नेपालीको श्रम गन्तव्यमा युएई पहिलो रोजाइ
०१ मंसिर २०८०
•
५ मिनेट पाठ
नेपालीको श्रम गन्तव्यमा युएई पहिलो रोजाइ
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य–मुलुक युएई बनेको छ।




वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षका साउन, भदौ र असोजमा मात्रै ३७ हजार ४ सय ९२ युवा श्रमका लागि युएई पुगेका छन्। यसमा ७ हजार १५ महिला र ३० हजार ४ सय ७७ पुरुष छन्।

वैदेशिक रोजगारीमा जाने नेपाली महिलामध्ये अधिकांश श्रम स्वीकृति लिएर युएई जाने गरेको विभागको तथ्याङ्कले देखाएको छ। यस तथ्याङ्कमा श्रम स्वीकृति नलिएका महिलाको गणना छैन। दलालमार्फत भिजिट भिसामा जाने महिलाको रोजाइ पनि युएई नै हुने गरेको छ। घरेलु कामदारका रूपमा पनि काम पाउने भएपछि उनीहरू त्यसरी जाने गरेका हुन्।

अग्ला भवन, मरुभूमि, तेल र पर्यटनका लागि परिचित युएई संसारका केही विकसित देशहरूमध्ये एक हो। यसको तीव्र रूपमा बढेको आर्थिक गतिविधिले नेपालीलाई श्रमका निम्ति स्वागत गर्ने गरेको छ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार युएई एसियाली र अफ्रिकी नागरिकहरूका लागि बस्न र काम गर्न सुरक्षित गन्तव्य हो। ‘विदेशी कामदारहरूमध्ये सबैभन्दा धेरै भारतीयहरू यहाँ कार्यरत रहेका छन्,’ उप्रेतीले भने, ‘त्यसपछि युएईमा पाकिस्तानी, बङ्गलादेशी, फिलिपिनो, इरानी, इजिप्टियन, नेपाली, श्रीलङ्काली र चिनियाँ छन्। धार्मिक र सांस्कृतिक विविधताले युएईलाई सहअस्तित्वको देश भनेर चिनाएको छ। त्यही विविधताले उनीहरूलाई त्यहाँ पु¥याउने गरेको छ।’

धेरै नेपाली महिला कारखाना, सरसफाइ र घरेलु कामदारका रूपमा युएई जाने गरेका छन्। महिलाहरू म्यानपावरमार्फत् नभई व्यक्तिगत प्रयासमा विदेश जाने गरेको उप्रेती बताउँछन्।

‘बढ्दो सुविधा र विभिन्न कारणले नेपाली श्रमिकहरूका लागि युएई पहिलो रोजाइ बनेको छ,’ उनले भने, ‘युएई एक समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मध्य पूर्वको व्यापार केन्द्र पनि हो। त्यसैले युएई सबैभन्दा धेरै नेपाली जाने गरेका छन्। दुबईमा उच्च जनसङ्ख्या वृद्धिदरका लागि धेरै कारक छन्, तीमध्ये सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी दृष्टिकोण हो। जसका कारण धेरै विदेशी नागरिक यस क्षेत्रमा बसोबास गर्ने क्रम बढ्दै गएको छ।’ उनले थपे, ‘पर्यटकीय हिसाबले पनि घुम्न जानेको चाप युएईमा बढ्दो छ । युएई खुला मुलुक हो। नेपालबाट युएई गएका प्रायः युवामा सन्तुष्टि पाउने गरेका छौँ। नेपालीले चाहेअनुसारको काम युएईमा पाइन्छ। त्यहाँका कम्पनीहरू श्रमिकले चाहेअनुसार छन्। युएईबाट प्रायः नेपालीको युरोप छिर्ने ठुलो उद्देश्य पनि हुन्छ।’ वैदेशिक रोजगारीका लागि व्यवस्थित, सुरक्षित र मर्यादित गन्तव्य मुलुकलाई मध्यनजर गर्दै आफ्नो परिवारसहित नेपाली युवा युएई जाने गरेका छन्।

राजनीतिक र आर्थिक स्थिरताका कारण तुलनात्मक रूपमा विश्वभरका लगानीकर्ताहरूले युएईमा व्यापार खोल्नका लागि सस्तो र दिगो ठान्ने गरेको विभागका सूचना अधिकारी उप्रेतीले बताए। ‘स्वतन्त्र राष्ट्र बनेदेखि युएईले लाखौँ आप्रवासीलाई आश्रय दिएको छ। युएईले तेल र पूर्वाधार गतिविधि सञ्चालन गर्दा रोजगारी र लगानीका अवसरको खोजीमा रहेका नेपालीहरूले युएईलाई प्रमुख गन्तव्य मानेका छन्,’ उप्रेतीले भने।

यकिन तथ्याङ्क उपलब्ध नभए पनि भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल, अफगानिस्तान, फिलिपिन्स र केही अफ्रिकी देशहरूबाट हजारौँ मानिस हरेक महिना रोजगारीको खोजीमा युएई जाने गरेका उनले बताए।

‘नेपाली आप्रवासीले काम र बस्नका लागि रोज्ने पाँच प्रमुख गन्तव्य देशमध्ये युएई एक हो,’ उनले भने, ‘अहिले खाडी मुलुकहरूमध्ये युएई वैदेशिक रोजगारीको पहिलो गन्तव्य मुलुक रहेको छ। सुरक्षा, ड्राइभिङ, सेल्स, आतिथ्य, निर्माण, सरसफाइ आदि क्षेत्रमा नेपाली कामदारको यहाँ ठुलो माग हुने गरेको छ। नेपालले यो देशमा अर्धदक्ष र दक्ष जनशक्तिलाई तालिम दिएर पठाउने हो भने धेरैको घर परिवार चल्छ।’

उनले भने, ‘नेपाली भन्ने बित्तिकै राम्रो काम गर्ने, लगनशील, इमानदार र उत्कृष्ट प्रदर्शन गर्ने भनेर हरेक देशमा चिनिने गरेका छन् तर पछिल्लो समय नेपालीहरू मादक पदार्थ र दुर्व्यसनका कारण ड्युटी समयमा नजाने, जिम्मेवारीपूर्वक काम नगर्ने र मोबाइल बन्द गरेर बस्ने आदि कारणले धेरै विस्थापित पनि भइरहेका छन्।’

युएईलाई पहिलो गन्तव्य मुलुक बनाउँदै त्यहाँको केही वर्षको बसाइपछि थप अवसरका लागि साथै बढ्दो आर्थिक लाभ र गतिलो गन्तव्य खोज्दै युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया आदि देशमा रोजगार स्थानान्तरण तथा पलायन भइरहेको अवस्था पनि छ,’ विभागका सूचना अधिकारी उप्रेतीले भने।

गत आर्थिक २०७९/८० मा नेपालबाट श्रम स्वीकृति लिई १ लाख १६ हजार १ सय ५९ जना युएई पुगेका छन्। जसमध्ये श्रम स्वीकृति लिनेमा २४ हजार महिला र ९२ हजार ६८ जना पुरुष रहेका छन्।

सरकारले सिपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि अधिकांश महिला सिपविहीन अवस्थामा विदेश पुग्ने गरेको उप्रेतीले बताए।

युएईमा एक अवधि काम गरेर स्वदेश फर्किएकाहरू राम्रो अवसर भएकाले फेरि युएई फर्किने गरेका उनले बताए। ‘थोरैका लागि मात्रै वैदेशिक रोजगार युएई रहर हुन सक्छ तर धेरैका लागि त यो बाध्यता नै भएको छ,’ उप्रेतीले भने।

‘सबैभन्दा बढी नेपाली मधेसबाट बिदेसिएका छन्। मधेशका युवा गाउँका एजेन्टका भरमा विदेश जान्छन्। कतिपय म्यानपावरद्वारा गएका हुन्छन्। युएईमा नेपाली युवा राम्रो कम्पनीमा पर्ने गरेका हुन्छन् भने कतिपय नराम्रोमा पनि पर्ने गरेका छन्,’ उनी भन्छन्, ‘अहिले युवाहरूको प्रमुख गन्तव्य मुलुक युएई, साउदी अरेबिया, कतार र मलेसिया जस्ता देश रहेका छन्।’

वैदेशिक रोजगारीका लागि नेपाली महिलाहरू सबैभन्दा धेरै खाडी मुलुक जाने गरेको विभागका अधिकारीहरूले बताए। ‘समग्रमा विदेश जाने महिलाको संख्या बढेसँगै युएई जानेको संख्या पनि उकालो लागेको छ। नेपालबाट महिलाहरूलाई रोजगारीका लागि विदेश जान सबै मुलुकमा भने खुला छैन। महिलाहरू अवैध बाटोबाट पनि विदेश जाने गरेका छन्,’ उप्रेती भने। नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीका लागि बन्देज लगाइएका देशमा पनि काम गर्न भनेर जाने गरेको सरकारी अधिकारीहरू बताउँछन्।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस