म्याग्दीका बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४ सिंगा तातोपानीको फापरखेतमा सडक माथिबाट खसेको सुख्खा पहिरोका कारण दुईदिनदेखि अवरुद्ध छ।पहिरोको कारण बिहिबार दिउँसोदेखि सडक अवरुद्ध छ । पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिने बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने सडकखण्डमा खसेको सुख्खा पहिरो दुईदिनसम्म पन्छाउन नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ।
सुख्खा पहिरो पन्छाउन पूर्वाधार कार्यालय म्याग्दीले सानो बकेट भएको जेसिभी (डोजर)ले पहिरो हटाउन नसक्दा यात्रुले बैकल्किप मार्गबाट जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।पहिरोका कारण साना सवारीसाधन र यात्रुहरु पखेर हुदै गन्तब्यतर्फ लागेपनि ठूला सवारीसाधनमा यात्रा गरेका यात्रु र मालबाहक सवारीसाधन अलपत्र परेको त्यहाँ रहेका हेमन्त बानियाँले बताए।‘पहिरो हटाउन स्काभेटर प्रयोग गर्न अनुरोध गरेका थियौं,‘सानो मेसिनका कारण दुईदिनसम्म सडक अवरुद्ध छ’ बानियाँले भने।
फापरखेतमा बर्षात र हिउँदको समयमा खस्ने पहिरोले सधैँ जोखिम हुने गरेको छ। उक्त सडक खण्ड अन्तरगतको सबैभन्दा जोखिम र प्रमुख समस्या पहिरो बनेको हो।करिब दुई दशक वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो। धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको अवस्थामा अहिले हिउँदमा समेत सुख्खा पहिरोले बाटो नै अवरुद्ध हुन थालेपछि समस्या भएको तातोपानीका ब्यवसायी कुमार केसीले बताए।
फाँपरखेतमा माथिल्लो क्षेत्रमा चर्किएको र नयाँ पहिरो देखिएपछि ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुको भनाई छ ।करिब २ सय मिटर सडक पहिरोग्रस्त छ। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले फापरखेतको पहिरोको समस्या समाधानका लागि पखेर हुदै बेलिब्रिजको काम यर्सै आर्थिकबर्ष भित्र सकिने बताए।उनले बैकल्पिक मार्गमा आवश्यक पर्ने बेलिब्रिजका लागि मन्त्रालयले तयार गरिरहेको बताए।भूगर्वविद् र प्राविधिकको टोलीले समेत फापरखेतबाट आवतजावत निकै जोखिम रहेको बताएका थिए।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...