हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको संगमस्थल मुक्तिनाथ मन्दिरको भेटीसम्बन्धी एक दशक अगाडि भएको फैसला अझै कार्यान्वयन भएको छैन।
मन्दिर दर्शनका लागि आउने भक्तजनले मूल मन्दिरभित्र चढाउने सबै भेटी कोषमा जम्मा हुनुपर्ने भन्दै अधिवक्ता बलराम शर्माले मुक्तिनाथ विकास समितिलाई विपक्षी बनाई दर्ता गरेको रिटउपरको २०७० पुस २२ गते तत्कालीन पुनरावेदन अदालत बागलुङले गरेको अन्तिम सुनुवाइ कार्यान्वयनमा स्थानीय सरोकारवाला निकायले चासो देखाएका छैनन्।
नेपाली तथा भारतीय धर्मावलम्बीले मूल मन्दिरभित्र चढाउने भेटी, सुन तथा अन्य बहुमूल्य गरगहना स्थानीय समितिले नै भोगचलन गर्दै आएका छन्। मन्दिरबाहिर बस्ने मुक्तिनाथ विकास समितिका कर्मचारी र बाहिरी क्षेत्रमा भक्तजनको दान मात्रै संकलन हुने र मूल मन्दिरको अहिलेसम्म समिति मातहतमा नआई स्थानीय बासिन्दाको मातहतमा रहेको समितिले प्रयोग गर्ने गरेको प्रमाणसहित २०६९ सालमा रिट दर्ता भएको थियो।
तत्कालीन समयमा पुनरावेदन अदालत बागलुङको पैmसला कार्यान्वयन नभएपछि सहदेव गौतमले जिल्ला प्रशासन कार्यालयमा २०७८ असार ५ गते निवेदन पठाए पनि फैसला कार्यान्वयनमा आलटाल गर्ने गरिएको छ।
मुक्तिनाथमा आनी बस्ने मुख्य मन्दिरभित्र नेपाली र भारतीय तथा तेस्रो मुलुकबाट आएका भक्तजनले चढाएको नगद, भेटी तथा तथा जिन्सी सामान र गरगहना कहाँ र कसरी प्रयोग हुन्छ भन्ने सार्वजनिक हुँदैन।
रिट निवेदक सहदेव गौतमले मुक्तिनाथ मन्दिर क्षेत्रभित्र हरेक स्थानमा संकलन हुने भेटीलाई प्रजिअ अध्यक्ष रहेको मुक्तिनाथ विकास समितिको एउटै खातामा जम्मा गर्न रिट नं ०६९–डब्लु ओ–००२० निर्णय नं ४९ मा अदालतले निवेदकले उठाएको विषयलाई सम्बोधन हुने गरी फैसला गरेको थियो।
उक्त फैसला एक दशक बितिसक्दासमेत कार्यान्वयनमा नआउँदा मुक्तिनाथ क्षेत्रमा आवश्यक पूर्वाधारसहित जीर्ण अवस्थामा रहेका मठमन्दिर र गुम्बाको मर्मत–सम्भारमा चासो पुग्न सकेको छैन। मुक्तिनाथ मन्दिरका अध्यक्ष प्रजिअ र सदस्य सचिव मालपोत कार्यालयका प्रमुख रहने समितिमा हालसम्म नौ करोडभन्दा बढी नगद रहेको छ।
मन्दिरमा दर्शन गर्न आउने भक्तजनले आनी र झुमाको नियन्त्रणमा रहेको मुख्य मन्दिरमै भेटी एवं गरगहना चढाउने गरेका छन्। प्रजिअ अध्यक्ष रहेको समितिबाहेक लामा तथा आनी झुमाको समेत प्रतिनिधित्व हुने स्थानीय अर्को समितिसमेत रहेको छ।
मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले एउटै समितिबाट मन्दिरको भेटी सदुपयोग गर्न आवश्यक छलफलसहितको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए।
मुक्तिनाथमा बर्सेनि करोडौं भेटी संकलन हुने भए पनि अहिलेसम्म पारदर्शिताका विषयमा सधैं बहस हुने गरेको छ। मुक्तिनाथ मन्दिरमा संकलन हुने नगद, जिन्सी र गरगहनाका बारेमा अहिलेसम्म सार्वजनिक गरिएको छैन मन्दिर क्षेत्रमा रहेका बौद्ध धर्मावलम्बी लामा तथा आनी झुमालाई कुनै पनि असर नगर्ने गरी हिन्दु र बौद्ध धर्म र आस्थामा कुनै चोट नपुर्याई भेटीदान, गरगहनालगायत भक्तजनले चढाएका सबै वित्तीय संस्थामा जम्मा गरी मन्दिर क्षेत्रको विकासमा प्रयोग गर्नसमेत मुस्ताङका स्थानीय सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन्।
जिल्लाका क्रियाशील राजनीतिक दलले जनमत घट्न सक्ने भन्दै भेटीसम्बन्धी कुनै पनि विषयमा बोल्न चाहँदैनन्। समुद्री सतहदेखि तीन हजार सात सय १० मिटरको उचाइमा रहेको मुक्तिनाथ मन्दिरमा मनोकामना पूरा भएपछि नेपाल र भारतका हजारौं तीर्थालुले गरगहना नै चढाउने गरेका छन्।
मुक्तिनाथ दर्शन र त्यहाँका १०८ धारा र जलकुण्डमा नुहाउँदा पाप पखालिने जनविश्वाससहित त्यहाँ पुगेका भक्तजन जल लिएर फर्कने गर्दछन्।

‘फैसला कार्यान्वयन नभएका विषयमा धेरैको चासो छ, सम्मानित अदालतको फैसला सबैले मान्नुपर्छ, अब छिटै यस विषयमा छलफल अगाडि बढ्छ’, प्रजिअ पन्तले भने।उनका अनुसार कोषमा जम्मा भएको रकम मुक्तिनाथ क्षेत्र विकासमै खर्च हुने भएकाले मन्दिरको विकास र भेटी सदुपयोगका लागि एउटै समितिले काम गर्नुपर्ने बताए।