महोत्तरीको प्रहरी चौकी हलखोरीमा पेस्तोल पड्किँदा एक प्रहरी जवान घाइते भएका छन्।
प्रहरी चौकी हलखोरीका इन्चार्ज असई रामेश्वर प्रसाद यादवको पेस्तोलबाट निस्किएको गोली लागेर प्रहरी जवान राजेश कुमार साह घाइते भएका हुन्।
महोत्तरी प्रहरी प्रमुख प्रकाश मल्लका अनुसार यो घटना कात्तिक ३० गतको हो। असई यादवले सुत्नुअघि हतियार चेकजाँच गर्दै थिए। चेकजाँचकै क्रममा अचानक ब्यारेलमा भएको गोली पड्किँदा प्रहरी जवान साहलाई लाग्न पुगेको थियो।
ट्याप-५४ (ठूलो चाइनिज पेस्तोल) बाट निस्किएको गोली भित्तामा लागेर फर्की प्रहरी जवान साहको बायाँ पाखुरामा लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख मल्लले जानकारी दिए।
‘हतियार दैनिकी निकासी गर्नुपर्ने हुन्छ, असई यादवले सुत्नुअघि हतियार निकासी गर्ने क्रममा गोली पड्किएर प्रहरी जवानलाई लागेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ’ एसपी मल्ल भन्छन्।
घटना बाहिरिन नदिन असईले यादवले प्रहरी जवान साहलाई उपचारका लागि भारत पठाएका थिए। भारतीय प्रहरीले गोली लागेको थाहा पाएपछि नेपाल प्रहरीलाई खबर गरेका थिए।तत्पश्चात् घटना बाहिरिएको हो।
घाइते जवानको अवस्था सामान्य रहेको र हाल उनी घरमै रहेको बुझिएको छ। घटनाबारे छानबिन गर्न एक समिति गठन गरी असई यादवको निलम्बनको प्रक्रिया समेत अघि बढाइएको एसपी मल्लले जानकारी दिए।