चाडपर्वको मुखमा सडक दुर्घटना अत्याधिक
०५ मंसिर २०८०
•
६ मिनेट पाठ
चाडपर्वको मुखमा सडक दुर्घटना अत्याधिक
दसैँ र तिहारजस्ता मुख्य चाडपर्व सम्पन्न भए पनि यही बेला सडक दुर्घटना बढी हुने भएकाले दुर्घटनामा मारिने परिवारमा पीडाको सिलसिला सुरु हुन्छ।




उपत्यकामा बढ्दै गइरहेको सवारी दुर्घटना आम जनमानसमा चिन्ताको विषय बन्दै गइरहेको छ। नेपालमा मात्रै नभएर हरेक मुलुकमा विभिन्न प्रकारका सवारी दुर्घटना हुने गरेका छन्। सजिसजावटका साथ पर्व–खुसीको रौनक छाएका बेला दुर्घटनामा परेर परिवारका सदस्य गुमाउँदाको पीडा असह्य हुन्छ।

मुख्य चाडपर्वकै बेला उपत्यका काठमाडौं, भक्तपुर र ललितपुरमा मानिसहरू सडक दुर्घटनामा परेका दुःखद खबर आउने गरेका छन्। बजार, साथीसँगी अनि इष्टमित्र भेटघाट साथै घुम्न जाने भनेर निस्किएका धेरै मानिस घर फर्किन पाउँदैनन्। उनीहरू सडक दुर्घटनामा परी आधा बाटोमै अस्ताउँछन्। सडकमा हुने सानो गल्तीका कारण मानिसको मूल्यवान् जीवनको अन्त्येष्टि आधा बाटोमै हुन्छ।

सडक दुर्घटनामा मानवीय तथा भौतिक क्षति धेरै हुने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्ट बताउँछन्। चाडबाडका बेला आवतजावतमा सबैले हतार गर्नाले बढी दुर्घटना हुने गरेको उनले बताए।

‘मानिसहरू कुनै सभा, भवन, पार्टी र घरपरिवारसँग हुँदा आरामले समय बिताउने गरेका हुन्छन्,’ उनले भने, ‘जब सवारी साधनमार्फत कुनै गन्तव्यसम्म जानु पर्दा सबै मानिसलाई समयको पनि महत्त्व हुन्छ। सवारी साधन चलाएको केही मिनेटमै मृत्युको मुखमा पुग्छन्। प्रायः मानिसको सोच नै कति बेला गन्तव्यमा पुग्ने भन्ने हुन्छ। उनीहरू धेरै हतारमा हुन्छन्। जसका कारण गन्तव्यसम्म नपुग्दै मृत्युलाई अँगाल्ने गरेको पाइन्छ।’

एसएसपी भट्टका अनुसार धेरैले सवारी साधन चलाउँदा बाटोमा ध्यान दिएकै हुँदैनन्। सडकमा सवारी साधन चलाउँदा उनीहरूलाई यो खाली समय हो भन्ने आभास हुने गरेको छ। धेरै मानिस मोबाइल फोनमा कुरा गर्दै हिँडेका हुन्छन्। ट्राफिक नियम उलङ्घन गरेका हुन्छन्। सडक खाली देख्नै हुन्न, तीव्र तथा द्रुतगतिमा सवारी चलाइहाल्छन् । जसका कारण धेरैको अकालमै मृत्यु हुने गरेको छ।

‘चाडपर्वका बेला दुर्घटना न्यूनीकरणका लागि प्रायः चोकहरूमा ट्राफिक चेकिङ हुन्छ,’ उनले भने, ‘चाडपर्वकै बेलामा झन् धेरैले मादक पदार्थ सेवन गरेर हिँडेका हुन्छन्। आवश्यकताभन्दा बढी यात्रु सवारी साधनमा सवार हुन्छन्। दसैँ–तिहारजस्ता चाडपर्वका बेला विशेष गरी पर्व अगावै वा सकिएपछि सहरबाट ग्रामीण क्षेत्रमा जाँदै गर्दा वा ग्रामीण क्षेत्रबाट सहर फर्कने क्रममा मानिसहरू सडक दुर्घटनामा पर्ने गरेका छन्।’ उनका अनुसार दुई पाङ्ग्रे सवारी साधन बढी दुर्घटनामा पर्ने गर्छन् । यसका तुलनामा सार्वजनिक यातायातको दुर्घटना कम मात्रामा हुने गरेको छ। दसैँ–तिहारका बेला हुने दुर्घटनामा धेरै व्यक्तिको ज्यान जाने गरेको छ। नेपालको सडक दुर्घटनाको प्रवृत्ति हेर्दा सहरमा हुने दुर्घटनामा धेरै मानिसको मृत्यु हुने गरेको छ। त्यसमा एउटा कारण सहरी क्षेत्रमा सवारी साधनको गति तीव्र हुनु पनि हो।

सडक दुर्घटनाको मुख्य कारण पूर्वाधार, मानवीय कारण र सवारी साधनको अवस्था रहेको एसएसपी भट्टले बताए। अदक्ष चालक तथा क्षमताभन्दा बढी यात्रु राखेर सवारी साधन चलाउनु, चाडपर्वका बेला आराम नगरीकन सावरी साधन चलाउनु जस्ता कारणले पनि दुर्घटना बढाएको उनको भनाइ छ।

‘विश्वमा हवाईजहाज, पानीजहाज र रेलजस्ता धेरै मानिस बोक्ने सवारी साधनहरू दुर्घटनामा पर्दा ठुलो मात्रामा मानवीय क्षति हुन्छ,’ उनले भने, ‘राजधानीमा भने सडक दुर्घटनाका कारण ज्यान मात्र गुमाउनेको औसत संख्या हप्तामा ४ रहेको छ। वार्षिक तथ्याङ्क हेर्ने हो भने अवस्था  धेरै भयावह रहेको छ । नेपालमा सङ्ख्यात्मक हिसाबले हेर्दा दुई पाङ्ग्रे सवारी साधन धेरै छन्। जसका कारण पनि यस्ता सवारी दुर्घटनाको तथ्याङ्क बढी देखिन्छ।’

एसएसपी भट्ट भन्छन्, ‘सडकको सवारी क्षमताभन्दा  सवारी साधनको चाप अत्यधिक मात्रामा बढ्दै जाँदा दुर्घटना संख्या र मानवीय क्षति दुवै बढ्दै गइरहेको छ। उपत्यकाभित्र मृत्यु संख्या धेरै हुने मुख्य कारण तीव्र गति र मादक पदार्थ सेवन हो।’ उनका अनुसार चाडपर्वका बेलामा अधिकांश सडक खुला हुन्छन्। जसले गर्दा सवारी साधन तीव्र गतिमा चलाउँछन्। तीव्र गतिकै कारण चालक तथा यात्रुको अकालमै मृत्यु हुन्छ । अझ उपत्यकाबाहिरका ठुला राजमार्गमा अस्पताल नहुँदा राजमार्ग र राजमार्ग आसपासका सडक दुर्घटनाका घाइतेलाई समयमै उपचार गर्न नपाउँदा मृत्युदर झनै बढेको छ।

मानिसहरूको सामान्य त्रुटिका कारण दुर्घटना हुन पुग्छ। चालकको लापरबाहीका कारण दुर्घटना बढी हुन्छ। त्यति मात्र नभई मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा, तीव्र गतिमा सवारी चलाउँदा, चालकले मोबाइलको प्रयोग गर्दा, सडकको अवस्था र ट्राफिक नियमबारे ज्ञान नहुँदा, निद्रा तथा थकित अवस्थामा सवारी साधन चलाउँदा, पैदल यात्रीले जथाभाबी बाटो काट्दा, सडकमा जथाभाबी बिस्कुन सुकाउँदा र जेब्रा क्रस तथा फुटपाथ एवम् आकासे पुलको प्रयोग नगर्दा सडक दुर्घटना बढी हुने गरेको भट्टले जानकारी गराए।

‘उपत्यकाका सडकको कालोपत्रे लामो समयसम्म टिकाउ हुँदैन,’ भट्टले भने, ‘समयमै सडक विस्तार र मर्मत तथा खाल्डाखुल्डी नपुर्दा दुर्घटना थपिन्छन्। प्रायः मानिस कालोपत्रे सडक देख्ने बित्तिकै तीव्र गतिमा सवारी हाँक्छन्। सडकका खाल्डाखुल्डीको समेत वास्ता गर्दैनन्। त्यसैले दुर्घटनामा परी ज्यान गुमाउने पनि धेरै छन्।’ उनले अगाडि थपे, ‘उपत्यकाभित्रै सवारी चलाउने मानिस तथा स्थानीयलाई सधैं सवारी चलाइरहने मुख्य सडक वा सहायक सडकबारे ज्ञान हुँदा दुर्घटना कम हुन्छ। उनीहरूलाई बाटोको घुमाउरोपन तथा खाल्डाखुल्डीबारे जानकारी हुन्छ तर कहिल्यै नगएको बाटोमा तीव्र गति, मादक पदार्थ सेवन गरी वा अन्य लापरबाहीपूर्वक सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको छ।’

सवारी दुर्घटनामा हुने मृत्युमध्ये आधाभन्दा बढी पैदल यात्री, साइकल चालक, मोटरसाइकल चालकहरू हुन्छन्। पैदल यात्रीले मनोमानी पूर्वक बाटो काट्दा र अव्यवस्थित रूपमा सवारी साधन चलाउँदा दुर्घटनाको तथ्याङ्कले बृहत् रूप लिएको भट्टले बताए। उनका अनुसार सडक दुर्घटना न्यूनीकरण गर्न सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्ने, लामो दुरीका सवारी साधनमा दुई जना चालक भए नभएको हेर्ने, सवारीको गति मापन गर्ने, तेस्रो पक्ष बिमा गरेको छ छैन जाँच गर्ने, सवारीको यान्त्रिक अवस्था परीक्षण गर्ने जस्ता कार्य ट्राफिक प्रहरीले गर्दै आएको छ।  

‘भौतिक पूर्वाधारको अभाव, वैज्ञानिक उपकरणको कमी, सवारी चालक र सडक प्रयोगकर्ताको मिचाहा प्रवृत्ति तथा दक्ष जनशक्तिको अभावले ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भएको छ,’ उनले भने।

हरेक वर्ष हुने दुर्घटना संख्या, त्यसबाट हुने मानवीय र भौतिक क्षतिको मूल्याङ्कन छैन। दुर्घटनाबाट हुने सबैभन्दा ठुलो क्षति मानवीय नै हो। आफन्त गुमाउनुपर्दा परिवरका अन्य सदस्य र आश्रितले सहनुपर्ने पीडा अकल्पनीय हुन्छ। बढी सवारी चालक आफैंले सवारी हाँक्दा सतर्कता अपनाउँदै ट्राफिक नियम उलङ्घन गर्र्न नहुने एसएसपी भट्टको सुझाव छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनाबाट उपत्यकामा मात्रै आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिकसम्ममा ३४ हजार ६ सय ९५ सवारी दुर्घटना भएका छन्। यी दुर्घटनामा परेर उपत्यकामा मात्रै ५ सय ९६ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी ८ सय ४४ जना गम्भीर घाइते भएका छन् भने २६ हजार ६ सय १९ जना घाइते र अर्बौँको भौतिक क्षति भएको छ।

नेपालभर ट्राफिक नियम उल्लंघन तथा सडकको दुरावस्थाकै कारण भएका सवारी दुर्घटनामा दैनिक सरदर ७ जनाभन्दा बढीले ज्यान गुमाउँदै आएका छन्। सडक दुर्घटनाको संख्या बर्सेनि बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ।

विश्व स्वास्थ्य सङ्गठनको अध्ययनअनुसार विश्वमा सवारी दुर्घटनाका कारण हरेक वर्ष करिब १३ लाख मानिसको मृत्यु हुने गरेको छ। सडक दुर्घटनामा ५ वर्षदेखि २९ वर्ष उमेर समूहका मानिस बढी परेको पाइन्छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालभरबाट गत आर्थिक वर्षमा २०७९/८० मा मात्रै देशभर २३ हजार ५ सय ९७ सवारी दुर्घटना भएकामा दुर्घटनाबाट मृत्यु हुनेको संख्या २ हजार ३ सय ७६ छ। यस्तै ५ हजार ७ सयभन्दा बढी गम्भीर घाइते तथा २४ हजार ४ सयभन्दा बढी सामान्य घाइते भएका छन्।
अर्को समाचार
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
३ मिनेट अघि
•
१ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
म्याग्दी। कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्। परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा लागेका सुर्केमेलाका खेतबारीको अवस्थासँगै किसानको जीवनशैली पनि फेरिएको हो।
सुर्केमेलाकी ६५ वर्षीया बालकुमारी रोकाले १४ वर्षअघि सात मुरी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपेकी थिइन्। जनशक्ति अभाव भएपछि उनले विसं २०६९ मा खाद्यबालीको विकल्पमा सुन्तलाखेती सुरु गरेकी हुन् हो।
अहिले उनको बगैँचामा रहेका दुई सय ५० बोटले वार्षिक रु। सात लाख आम्दानी दिन थालेका छन्। खाद्यबालीको तुलनामा सुन्तलाखेतीबाट कम मेहनतमा राम्रो आम्दानी हुने उनको अनुभव छ।
'सात मुरी धान फल्ने खेतमा लगाएको सुन्तलाले अहिले वर्षमा रु। सात लाख आम्दानी दिन थालेको छ,' उनले भनिन्, 'छोराछोरी विदेश गए पनि मलाई सुन्तलाखेतीमै रमाइलो लागेको छ।'
सुर्केमेलाकै द्रोपती थापाले पनि सुन्तलाखेतीबाट आम्दानी बढाउँदै जानुभएको छ। गत वर्ष रु. एक लाख ५० हजारको सुन्तला बिक्री गरेकी उनले यस वर्ष रु. तीन लाख बराबरको बिक्री हुने अनुमान गरेकी छन्।
'यसपालि फल दिने बोट थपिएका छन्। उत्पादन पनि राम्रो भएकाले आम्दानी बढ्ने अनुमान छ,' उनले भनिन्, 'घरव्यवहार चलाउन सुन्तलाखेतीले धेरै सजिलो बनाएको छ।'
सुर्केमेलामा व्यावसायिक सुन्तलाखेती विस्तार गर्ने पहिलो किसान हुन्, ४६ वर्षीय डिलबहादुर केसी। उनले १५ वर्षअघि अंशमा पाएको धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्नुभएको थियो। त्यसबेला आफन्त र छिमेकीले उनको निर्णयको विरोध गरेका थिए।
'धान फल्ने खेतमा काँडा रोपेर छोराछोरी भोकै पार्ने भयौ भनेर गाली गरेका थिए,' उनले विगत सम्झँदै भने, 'अहिले सुन्तला बेचेर आम्दानी गरेको देख्दा त्यतिबेला गाली गर्नेहरू नै दङ्ग परेका छन्।'
२० रोपनी खेतबारीमा चार सय ५० बोट सुन्तला लगाएका केसीले यस वर्ष रु. १५ लाख भन्दा बढीको सुन्तला बिक्री गरेका छन्। पाँच वर्ष संयुक्त अरब इमिरेट्स (युएई) र मलेसियामा काम गरेर फर्किएका उनले सुन्तलाखेतीसँगै केसी मौरीपालन स्रोत केन्द्र पनि सञ्चालन गरेका छन्।
