प्रादेशिक अस्पताल जनकपुरमा एक प्रसूति महिलाको मृत्यु भएको छ। महोत्तरीको मठियानी नगरपालिका बरदाहा टोल बस्ने २५ वर्षीय तजाबुल खातुनको मृत्यु भएको हो।
शुक्रबार साँझ सुत्केरी व्यथा सुरु भएपछि खातुनलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। मृतक खातुनको भाइ साकिर राइनका अनुसार साँझ प्रादेशिक अस्पताल पुर्याइएपछि चिकित्सकले करिब ७ बजेतिर शल्यक्रिया गरेका थिए। शल्यक्रियाको १२ घण्टापछि उनमा अत्यधिक रक्तस्राव देखिएपछि उनको मृत्यु भएको हो।
‘शुक्रबार साँझ चिकित्सकले शल्यक्रिया गर्नुपर्ने दिएको सुझाव अनुसार नै शल्यक्रिया गराउन तयार भएका थियौँ। शल्यक्रिया पश्चात् रातभर अवस्था सामान्य नै रह्यो। बिहान अत्यधिक रक्तस्राव देखिको थियो, लगतै उनको मृत्यु भयो।’ मृतकका भाइ राइनले भने।
चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै अहिले परिवार पक्ष अस्पताल बाहिर आन्दोलित छन्। घटनाले अहिले प्रादेशिक अस्पताल तनावग्रस्त बनेको छ। खातुनको मृत्यु पश्चात् डाक्टरहरु सम्पर्क विहीन रहेको बुझिएको छ।
शल्यक्रिया कुन चिकित्सकले गरेको भन्ने समेत खुल्न सकेकाे छैन। अस्पतालले दिएको पुर्जामा डाक्टरको नाम उल्लेख हुनुपर्ने ठाउँमा ८–८ मात्र लेखिएको छ। मृतक खातुनको शव अस्पतालमै राखिएको छ।
मृतक खातुनले शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी थिइन्। हाल शिशुको अव्यवस्था सामान्य रहेको छ।