नेकपा एमालेनिकट युवा संघ नेपाल समूहका प्रदर्शनकारी सडकमा उत्रिन थालेका छन्। युवा संघले काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्दै छ। तीनकुने क्षेत्रमा रातो टोपी लगाएर जम्मा हुनेको सङ्ख्या बढ्दै गएको देखिन्छ।
बिहान अहिले तीनकुने क्षेत्रको निरीक्षण गर्दा राजधानी शान्त देखिएको छ। तर सडकका दुवै किनारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। बख्तर बन्द गाडी र एम्बुलेन्स तयारी अवस्थामा छन्। चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ।
बिहानैदेखि सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। प्रदर्शनकारी सडकमा उत्रिन थालेसँगै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी कार्यक्रमस्थल क्षेत्रमा परिचालन भएका छन्।
सडकमा सवारी सधान निकै कम चलेकाले बन्दको दिनको झल्को दिएको छ। यात्रुहरू चोक चोकमा बसको लागी उभिएका देखिन्छन्।
यता दुर्गा प्रसाईंको समूहका प्रदर्शनकारीले बल्खु क्षेत्रमा कार्यक्रम गर्दै छ। विशेष गरी सुरक्षा निकाय कलङ्की–बल्खु र तीनकुने क्षेत्रमा हाई अलर्टमा बसेको देखिन्छ।
यी क्षेत्रमा सुरक्षाकर्मी निकै बाक्लो उपस्थिति छ। रिङ रोडका दुवै किनारमा सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन्। सुरक्षाकर्मीहरूले रिङ रोड छिर्ने चोकहरूलाई विशेष निगरानी गरेको देखिएको छ।
रिङ रोड भित्र काठमाडौँका भित्री सहरमा भने सुरक्षाकर्मीको खासै उपस्थिति देखिँदैन। भित्रका माइतीघरलगायतका शीतल निवास, प्रधानमन्त्री निवास, मन्त्री निवास क्षेत्र वरपर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिसकेको छ।
सडकमा सार्वजनिक र निजी सवारीसाधनहरू अत्यन्त न्यून सङ्ख्यामा गुडिरहेका छन्। सार्वजनिकमा ट्याक्सी र केही छिटपुट रूपमा रुटका बसहरू सञ्चालनमा छन्। निषेधाज्ञाका कारण माइतीघर क्षेत्र सामान्य छ।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...