केसीका अनुसार सुर्केमेलामा १६ जना किसानले व्यावसायिक सुन्तलाखेती गरेका छन्। चार सय बोट सुन्तला लगाएका धनराज पुनले पनि परम्परागत अन्नबालीको तुलनामा सुन्तलाबाट धेरै गुणा बढी आम्दानी हुने बताए।
वर्षमा आठदेखि १० मुरी धान फल्ने खेतमा सुन्तलाखेती गर्दा वार्षिक रु। १० लाख भन्दा बढी आम्दानी हुने उनको भनाइ छ। कतिपय किसानले पोखरा, बेनी र बागलुङमा घरघडेरी जोडेका छन्। छोराछोरीलाई राम्रा विद्यालय, कलेजमा पढाएका छन्।
सिँचाइ सुविधा, उपयुक्त भूगोल र हावापानीका कारण सुर्केमेला सुन्तलाखेतीका लागि अनुकूल क्षेत्र मानिन्छ। यहाँ उत्पादन भएको रसिलो र स्वादिलो सुन्तला काठमाडौँ, पोखरा र बेनीका व्यापारीले बगैँचाबाटै खरिद गरेर लैजाने गरेका छन्। सुर्केमेलामा म्याग्दीमा सबैभन्दा पहिले सुन्तला टिप्ने गरिन्छ। छिटो पाक्ने, रंग र स्वाद आउने भएकाले सुर्केमेलाका बगैचा मंसिरको दोस्रो साताभित्रै रित्तिने गरेका छन्।
सडक यातायातको सुविधासँगै बजारको समस्या नभएपछि किसान थप क्षेत्रफलमा सुन्तलाखेती विस्तार गर्न उत्साहित भएका छन्। सुन्तलाखेती विस्तारमा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाले पनि सहयोग गरेका छन्।
बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान)का अनुसार किसानलाई अनुदानमा बिरुवा वितरण, प्राविधिक तालिम र कृषि औजार उपलब्ध गराइएको छ। बालमखोला सिँचाइ योजना निर्माण भएपछि सहज भएको छ।
'सुर्केमेलासहित बास्कुना र थामडाँडामा पनि व्यावसायिक सुन्तलाखेती विस्तार भएको छ,' उनले भने, 'उत्पादन भएको सुन्तला बजारमा पुर्‍याउन र स्थानीयको आवतजावत सहज बनाउन सडक स्तरोन्नति गर्न लागिएको हो।'
दुःखेखोलादेखि सुर्केमेला, बास्कुना र थामडाँडा हुँदै मरेक जोड्ने सडक स्तरोन्नति योजना यसै वर्षदेखि सुरु हुँदैछ। गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको लागत साझेदारीमा तीन वर्षसम्म सञ्चालन हुने योजनाका लागि चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख विनियोजन भएको छ।
तीन वर्षमा रु. पाँच करोड खर्च हुने गरी स्रोत सुनिश्चित भएको उक्त योजना कार्यान्वयनका लागि ठेक्का सम्झौताको प्रक्रिया अघि बढेको वडाध्यक्ष खड्काले बताए। उनले सुर्केमेला र सिंगा जोड्ने सडक पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर संघीय सरकारमा प्रस्ताव पेस गरेको बताए।
परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी नहुँदा विकल्प खोजेका सुर्केमेलाका किसानका लागि सुन्तलाखेती अहिले आयआर्जनको भरपर्दो माध्यम बनेको छ। बाझिने अवस्थामा पुगेका खेतबारीमा सुन्तलाका बोट हुर्किएका छन्।
किसानको मेहनत र स्थानीय सरकारको सहयोगले सुर्केमेलाको कृषि पहिचानसमेत बदलिँदै गएको हो। युवाहरूको वैदेशिक रोजगारीप्रति आकर्षण बढ्दा सिर्जना भएको कृषि मजदुरहरुको अभाव सुन्तला खेती गरेका सुर्केमेलाका किसानका लागि चुनौती बनेको छ।


खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस