कानुनी कारबाही फितलो भइरहेको पीडितहरूको गुनासो छ।  

नेपालमा सरल तरिकाले बाँच्न नसकिने भन्दै पीडितको ठुलो गुनासो थियो। उनी निकै बेर रोइरहेका थिए। उनी धेरै दिनदेखि रोइरहेका झैं देखिन्थे। विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार विभागमा धेरै व्यक्तिगत उजुरी आउने गरेको छ।  

गत आर्थिक वर्ष २०७९÷८० मा विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा करिब ४४ हजार पाँच सय उजुरी परेका छन्। ‘वैदेशिक रोजगारीमा अशिक्षितभन्दा शिक्षित युवा धेरै ठगीमा पर्ने गरेका छन्,’ उनले भने, ‘पढेलेखेका युवा खाडीभन्दा युरोप नै जान इच्छुक हुने गरेका छन्। सामाजिक सञ्जालबाट अत्यधिक युवा ठगिएका छन्। खाडीमा गएका नेपाली युवा पनि युरोपलाई नै लक्षित गरिरहेका छन्। जसकारण ठगीमा धेरै पर्छन्।’

वैदेशिक रोजगारीमा जान लागेको व्यक्ति र उसको परिवार बेलैमा सचेत हुने हो भने ठगी हुने सम्भावना नरहने निर्देशक उप्रेतीले जानकारी गराए। पैसा बुझाउने बेलामा कागज नगरिएका धेरै घटना पाइएका छन्। रोजगारीमा जाने व्यक्ति र उसको अभिभावकलाई पालिकास्तरमै परामर्श दिन हेल्प डेस्क राख्ने हो भने ठगीको समस्या न्यूनीकरण हुने एक अधिवक्ताको सुझाव छ।
अर्को समाचार
विदेशको सपना देखाउँदै ठगी
१० मंसिर २०८०
•
५ मिनेट पाठ
विदेशको सपना देखाउँदै ठगी
एजेन्ट लक्ष्मण श्रेष्ठ / ठगी आरोप लागेका गजेबु लिम्बू
वैदेशिक रोजगार विभागको एक कुनामा दुई दिदीभाइ निन्याउरो अनुहारमा बसिरहेका थिए। उनीहरूका आँखा लोलाएका थिए भने शरीर थकित देखिन्थ्यो। ती दुवैका आँखा आँसुले भरिएका थिए।




दिदीभाइमध्ये एक हुन्-झापा बिर्तामोडका विवेक पाठक। बिर्तामोडमा मोटरसाइकल सोरुममा काम गरेर आम्दानी गरी परिवारमा रमाइरहेका उनीमाथि त्यतिबेला बज्रपात पर्‍यो, जतिबेला उनी वैदेशिक रोजगारी दलालको फन्दामा परे।

धनकुटाका लक्ष्मण श्रेष्ठले पाठकलाई वैदेशिक रोजगारीका निम्ति भिजिट भिसामा दुबई जाने प्रलोभन दिएपछि दुःखका दिन सुरु भएका हुन्।

बिदेसिने सपनाले पाठक विभागको एक कुनामा बसेर टोलाइरहेका छन्। दलालले विदेश पठाउन नसकेपछि ठगिएको महसुस गरी उनीविरुद्ध पक्राउपुर्जी तयार पार्ने आग्रह गर्दै विभाग धाइरहेका हुन्।

पीडित पाठक न त दुबई जान पाए, न त ऋण काढेर जम्मा गरेको रकम फिर्ता नै भयो। ‘गाउँकै चिनेजानेको साथी भएकाले उसले भनेको पत्यायौंं,’ पाठक भन्छन्, ‘साथीले पैसा पहिल्यै जम्मा गर्न लगायो। भनेकै बेला ऋण काढेर पनि दियौं तर अहिले सम्पर्कविहीन छ। पैसा पनि फिर्ता पाउन सकेनौं।’
साउन ३ गते दुबई उडान भर्न परिवारबाट बिदावारी भएर काठमाडौं आएका पाठक अहिलेसम्म घर फर्किएका छैनन्। भुइँमा थचक्क बसिरहेका पाठकले आँखाको आसु पुछ्दै भने, ‘आज मेरो घर उजाड भएको छ। खुसीले भरिएको परिवारसँग आज टाढिएको छु। नेपालीको महान् पर्व दसैंतिहारमा पनि घर जान सकिएन। ७४ वर्ष लागेका बुढा बाबु, पत्नी र छोराछोरीसँग बिदा भई दुबई उडान भर्न काठमाडौं आएँ। काठमाडौं आएपछि आफू त आगोको भुंग्रोमा परेको थाहा पाएँ।’

उनले नागरिकसँग दलालको फन्दामा परेको घटना उल्लेख गर्दै भने, ‘दुबईमा राम्रो कम्पनीमा काम छ। पैसा पनि धेरै हुन्छ भन्दै एजेन्टले फसायो। न दुबई जान सकियो न त घर फर्किने कुनै ठाउँ छ। त्यही पैसा उठाउन विभाग धाएको धाएकै छु। काठमाडौंका आफन्तकोमा कति दिन बस्ने। काउली रोप्दा आएको मान्छे काउली खाइसक्दा पनि जाँदैन भन्दै वचन लगाउँछन्।’

अप्ठेरोको बेलामा आफन्तहरूको पनि साथ नपाएको अनुभव पीडितले सुनाए। ‘साथ दिने एउटी दिदी छिन्। न्यायको भिख माग्न विभाग धाउन पनि पैसा चाहिन्छ। दिदीसँग पनि कति दिन माग्ने बाटो खर्च? ८/९ पटक विभाग धाएँ। एक कप चिया धरी खाएको छैन। एजेन्टहरू श्रेष्ठ र गजेबु लिम्बु सम्पर्कविहीन छन्। एजेन्टको मिठो कुराले आज चिप्लिएको छु,’ उनले भने।

छोरोछोरीको स्कुल फी नदिएको चार महिना भइसक्यो। अब स्कुलबाट निकाल्ने अवस्था आइसक्यो। छोराछोरीको फोटो हेर्दै पाठक भक्कानिन्छन्। ‘दुईचार महिनाअघि मात्रै ८५ केजी भएको मान्छे आज बिदेसिने सपनाले ६० केजी भएको छु। अरूका लागि दुई लाख दुई रूपैयाँ झैं होला तर गरिबका लागि त्यो पैसा दुई करोड हो।’
विदेश जाने सपनामा श्रेष्ठले पाठकबाट साढे दुई लाख रकम लिएका थिए। दुबई भिजिट भिसामा तीन दिनमै जाने भन्दै गरिरहेको काम छोड्न पाठकले लागाएको पीडित बताउँछन्। यो दुर्गतिमा ल्याउने श्रेष्ठ मात्र नभएर श्रेष्ठकै साथी गजेबु लिम्बू पनि रहेको पीडितले आरोप लगाए।

उनले विभागमा आफू ठगिएको भन्दै उजुरी दिएको दसैंअगाडि नै थियो तर विभागका अनुसन्धान गर्ने कर्मचारी सरुवा भएका र त्यो पदमा नयाँ कर्मचारी नआउँदा पीडित अप्ठेरोमा परेका छन्। जसकारण पाठक जस्ता थुप्रै पीडित विभाग धाइरहेका छन्।

‘दसैंअघिबाटै विभाग धाइरहेका छौं। उजुरी गर्‍यौं तर पक्राउ पुर्जी काट्ने तथा हाम्रो फाइल जाँच गर्ने कर्मचारी नहुँदा हामी मारमा परेका छौं। हाम्रो फाइल जाँच गर्ने कर्मचारी सरुवा भएको महिना दिन भइसक्यो तर त्यस ठाउँमा नयाँ कर्मचारी आएका छैनन्,’ पीडितले भने।

विभागमा न्याय माग्न आएका पाठक विभागको ढोकावरिपरि पनि ठगिएका छन्। आफू त्यहाँ पनि ठगीमा परेको उनी बताउँछन्। ‘तिम्रो फसेको पैसा उठाइदिन्छु भनी राजेन्द्र पाण्डे नामका नयाँ दलालले थप पाँच हजार रूपैयाँ ठगेको छ,’ उनले भने।
पैसा उठाइदिने भन्दै दोहोर्‍याएर ठगी गर्ने राजेन्द्र पाण्डेले दिएको आश्वासन उल्लेख गर्दै पीडितले भने, ‘दाइ तपाईं फस्नुभएको रहेछ। तपाईंलाई फसाउने त्यो श्रेष्ठलाई हामी समात्छौं। चिन्ता लिनु पर्दैन। हामी त्यो ठगलाई समातेर तपाईंको सबै पैसा उठाइदिन्छौं। सुरुमा पाँच हजार दिनुस्। तँपाइकाे काम हुन्छ।’

राजेन्द्रको विश्वासमा परेर पाठकले पैसा पनि बुझाए। ‘काम हुँदै छ। तपाईंको पैसा खाने व्यक्तिलाई हामीले भेटिसकेका छौं। अब पैसा उठाउन मात्र बाँकी छ। केही दिनमा पैसा पनि उठ्छ, आत्तिनुपर्दैन,’ राजेन्द्रलाई उद्धृत गर्दै पीडितले भने।

पाठकलाई राजेन्द्रले ठग्दै छ भन्ने थोरै शंका पनि थिएन। पाठक ठगीको हातमा मात्रै पर्दै थिए। राजेन्द्र पनि श्रेष्ठ र लिम्बु जस्तै सम्पर्कविहीन भएपछि मात्र थाहा पाए आफू फेरि ठगिएको। जहाँ गए पनि ठगी गर्ने मान्छे छ्यासछ्यास्ती रहेको भन्दै पीडित पाठकले गुनासो गरे।

बेरोजगारी समस्याले पिरोलिएका सर्वसाधारण युवा सचेत नहुँदा वैदेशिक रोजगारीको बहानामा ठगीको सिकार बन्ने क्रम बढेको छ। ठगी गर्नेविरुद्ध कानुनी कारबाही फितलो भइरहेको पीडितहरूको गुनासो छ।

नेपालमा सरल तरिकाले बाँच्न नसकिने भन्दै पीडितको ठुलो गुनासो थियो। उनी निकै बेर रोइरहेका थिए। उनी धेरै दिनदेखि रोइरहेका झैं देखिन्थे। विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार विभागमा धेरै व्यक्तिगत उजुरी आउने गरेको छ।

गत आर्थिक वर्ष २०७९/८० मा विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा करिब ४४ हजार पाँच सय उजुरी परेका छन्।
‘वैदेशिक रोजगारीमा अशिक्षितभन्दा शिक्षित युवा धेरै ठगीमा पर्ने गरेका छन्,’ उनले भने, ‘पढेलेखेका युवा खाडीभन्दा युरोप नै जान इच्छुक हुने गरेका छन्। सामाजिक सञ्जालबाट अत्यधिक युवा ठगिएका छन्। खाडीमा गएका नेपाली युवा पनि युरोपलाई नै लक्षित गरिरहेका छन्। जसकारण ठगीमा धेरै पर्छन्।’

वैदेशिक रोजगारीमा जान लागेको व्यक्ति र उसको परिवार बेलैमा सचेत हुने हो भने ठगी हुने सम्भावना नरहने निर्देशक उप्रेतीले जानकारी गराए। पैसा बुझाउने बेलामा कागज नगरिएका धेरै घटना पाइएका छन्।

रोजगारीमा जाने व्यक्ति र उसको अभिभावकलाई पालिकास्तरमै परामर्श दिन हेल्प डेस्क राख्ने हो भने ठगीको समस्या न्यूनीकरण हुने एक अधिवक्ताको सुझाव छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस